१० युवाको लगानीमा सैनामैनामा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट एकेडेमी बन्ने

ललित पाण्डेय
रुपन्देही ।
रुपन्देहीको सैनामैना नगरपालिकामा २ करोडको लगानीमा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट एकेडेमी बन्ने भएको छ ।
क्रिकेट क्षेत्रको विकासको लागि सैनामैनाका १० जना युवाहरुको संयुक्त लगानीमा क्रिकेट एकेडेमी निर्माण हुने लागेको हो ।
दशंै सम्ममा सञ्चालनमा ल्याउँने तयारीमा रहेको एकेडेमी अन्र्तराष्ट्रिय स्तरको हुने युवाहरुले दाबी गरेका छन ।
सैनामैनाका तिलब केसी, कृष्ण प्रसाद शर्मा, जित बहादर केसी हरी प्रसाद पोखरेल, श्रीप्रसाद भट्टराई, सुमित रिजाल, कृष्ण खनाल, कृष्ण भण्डारी, राजु घिमिरे ,कृष्ण प्रसाद ज्ञवालीको संयुक्त लगानमिा एकेडेमी सञ्चालनमा ल्याएका हुन ।
प्रतिभावान खेलाडीहरु उत्पादन गर्ने उदेश्यले एकेडेमीको स्थापना गरिएको उनिहरुले दाबी गरेका छन । दक्ष खेलाडी उत्पादन गर्ने उदेश्यले एकेडेमी सञ्चालनमा ल्याएका हौं उनिहरुले भने गाउँ घरमा लुकेर बसेका प्रतिभावाहरुलाई प्रोत्साहित हुने छन ।
सैनामैना नगरपालिकाको वडा नं. ४ झारबहिरामा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट एकेडेमी निर्माण सुरु भएको हो ।
पर्रोहा माध्यामिक विद्यालयको स्वामित्वमा रहेको १६ कठ्ठा जग्गा भाडामा लिएर एकेडेमी निर्माणको काम थालनी भएको छ ।
रुपन्देही जिल्लामा क्रिकेट प्रतिको क्रेजलाई थप प्रोत्साहन गर्नका लागि सैनामैनामा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट एकेडेमी बनाउन लागिएको गौतम बुद्ध इन्टरनेशनल क्रिकेट एकेडेमी सैनामैनाका अध्यक्ष तिलब केसीले बताए ।
करिब २ करोडको लगानीमा उक्त एकेडेमी निर्माण गर्न लागेका छौं उनले भने दशैसम्ममा सञ्चालन गर्ने तयारी गरी कामको सुरुवात गरेका छौं ।
सैनामैनाका १० जना क्रिकेट प्रेमी युवाहरु नै मिलेर एकेडेमी सञ्चालनमा ल्याएका हौं यसले गर्दा यस क्षेत्रका खेलाडीमा थप हौसला प्रदान गर्ने छ ।
दक्ष कोच नै राखेर हामीले कक्षा सञ्चालन गर्ने छौं जसले गर्दा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने गर्ने अध्यक्ष केसीले बताए ।
एकेडेमी निर्माणको लागि तत्काल ५० लाख बराबरको काम हुने र करिब २ करोडमा काम पुरा हुने अनुमान गरिएको सचिब जेवि क्षेत्रीले जानकारी दिए ।
क्रिकेट मैदान,होस्टल भवन एउटा, नेट पिज ३ वटा,फिल्डीङ अभ्यास सेक्टर,हल कार्यालयका लागी भवन र मैदान कम्पाण्ड एकेडेमीमा बन्ने बताए ।
अहिले ५ –५ लाख उठाएर निर्माणको काम सुरु गरेका छौं क्षेत्रीले भने असोजमा एकेडेमीको उद्घाटन हुने र मंसिरबाट कक्षा सुचारु गरिने दाबी गरे ।
१२ वर्षभन्दा माथिका खेलाडीलाई होस्टलमा नै राखेर क्रिकेटको प्रशिक्षण दिने एकेडेमीका सदस्य समित रिजालले बताए । ३ वटा लेभल सञ्चालन गरेर खेलाडीहरुको कक्षा सञ्चालन गर्ने उनले जनाए ।
सैनामैना नगर प्रमुख चित्र बहादुर कार्कीले गौतम बुद्ध इन्टरनेशनल क्रिकेट एकेडेमीले क्रिकेट क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले निजि क्षेत्रको सक्रियतामा निर्माण हुन लागेको अन्र्तराष्ट्रिय स्तरको क्रिकेट एकेडेमीबाट सैद्धान्तिक तथा प्रयोगात्मक सिप तथा ज्ञान हासिल गरि सक्षम खेलाडी उत्पादन गर्न टेवा पुग्ने दावी गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार