आयुर्वेद उपचार पद्धतिको महत्व बढ्दै

शोभाखर पन्थी / अर्घाखाँची । आयुर्वेद उपचार पद्धतिको महत्व दिन प्रतिदिन बढ्दै गएको भन्दै एक कार्यक्रमका सहभागि वक्ताहरुले आयुर्वेद क्षेत्रको बिकासको लागि प्रयाप्त बजेट विनियोजन गर्न राज्यको ध्यानाकर्षण गराए । आयुर्वेद पद्धतिबाट बिरामीको औषधी उपचार गर्दा दुष्प्रभाव रहित उपचार हुने र मानिसलाई दिर्घ जिवन बाँच्न सहज हुने भन्दै उनीहरुले प्रयाप्त जनशक्ति, आवश्यक उपकरण र औषधीको व्यवस्था गर्न राज्यका तिनवटै निकायलाई आग्रह गरे ।

अर्घाखाची आयुर्वेद स्वास्थ्य केन्द्र द्वारा सदरमुकाम सन्धिखर्कमा आयोजित आयुर्वेद सम्बन्धि अभिमुखिकरण कार्यक्रमका सहभागी वक्ताहरुले न्युन बजेट, कम जनशक्तिका बिच पनि अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रले निकै प्रभावकारी र परिणाममुखि काम गरेको भन्दै गाँउगाँउमा स्वास्थ्य शिविर संचालन, जिवनशैलि व्यवस्थापनका निम्ति स्वस्थ जिवन र थेराप्युटिक योगा तथा बाथ रोगका लागि स्टिम वाथ लगायतका कार्यक्रम सचालन गरि जनताका बिच लोकप्रिय बन्दै गएको बताए ।

कार्यक्रममा मन्तव्य राख्दै जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्माले बिकास र सम्बृद्धिको लागि स्वस्थ्य जनशक्ति आवस्यक भएको बताउँदै स्वस्थ जिवन शैलि, सरल आहार विहार र मौलिक आयुर्वेद उपचार पद्घतिलाई अंगिकार गरेर अँगाडि बढेमा सवै खाले समस्याको समाधान हुने बताउनु भयो ।

आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. अर्जुनराज शर्माको अध्यक्षता र शेषकान्त घिमिरे ओसनको सञ्चालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल,भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापा, जिल्ला समन्वय समितिका उपप्रमुख ऋषि बहादुर पुलामी, मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य, जिल्ला न्यायाधिस रामचन्द्र पौडेल , प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, लगायतका बक्ताले मन्तव्य राख्दै आयुर्वेद सेवाको बिकास र विस्तारमा जोड दिनुभएको थियो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्य निर्देशनालय प्रदेश नं ५ का कन्सल्टेन्ट आयुर्वेद बिज्ञ डा. बुद्घि प्रसाद पौडेलले हाल विश्वमा जटिल समस्याको रुपमा रहेको नसर्ने रोग लाग्नुको मुख्य कारण शारिरिक निस्क्रियता तथा अस्वस्थकर खानपान र मानसिक तनाव रहेको भन्दै नसर्ने रोगको जोखिमबाट बच्नका लागी शारिरिक सक्रियता आवश्यक पर्नेे बताउनु भयो ।

सामाजिक विकास मन्त्रालय बुटवलका श्रोत व्यक्ति गणेश भट्टराईले आयुर्वेद चिकित्सा पद्घतिको संरक्षणका लागी संवैधानिक तथा नितिगत ब्यवस्थाको बारेमा जोडदिंदै प्रत्येक स्थानिय तहले आयुर्वेद संस्था स्थापना तथा कार्यक्रममा सहयोग गर्नुपर्ने बताउनु भयो । कार्यक्रम डा. रेवति रमण पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार