पारिस्थितिक प्रणालीमा सन्तुलनको खाँचो

प्रकृतिमा जस्तो परिस्थिति थियो, त्यस्तै परिस्थिति राखिराख्ने कामलाई ‘पारिस्थितिक प्रणाली’ भनिन्छ । पृथ्वीको वरिपरि रहने हरित गृहजस्तो छ त्यस्तै अवस्थामा राखिराख्ने, वातावरण सन्तुलन राख्न विगतको विभिन्न ग्याँसहरुको योग अनुपात जस्तो छ त्यस्तै अवस्थामा राख्ने । विगतमा नदीनालाहरु जुन अवस्थामा थिए त्यस्तै अवस्थामा राख्ने । विगतमा वनजङ्गल जुन अनुपातमा थियो त्यही अनुपातमा राखिराख्ने । विगतमा जुन जुन प्राणीहरु जे जति थिए त्यस्तै अवस्थामा बचाएर राख्ने । विगतमा वनस्पतिहरु जेजस्तो अवस्थामा थिए त्यस्तैअवस्थामा राख्ने । विगतमा नदी तथा समुद्रको पानी जस्तो अवस्थामा स्वच्छ थियो त्यस्तै अवस्थामा राख्ने कुरा पारिस्थितिक प्रणाली अन्तरगत पर्छ । परिस्थितिलाई व्यवस्थापन गर्नु आजको चुनौती हो ।
जुन अवस्थामा थियो त्यही अवस्थामा नरही तलमाथि पर्न गएमा पारिस्थितिक प्रणाली बिग्रन्छ । यसलाई वातावरणीय असन्तुलन भनिन्छ । वातावरणीय असन्तुलनका कारण अहिले पृथ्वीमा तापक्रम बढ्न थालेको छ । पृथ्वीको तापक्रम बढ्दा लाखौं प्रजातिका वनस्पति तथा प्राणीहरु अस्तित्व गुमाएका छन् । समुद्रमा फोहर मिल्क्याउँदा हजारौं प्रजातिका सामुद्रिक जीवहरु नष्ट भएका छन् । मानिसले वन जङ्गल नष्ट गर्दा हजारौं प्रजातिका जीवजन्तुहरुको बासस्थान समाप्त भएको छ । तापक्रम वृद्धिको कारण हिमालयहरु पग्लिन थालेका छन् । हिमालय पग्लिनको कारण समुद्र सतह उठ्न थालेको छ । समुद्री सतह माथि आउँदा समुद्री किनाराका सहरहरु डुब्ने खतरा छ । त्यसरी नै अति वृष्टि र अनावृष्टिको कारण हाम्रो मानव सभ्यतामा प्रतिकूल प्रभाव पारेको छ ।
अहिले रासायनिक मल र कीटनाशक औषधीको प्रयोगले हाम्रो खाद्यान्न हाम्रो स्वास्थ्य प्रतिकूल बनेको छ । यसले नयाँनयाँ रोगहरु उत्पन्न हुन थालेको छ । क्यान्सर र मृर्गौलाका रोगीहरु हर्लक्क बढेका छन् । विकास निर्माणको नाममा ठूला खालका उपकरणहरु प्रयोग गरी बाटाघाटा खन्दा बाढी पहिरो जानेक्रम बढेको छ । यस्तै रहिरहने हो भने हामी र हाम्रो सभ्यता नष्ट हुन्छ ।
अहिले पृथ्वीको वरिपरि रहेको हरित गृह नष्ट हुँदैछ । हरित गृह नष्ट भएमा सूर्यका परावैजनी किरणहरु सिधै पृथ्वीमा आउँदा हाम्रो पारिस्थितिक प्रणाली खल्बलिन्छ । यसैले यसलाई केन्द्र विन्दुमा राखेर यसको हल गर्न वैश्विक प्रयाश चाहिन्छ । यसको विषयमा नेपाल एक्लैले पनि समस्या समाधान गर्न सक्दैन । विशेष गरी औद्योगिक राष्ट्रहरु यसको लागि जिम्मेवार छन् । उनीहरुले सामुहिक रुपमा सोंच्ने र सामुहिक रुपमा हल गर्नु काम गरेमा पृथ्वी राम्रो हुन्छ ।
पृथ्वी राम्रो बनाउनु पर्छ । आशा छ, विश्वभर यो विषयमा सबै राष्ट्रका सरकारहरु सचेत हुने छन् । पारिस्थितिक प्रणालीमा सन्तुलन आउने छ । कुनै दिन पृथ्वी फेरि वातावरणीय दृष्टिले स्वच्छ, सन्तुलित र हराभरा हुनेछ । समुद्र र पृथ्वीमा यसको सकारात्मक प्रभाव परी पृथ्वी फेरि स्वर्ग हुनेछ । यसको लागि हामी सबै योगदान हुनु आवश्यक छ । हामीले हाम्रो जीवनशैली सोंच र चिन्तन नै फेर्नुपर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार