बाकुमगढी जाने बाटो बन्यो

पाल्पा । नेपाली सेनाले महत्वपूर्ण गढीहरुको संरक्षण गर्दै आएको छ ।

नेपाली सेना गोरखदल गणले पूर्वखोला गाउँपालिकाको सहकार्यमा वडा ६ को ऐतिहासिक वाकुमगढीको डेढ किलो मिटर पैदलबाटो खन्नुको साथै बाकुमगढी संरक्षण गर्ने कार्य शुरु गरेको हो ।

सेना र स्थानीय जनताको सहकार्यमा गोरेटोबाटो निर्माण पछि त्यहाँको ऐतिहासिकता वुझ्न र अध्ययन गर्न आउँनेहरुका लागि सजिलो हुने भएको छ ।

गाउँपालिकाको दुई लाख बजेटबाट शुरु भएको काममा स्थानीयको जनसहभागिता र सेनाको श्रमदानबाट दशलाख भन्दा बढीको काम भइसकेको छ ।

सेना र जनताको सहकार्यमा भएका कामहरु स्तरयुक्त र वजेट भन्दा कम लागतमा निर्माण गर्न सकिने अवधारणाको विकास भएको वडा ६ का वडाअध्यक्ष मनबहादुर सारुले बताए ।

गोरखदलगणका गणपति प्रमुख सेनानी सुरज थापाले नेपाली सेना जनताका हरेक कदममा सहकार्य गर्ने योजना अनुरुप अगाडि वढेको बताए ।

उनले ऐतिहासिक वाकुमगढी संरक्षण, सम्वद्र्धनका साथै जनता र नेपाली सेनाबीच आत्मीयता, सहकार्य र स्थानीय सरकारको सम्वन्ध विस्तारमा सहयोग पुग्ने धारणा व्यक्त गरे ।

थापाले भने ‘सडक, स्वास्थ्य शिविर, दैवीप्रकोप सेवा, शिक्षा, बालवालिका र व्द्यिार्थीहरुमा आत्मरक्षाका साथै आत्मवल उच्च वनाएर अगाडि बढ्ने कलाको क्षेत्रमा गण सधै सहयोगी बन्ने छ,सेना व्यारेकमा मात्रै होईन, समाजको सहयोगी र जनताको साथी पनि बन्नुपर्छ, ।’

वाकुमगढी संरक्षणका लागि खनिएको बाटोले यस क्षेत्रमा धार्मिक तथा इतिहास अध्ययन गर्न आउँने पर्यटकको संख्या बढ्ने गण सेनानी मेजर मनोज डंगोलले बताए ।

प्रमुख अतिथि तथा पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले, यहाँका ऐतिहासिक स्थलहरुको संरक्षणमा स्थानीय उपभोक्ता र जनता बीच सहकार्यका साथ हुने विकासका काममा स्थानीय सरकार सहयोग गर्न तयार रहेको बताए ।

६ का वडाअध्यक्ष मनवहादुर सारुको स्वागत, गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

वाकुमगढी किल्लामा पृथ्वीनारायण शाहले नेपाल एकिकरणका वेला गोर्खा र पाल्पाली सेनाबीच लडाई भएकोले यो ऐतिहासिक किल्लाका रुपमा प्रसिद्ध छ । तस्बिर पनि छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार