स्थापना दिवशमा अनाथ बालबालिकालाइ स्वास्थ्य सामाग्री बितरण

बुटवल । नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीले अनाथ बालबालिकालाइ स्वास्थ्य सामाग्री तथा कपडा बितरण गरेर २८ औ स्थापना दिवश मनाएको छ ।

स्थापना दिवशका अबसरमाा संघले आज आत्मशान्ती अनाथ आश्रम मणिग्रामका बालबालिकालाइ व्यक्तिगत सरसफाइका सामाग्री सहित कपडा बितरण गरेको हो ।

एक कार्यक्रमका बिच नेपाली काँग्रेसका सभापती अब्दुल रज्जाक, सचिव रामकृष्ण खाँण, स्वास्थ्य कर्मीसंघका केन्द्रिय सचिव नमनारायण बेलबासे लगायतले बालबालिकालाइ स्वास्थ्य सामाग्री तथा कपडा बितरण गर्नु भएको हो ।

स्वस्थ समाज निर्माणकालागि बालबालिकाहरुलाइ स्वस्थ र निरोगी बनाउनु पर्ने भएकाले असाहय र अनाथ बालबालिकालाइ स्वास्थ्य सामाग्री बितरण गरीएको संघका अध्यक्ष रामप्रसाद ढकालले बताए ।

कार्यक्रममा काँग्रेस सभापती अब्दुल रज्जाक, सचिव रामकृष्ण खाँण,नगर सभापती हरीलाल पाण्डे,संघका केन्द्रिय सचिव नमनारायण बेलबासे, शिक्षक संघका अध्यक्ष कुल प्रसाद लामीछाने,संयोजक मदन पोखरेल लगायतले सुभकामना मन्तब्य राखेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार