खडेरी परेपछि झिगामाराको सिद्धेश्वरीमा विशेष पुजा

ललित पाण्डेय
रुपन्देही । लामो समयसम्म खडेरी परेपछि रुपन्देही र पाल्पा जिल्लाका स्थानीयहरुले सिद्धेश्वरी धाममा पुजा आजा गरेका छन ।
पाल्पाको तिनाउँ गाउँपालिका वडा नं. १ झिगामारामा रहेको सिद्धेश्वरी धाममा रुपन्देहीको सैनामैना र झिगारामाराका स्थानीय मिलेर पुजा गरेका हुन ।
तराईमा धानको ब्याड राख्ने र पहाडमा मकै छर्ने समयमा पानी नपरेपछि स्थानीय मिलेर धाममा, रुद्धी पुजा गरेका हुन ।
प्रत्येक वर्ष यँहाका स्थानीयहरुले मिलेर धाममा विशेष पुजा गर्दै आएका छन । धामको शक्तिले पुजा गरेको २४ घण्टा भित्र पानी पर्ने गरेको धामका सल्लाहाकार प्रेम खड्काले बताए ।
हामीले प्रत्येक वर्ष यस धाममा पुजा गर्दै आएका छौं उनले भने यँहा पुजा गरेपछि २४ घण्टा भित्रमा पानी पर्ने गर्दछ । सिद्धेश्वरी धाम ऐतिहासिक धाम भएपनि पं्रचारप्रसार नहुँदा ओझेलमा परेको उनले बताए ।
जंगलको एकान्त स्थलमा रहेको धाम पर्यटकिय दृष्टिकोणले समेत महत्वपूण रहेको खड्काले बताए । धामको विकास हुन नसक्दा यँहा भएको महत्वपूर्ण मुत्र्ती समेत हराउँदै गएकोमा उनले चिन्ता ब्यक्त गरे ।
धाममा पुजा गरे पानी आउँने जनविश्वासका कारण ७३ वर्षदेखि निरन्तर रुपमा रुद्री तथा हवन गर्दै आएको मन्दिर ब्यवस्थापन समितिका कोषाध्यक्ष लक्षमण भट्टराईले जानकारी दिए । रातभरि सैनामैना र तिनाउका स्थानीय मिलेर रातभरि भजन क्रितन गर्दै जागारम बस्ने गरेको उनले बताए ।
धामको धार्मिक महत्व रहेपनि प्रचार प्रसारको अभावमा ओझेलमा परेको भट्टराईले गुनाशो पोखे । यसको विकासको लागि स्थानीय , प्रदेश र केन्द्र सरकारले ध्यान दिन पर्ने बताए । भक्तजनले चढाएको भेटीबाट नै धाम सञ्चालन गर्दै आएको उनले बताए ।
शिद्धेश्वरी धाममा पुजा गरेर पानी परेपछि तराईमा किसानहरुले जोत्न सुरु गर्ने पण्डित बलराम पौडेलले बताए । अहिले तराई क्षेत्रमा धानको ब्याड राख्ने समय हो उनले भने पानी नपर्दा किसानले बिउ राख्न पाएका छैनन् । पहाडमा मकै छर्ने समयमा समेत पानी परेको छैन यँहा पुजा गरेपछि खेती लगाउन सुरु हुने गरेको बताए ।
झिगामारमा रेहेका शिद्धेश्वरी धाम धार्मिक दृष्टिकोणले अति नै महत्वपूर्ण क्षेत्र भएपनि विकास र प्रचार प्रसार हुन नसक्दा ओझेमा परेको स्थानीयले बताए ।
रुपन्देहीको सैनामैनाको रानीबगियाबाट उत्तर ९ किलोमिटरको दुरीमा धाममा पुग्न सकिन्छ । धाममा पुगी पुजा आजा गरे मनले जिताएको पुग्ने भक्तजनमा विश्वास रही आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार