बिप्लवको गृह गाउमा प्रहरी समुदाय साझेदारी कार्यक्रम

कपिलवस्तु । नेकपाका महासचिव नेत्र बिक्रम चन्द्रको गृह गाउमा शिवगढीमा प्रहरी समुदाय साझेदारी कार्यक्रम संचालन गरिएको छ ।
प्रहरीसंग समुदायका बढेको दुरी घटाउन जिल्लाको शिवराज नगरपालिका– ९ शिवगढीको भगवापुर गाउमा प्रहरी र सुमदाय बिच साझेदारी कार्यक्रम संचालन गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय सुन्दरी डाडाको संयुक्त आयोजनामा नेपाल राष्ट्रिय आधारभुत निमाबिमा समुदाय र प्रहरी बिच संबन्ध सुृढीढ बनाउन कार्यक्रम गरिएको हो ।
गत फागुन २३ गते प्रहरीले शिवगढीमा सर्च अप्रेशन संचालन गरे पछि प्रहरी र त्यहाका समुदाय बिच दुरी बढेको थियोे । माओबादी सशस्त्र युद्धकालनि सयमममा शिवगढी माओबादीको आधार शिबिर थियो ।
शिवगढीमा नै बिप्लवको घर र उनका अधिकांस समर्थकहरु छन । गत फागुन २३ गते प्रहरीले शिवगढीका आधा दर्जन गाउमा सर्च अप्रेशन संचालन गरी ििबप्लव समुहका नेता दुार्ग बहादुर रोकालार्ई हतियार सहीत पक्राउ गरेको थियो ।
सोही सर्च अप्रदेशनकै क्रममा नेपाल राष्ट्रिय आधारभुत निमाबिका प्रअ यादव चन्द्रलाई पक्राउ गर्न खोज्दा बिद्यार्थी र स्थानीयले अवरोध गरे पछि प्रहरी पछि हटेको थियो ।
तिनै बिद्यार्थीको सहभागीता र प्रअ चन्द कै अध्यक्षतामा कार्यक्रम संचालन गरेको हो । गत फागनुमा प्रर्दशनमा उत्रेका बिद्यार्थी, शिक्षक अभिभावरु प्रहरीले गरेको कार्यक्रममा भने हातेमालो गरी अघि बढने प्रतिबद्धता जनाए । सो अवसरमा प्रअ चन्दले आफुले अपराध न्यनीकरण र शान्ति स्थापनामा प्रहरीलाई साथ दिने प्रतिबद्धता जनाए ।
‘समाजलाई अपराधमुक्त बनाई भयमुक्त बनाउने हाम्रो पनि दायित्व हो, यस्तो कार्यक्रममा प्रहरीलाई मेरो साथ छ ’ उनले भने ।
सो अवसरमा प्रदेश नम्बर ५ का प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरिक्षक पिताम्बर अधिकारीले समाजको उत्थान र शान्ति स्थापनाकालागि सबै नागरिक प्रहरी बनी पहरेदारी गर्नु पर्ने बताए ।
देश ब्यापीरुपमा भईरहेका बिस्फाट, हत्या हिंसा बलत्कारका घटना प्रति चिन्ता ब्यक्त गर्दै उनले संबिधान र कानुन बिपरित भएका यस्ता काम प्रहरीको एक्लो प्रयासले मात्र सफल हुन गाह्रो पर्ने बताए ।
उनले बालबालिकाहरुलाई बिभिन्न अपराधमा प्रयोग गरी पीडीत बनाइएकाले उनीहरुलाई जोगाउन समेत समुदाय सचेत हुनु पर्ने बताए । उनले समाजबाट अपराध र हिंसा हटाउन समुदायसंग मिलेर काम गर्न र्कै कालागि नै प्रहरी र समुदाय बिच सझोदारी कार्यक्रम संचालन गरिएको बताए ।
सो अवसरमा बिदालयको कक्षा ८ मा अध्ययनरत बिद्यार्थी अभिषेक थापाले कार्यक्रमबाट बालबिावाह, बलत्कार, लैगिंक हिंसा लागु औषध लगातयका बिषय जान्ने मौका पाएको बताए ।
‘प्रहरी देख्दा नै डर लाग्थ्यो अहिले प्रहरीले नै हामीलाई बिद्यालयमा आएर धेरै राम्रा कुरा सिकाए ’ उनले भने ‘ हामीले बालबालिकाहरुले पनि अपराध घटाउन प्रहरीलाइ सहयोग गछौ ’ उनले भने ।
यस्तै सोही बिद्यायलक कक्षा ८ मा अध्ययरत बालिका पुजा गिरीले किताबमा नपढको धेर्रै कुराहरु सिक्ने मौका पाएको बताईन ।
‘बालबालिकाहरु बलत्कार लागुऔाषधमा फसेका छन त्यसबाट कसरी बच्न सकिन्छ त्यस बारे बुझे ’ उनले भनिन । कार्यक्रममा सहभागी अभिभावक भगवती पुनले समाजबाट अपराध हटाउन प्रहरी र समुदायको सहकार्य आवश्यक रहेको बताईन ।
उनले कार्यक्रमबाट बिभिन्न अपराध र त्यसको न्युनीकरणका बिषयमा जानकारी पाइएको भन्दै उनले प्रहरीको यो अभियानमा शिवगढीकासबीको साथ रहेको बताईन ।
प्रहरी उपरिक्षक दीप शमशेर राणाले प्रहरी र समुदाय बिच सुमधुर संबन्ध कायम राख्न बिकट शिवगढीमा कार्यक्रम राखिएको बताए ।
गत फागुनमा भएको घटनाले प्रहरी र समुदाय बिच बढेको दुरी हटाउन कार्यक्रम सहयोगी बनेको उनले बताए । उनले अपराधमुक्त जिल्ला बनाउन समुदायलाइृ प्रहरीसंग हातेमालो गर्न अपील गरे ।
कार्यक्रममा प्रहरी निरीक्षक मोतीलाल योन्जनले लैगीक हिंसा, बाल बिवाह, मानव बेचबिखन तथा ओसारपोसार, जबरजस्तीकरणी, लागु औषधका बिषयमा जानकारी गराएका थिए । कार्यक्रममा ९० जना बढीको सहभागीता थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार