एक जनप्रतिनिधी मात्रै लिन्छन दोहोर सुविधा

शिवलाल सुवेदी / गुल्मी । जिल्लामा २ नगरपालिका र १० गाउँपालिका गरि १२ स्थानीय तहहरु छन ।

वाह्र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २४ सहित वडा अध्यक्ष र सदस्य गरि ४ सय ८९ जना निर्वाचित जनप्रतिनिधी रहेका छन ।

सवै स्थानीय तहमा केही मनोनित कार्यपालिका सदस्यहरु गरि ५ सय ५० भन्दा बढीले तलव बुझदै आएका छन ।

५ सय ५० भन्दा बढी जनप्रतिनिधीहर मध्ये गुल्मीमा १ जना जनप्रतिनिधी मात्रै दोहोर सुविधा लिइरहेका छन ।

जिल्लाको गुल्मीको गुल्मी दरवार गाउँपालिका ५ का वडाध्यक्ष लिला बहादुर बलालले नेपाल सरकारको दोहोरो सुविधा लिदै आएका हुन ।

लामो समय नेपाल प्रहरीमा जाखिर खाएर अवकास प्राप्त वलालले स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएपछि अहिलेसम्म नेपाल सरकराको दोहोरो सुविधा प्रयोग गदै आएका छन ।

उनी नेपाल प्रहरीका अवकास प्राप्त प्रहरी नायव निरिक्षक हुन् । २५ बर्षको पौरखले आएको पेन्सन मैले किन छोड्ने उनी भन्छन“ म निर्वाचित वडा अध्यक्ष हुम गाउँपालिकाले दिने तलव पनि मैले छोड्ने कुरै भएन ।”

उनले कसैले दोहोर सुविधा छोड भनेर भने पनि नछोडने बताए । सरकारले जनप्रतिनिधीहरुलाई तलवको ब्यवस्था गरेपछि आफु नेपाल सरकारको पेन्सनर भएपनि आफुले पनि तलव पाउनुपर्ने दावी उनको छ ।

जनप्रतिनिधीहरुको तलव नै हटाए मैले खोजेको छैन उनले अगाडि भने“अन्य जनप्रतिनिधीहरुले जस्तै जनताको काम मैले पनि गरेको छु सेवा सुविधा पनि त पाउनु प¥यो ।”

उनका अनुसार गाउँपालिकावाट काम अनुसारको तलव त नआउने भन्दै अलिअलि भत्ता जस्तो रकम वुझने गरेको बताए ।

यता गाउँपालिका अध्यक्ष अशोक कुमार थापाले पनि दोहोरो सुविधा लिने वडा अध्यक्षको वचाउ गरेका छन ।

जिल्लामा नहोला तर अन्य जिल्लाका स्थानीय तहका जनप्रतिनिधीहरुले पनि दोहोरो सुविधा लिइरहेको मलार्य जानकारी छ थापाले भने“हाम्रो ५ नम्मर वडा अध्यक्षले मात्रै यसो गर्नुभएको अन्य कसैले दोहोरो सुविधा लिएको छैन ।”

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेतले आफु गाउँपालिकामा सरुवा भएर नआउदैदेखि नै वडा नम्बर ५ का वडाध्यक्ष लिला बहादुर बलालले सुविधा लिइरहेको बताए ।

म भर्खरै मात्रै गुल्मी दरवार गाउँपालिकामा आएको छु उनले भने“ कार्यपालिकाको वैठकमा वसेर यसको समाधान गर्नतिर लाग्छौ ।”

एक जना वडाध्यक्ष बाहेक जिल्लामा प्रतिनिधी तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने, गाउँपालिका तथा नगरपालिका प्रमुख उपप्रमुख र वडाध्यक्षहरु सगै वडा सदस्य र कार्यपालिका सदस्यहरु कसैले पनि दोहोरो सुविधा लिएका छैनन ।

जिल्लाका स्थानीय तहका अधिकाशं जनप्रतिनिधी नेपाल सरकारको अवकास प्राप्त कर्मचारीहरु नै रहेका छन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार