लेखनाथ ज्ञवालीको भेटमा अंकुरित वैचारिक छालहरु

२०६१ सालतिरको कुरा हो । म लुम्बिनी पत्रिकाको प्रधान कार्यालयमा मिलनचोकनेर पं. बाबुराम भट्टराईसँग बसेको थिएं । त्यो समयमा म बुटवलतिर धेरै परिचित थिइन । मैले आर्टिकलहरु लेख्थें र ती लेखहरु हुलाकबाट विभिन्न पत्रिकामा पठाउथें । यता ती आर्टिकलहरु लुम्बिनी, मेचीकाली, भावना, जनसंघर्ष दैनिकमा छापिदा रहेछन् । स्तम्भकारको रुपमा आफ्नो पहिचान बनिसकेको रहेछ । पं.बाबुराम भट्टराईल ेतपाईको लेखनले समाजका समस्या मात्र पहिलाउँदैन समाधानका लागि बाटो देखाउँछ , त्यसैले धेरै पाठक बनाई सक्नु भएकोछ भन्दै खुसी तुल्याउँदै थिए । मैले उनको कुरा सुनिरहेको थिएं ।
ठीक त्यसै समयमा एउटा मध्यम कद भएको सौम्य स्वभावको मृदु मुस्कान लिएर एकजना व्यक्ति आजाद तपाईं हो भन्दै अघि आए । मैले हो म आजाद हुँ भन्न नभ्याउँदै म लेखनाथ ज्ञवाली हुँ भन्दै हात दिए । उनले मलाई स्तम्भकारको रुपमा धन्यवाद दिए । लेखनाथ ज्ञवाली को हो भनेर धेरैबेर दिमाग खियाउनु परेन । उनलाई चिनी हालें । किनकि उनलाई धेरैले साहित्यको माध्यमबाट चिन्थें । अझ मेरो छोरा प्रदीप र इन्दिराले उनको विषयमा धेरै भनिसकेका थिए । मेरो छोराछोरीलाई माया गर्ने हुनाले मलाई स्वभावैले माया लागेर आयोे । उहाँको सरल स्वभाव देखेर म खुसी भएं ।
मेरो घर अहिलेको मालारानी २ रोकाचौरमा पर्छ । हाम्रो घरमा २०३८ सालदेखि भूमिगत कमरेडहरु आउँथे । उनीहरुको सरल स्वभावले म कम्युनिष्ट बनेको थिएं । आफ्ना कपडा आफै धुने, आफूले खाएको थाल आफै माझ्ने, जनतासँग मीठो बोल्ने, सुख दुःखमा साथ र सहानुभूति दिने, महिला हिंसा नगर्ने, जनताको स्वतन्त्रता र मुक्तिका आवाजहरु उठाउने, विभेद विरुद्ध बोल्ने र आन्दोलन गर्ने हुनाले म मन्त्रमुग्ध भएको थिएं । आजभोलि उनीहरुले के गर्छन् थाह छैन । तर मैले भने उनीहरुले दिएको स्वावलम्बन शिक्षा जीवनशैलीको रुपमा बचाएर राखेको छु । त्यसै बेलामा बुटवल आउँदा सहरमा त्यस्तै सरल र मीठो स्वभावको मान्छे देखें । खुसीले पुलकित हुँदै हृदयले नमन गरे । आहा ! लेखनाथको सरलता मेरो मन खुसी भयो । उले पनि मेरो मन हरिहाले ।
म पहाडी मान्छे । मैले २७ वर्ष शिक्षण पेसा गरें । जीवनका ४४ वसन्तहरु पहाडको एउटा विद्यालयमा बिताएं । मैले त्यो समयमा मोदनाथ प्रश्रितका पुस्तकहरु खोजी खोजी पढ्थें । माक्र्सवादका पुस्तकहरु सुरक्षितपूर्वक पाल्पा बुटवलतिर आउँदा लिएर जान्थें । मेरो गृह लाइब्रेरी थियो । त्यो समयमा मेरो वैचारिक आलम्बन मोदनाथ नै थिए । मोदनाथ र लेखनाथले सानै छँदा छाराछोरीको विवाह गर्ने भन्दै सम्धी सम्धी भन्ने गरेका थिए भन्ने सुन्थे । पछि जेलमै मोदनाथको छोरा लेखनाथकी छोरीको क्रान्तिकारी विवाह भयो भन्ने सुनें ।
‘गोलघरको सन्देश’ले त मलाई क्रान्ति र परिवर्तनप्रति अरु जब्बर बनाएको थियो । म अत्यन्त प्रभावित थिएं । प्रगतिवादी लेखकको काम पनि नेताहरुको पक्षमा उत्तेजक साहित्य लेखेर जनतालाई क्रान्ति र परिवर्तनको लागि बलि दिन प्रेरित गर्नु थियो । आन्दोलनमा ऊज्र्वा भरेर सडक र युद्ध मैदानमा फन्फनी नचाउनु थियो । अहिले पनि मालेमाको शुद्धता कायम राख्ने नाममा प्रगतिवादीहरुको मुख्य काम उत्तेजना भरेर बलिको लागि तत्पर बनाउनु हो । प्रगतिवादीहरु प्रायः त्यही सन्देश दिन्छन् । म पनि त्यो समयमा यही उत्तेजक सन्देशले कमरेडहरुको सती गएको थिएं । उनीहरुले मेरो मन जबर्जस्त हरेका थिए । उनीहरु मेरोलागि हरिहर थिए । मेरो जिउ नेपाली जनताको मुक्ति र स्वतन्त्रताको लागि बलि दिन तयार थियो । मैले राजनीतिको लागि जीवन दिन तत्पर थिएं । नेताहरुको काम भनेको व्यक्तिलाई आकर्षण गर्ने प्रभावमा पार्ने र उत्तेजित बनाएर बलिको लागि विद्रोहमा पठाउने हो । बस म बलिको लागि तयार बनेको थिएं । बाँचे संसार छ मरे के छ र ? भन्दै अघि अघि लाग्थें ।
त्यो समयमा मात्र हैन आज पनि नेताहरु पक्डिएमा मर्नुपर्दैन । जेलमा बस्दा पनि उनीहरुले एक नम्बरको सिधा पाउँछन् । उनीहरुको शान अर्कै हुन्छ । तर हामी भने मर्नुपथ्र्याें । हाम्रो मूल्य थिएन । मरी हले भने श्रद्धाञ्जलीमा हामी र नेताहरुको फरक फरक व्यवहार देखिन्थ्यो । नेताका धूत्र्याईं र चलाकीपन धेरै पछि मात्र थाहा पाइयो । पछिल्लोपटक उनका जुँगामुनिका मुस्कानको रहस्य सत्तामा पुगेर सम्पत्ति थुपार्ने र आनन्दको पाहुरी लाउने गौंडोतिर लागेपछि स्पष्टसँग थाह भयोे । हामी त हेरेको हेरै जिल्ल प¥यौं ।
गाउँमा रहँदा पछि माओवादीले कित्ताकाटका कुरा उठाए । कि त माओवादी बन कि त प्रतिक्रियावादी बन भन्न थाले । त्यसले मलाई अप्ठ्यारोमा पा¥यो । मलाई सशस्त्र बलबाट सत्ता कब्जा गर्न सकिन्न भन्ने थियो । मैले गोलमेच सम्मेलन, संविधान सभा र गणतन्त्रको वैकल्पिक बाटो लाग्न सुझाउँथे । त्यसो भएमा संविधान सभामा भोट दिन्छु भन्थें । यो विचार उनीहरुले खुसी मानेनन् । उनीहरु पनि बलि दिनयोग्य व्यक्तिको खोज गर्दै थिए । यस्ता क्रान्तिमा सोझा सरल र सिधा मान्छेहरु थुपै्र मरे । आखिर उनीहरुको दबाब झेल्न नसकी म विद्यालय छेडेर बुटवलतिर पलायन भएं । त्यो समयमा म लेखक भई सकेको थिएं । नयाँ नयाँ इश्यूहरुमा सिङ्गो समाजले ऋषि के लेख्छ भन्थ्यो । म एमालेको कित्तामा खुट्टा राखेर माओवादी अवतरणको बहस गर्थें । एमालेमा बसेर माओवादीका सुधारात्मक एजेन्डाहरु उठाउने गर्थे । त्यसले मलाई विवादित बनाएको थियो । म उत्तेजित मनोविज्ञानको कारण माओवादीलाई हल्का मन पराउँथें । त्यो समयमा मनोवैज्ञानिक उत्तेजनाले माओवादीमा जाउँ जाउँ गराउँथ्यो । जान मन लाग्थ्यो तर साथीहरु भने सबै एमालेमा नै थिए । अडिएरै बसें । धन्न जीवन गएन । पछि सम्झें धन्य रहेछु । परिवर्तनप्रति गर्व गरे पनि नेताका चालढाल देख्दा आजभोलि खुसी छैन । सम्भवतः त्यो समयमा लेखनाथ ज्ञवालीले पनि त्यो चाल पाइसकेको पाएं ।
माओवादीले गोलमेच सम्मेलन, संविधान सभा र गणतन्त्रको वैकल्पिक बाटो नै ठीक थियो । त्यस रणनीतिले नेपाली समाजमा आँधीबेहेरी सिर्जना गरिदियो । सबै लोकतन्त्रवादीहरु माओवादीसाथ एकै कित्तामा उभिए । दस वर्षे जनयुद्धको पृष्ठभूमिमा शान्तिपूर्ण जनआन्दोलनको आँधीबेहरी सिर्जना ग¥यो । निरङ्कुश राजतन्त्रले संसद पुनः वहाली गर्दै जनताको शासन जनतालाई फर्काउने बाचा ग¥यो । परिस्थिति क्रान्तिकारी अनुकूल बन्दै गयो । संविधान सभाको घोषणा भयो । माओवादी पहिलो शक्ति बन्यो । अन्नतः संविधानसभाको पहिलो बैठकले राजतन्त्रलाई नारायणहिटीबाट लखेट्यो । २४० वर्षदेखिको उसको अधीनस्थ सेना नेपाली जनताको सेना बन्यो । उसको एकात्मक राज्य रचना फेरेर जनताको संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको राज्य रचना भयो । धार्मिक एकाधिकार हट्यो । प्रशासन पनि लोकतान्त्रिक पद्धति अनुकूल आयो । परिवर्तन निकै ठूलो भयो । यो परिवर्तनको पूर्ण खाका लेखनाथ ज्ञवालीले देख्न पाएनन् । उनलाई संसार छोड्न विवश हुनु प¥यो । तर उनको सपना पूरा भयो ।
त्यसै समयमा लेखनाथले मलाई ‘साथी‘ र ‘खडेरी’ पुस्तक दिनु भयो । गएर पढें । अनि त्यसको सामान्य समीक्षा पनि गरें । उहाँका सरल सरस पुुस्तकहरु हेर्दा साहित्य भनेको सरलतामा पस्कने कला पो रहेछ भन्ने लाग्यो । त्यो कला हामीसँग छैन । उहाँको साहित्यमा लालित्य थियो । सुन्दर जीवन थियो । जीवनमा भोगेका सरल विम्ब, प्रतीकहरु थिए । अलङ्कारहरु पनि त्यति सघन थिएनन् । सलल बग्ने कलाले मलाई प्रभाव पा¥यो । शब्दाडम्बरले भावलाई सहज सम्प्रेषण हुन दिदैन । मैले कविता लेखिन तर मलाई लेखनाथको साहित्यले जनताको शैलीमा लेख्न प्रेरित ग¥यो । सरल लेख्न पनि साधना नै चाहिन्छ । सरलतामा कला नदेख्नेहरुले कविताको मर्म बुझेनन् ।
लेखनाथ साह्रेै सफल त बाल गीतमा भए । अहिले उनका गीतहरु सबै आमाको लागि बच्चा फुलाएर भात खुवाउने र शान्त बनाउने साधन बनेका छन् । उनका गीतहरु यति धेरै चर्चामा आउनुको कारण बाल मानोविज्ञानसम्मत र सरल भाषा हो । बालकको कोमल हृदय छामेर उनका रुचि र चाहनाहरु पत्ता लगाएर उनीहरुको भावना अनुकूल गीत रचना गर्नु कठिन काम हो । उनले त्यो कठिनतालाई राम्रोसँग बुझे । त्यसैले त उनी अमर रहे । मेरो नातिनीले उहाँका धेरै गीतहरु कण्ठ पारेकी छन् । युटुवहरुमा संगीतका साथ सचित्र भाइरल बनेका छन् । उनले बाल गीतमा ठूलो योगदान दिए ।
अहिले उनका पुस्तकहरु बजारमा पाइन्छन् । ‘दशैं’ ‘आशिक’, ‘अक्षर’, ‘हाम्रा आवाजहरु’, ‘झङ्कार’, ‘नानी’, देशभक्तिका गीतजस्ता कृतिहरु बजारमा उपलब्ध होलान् । हरेक कविको लागि उनका रचनाहरु पढ्नैपर्ने छन् । उनको योगदान साहित्य राजनीति, समाज सेवामा असाध्य धेरै छ । त्यसैले होला उनको लोकप्रियता र योगदानलाई जीवन्त बनाउन लेखनाथ साहित्य प्रतिष्ठान नै खुलेको छ । यो प्रतिष्ठानले उनलाई मात्र अजर बनाएको छैन साहित्यकारहरुलाई अजर अमर बन्न प्रेरित गरेको छ । अस्तु ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार