बुद्धभूमीमा किसानलाई बोयरका २२ बोका वितरण

कपिलवस्तु । नश्ल सुधारको लागी बुद्धभूमी नगरपालिकाले किसान समुह तथा फर्महरुको लागी २२ वटा बोका बाडेका छ । ५० प्रतिशत बोयर जातको बाख्रामा हुनु पर्ने गुण भएको बोका खरिद गरी पशु सेवा शाखा वाट वितरण गरिएको छ ।

जिल्लाको उत्तरी तथा चरन क्षेत्रमा उन्नत रुपले बाख्रापालन गरेका किसानहरुको लागी नश्ल सुधार गरी थप उत्पादलन बढाउन बोका वितरण गरिएको नगर प्रमुख केशव कुमार श्रेष्ठले बताए ।

नगरपालिकाले किसानहरुको लागी सूचना प्रकाशित गरी मागमा आधारीत निवेदनको आधारमा २२ जना किसानहरुको लागी वितरण गरिएको श्रेष्ठले बताए । सो अवसरमा नगर उप प्रमुख मिरा थारुले अनुदानमा प्राप्त बोका वाट उत्पादन दिने र त्यसको राम्रो संग पालन पोषण गर्नु पर्ने बताइन ।

१० लाखको योजनामा सूचना प्रकाशग र टेण्डरको आधारमा किसानहरुको आयस्तर बुद्धी गर्नको लागी बोका तिरण कार्यक्रम गरिएको प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले बताए ।

बोकाको हेरचाहा र रोग बारेमा थप किसानहरुलाई तालिम दिइने पशु विकास अधिकृत लक्ष्मण लाल श्रीवास्तवले बताए । बोका पाएपछि आफे्नो घरका बाख्रा तथा समुदायका अन्य किसानहरुको लागी नश्ल सुधार र उप्पादनमा सहयोग मिलेको बुद्धभुमी १ की मिना केसीले बताइन ।

त्यस्तै वडा नं ९ का किसान चुरामणि पोख्रेलले १ सय बढि बाख्रा पाल्दै आएकोमा नयां प्राप्त वोयर जातको बाख्रा वाट नश्ल सुधार भइ उत्पादन हुनेमा आशावादी रहेको बताए ।

सो अवसरमा वडा अध्यक्ष पवन कुमार थारु, साना किसान सहकारीका पदम खनाल पशु शाखाका खिमबहादुर टण्डन, भोजराज पाण्डेय लगायतले बोलेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार