समाजिक सुरक्षा ऐन सम्बन्धी छलफल कार्यक्रम

भैरहवा । सामाजिक सुरक्षा ऐनका बिषयमा भैरहवामा ब्यबसायीहरु बिच छलफल भएको छ ।
सिद्धार्थ उद्योग बाणिज्य संघको आयोजनामा भएको छलफलमा सामाजिक सुरक्षा ऐनले उद्योगी व्यवसायीहरुमा पारेको समस्या सम्बन्धमा चर्चा भएको थियो ।

कार्यक्रममा कार्यक्रम अतिथि तथा सहजकर्ताको रुपमा रहेका नेपाल टे«ड यूनियन महासंघका उपाध्यक्ष तथा सामाजिक सुरक्षा कोष सहजिकरण समिति सदस्य कमल गौतमले नेपालमा सामाजिक सुरक्षा सम्बन्धी कार्य,सामाजिक सुरक्षा कोषको स्थापना, सञ्चालन र व्यवस्थापन, श्रमको कोष सञ्चालन लगायतका बिषयमा चर्चा गरेका थिए ।

उनले श्रम तथा सामाजिक सूरक्षाका कारण उद्योगीलाई परेका सममस्या लगायत बिषयमा अवधारण पत्र प्रस्तुत गर्दे आफुले यस कार्यक्रम मार्फत उद्योगीको समस्या बारे बुझेको र सो समस्याहरु समाधानको लागि सबै संग सहकार्य गर्दै सम्बन्धित निकायमा समाधानको लागि पहल गर्ने बताए ।

सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा संघका भू.पू अध्यक्ष एवं सल्लाहकार महेन्द्र कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष श्री राम कुमार शर्मा, उद्योग बाणिज्य महासंघ प्रदेश ५ का उपाध्यक्ष दिपक पौडेल, बरिष्ठ उपाध्यक्ष श्री भीष्म प्रसाद न्यौपाने, उपाध्यक्ष श्री ठाकुर कुमार श्रेष्ठ, उद्योगीहरु विदुर ढुङ्गाना उद्योगी केशव विक्रम खडका, दिपक पौडेल लगायतले सामाजिक सूरक्षाको राम्रो तथा नराम्रो पक्षका बारेमा चर्चा गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार