बयरघारी बजारमा अनुगमन, किराना पसलमा विषादीको बेचविखन

कला राना,
वालिङ । भीरकोट नगरपालिकाको बजार बयरघारी बजारमा अनुगमन थालिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराले नगरपालिकाको समन्वयमा बजार अनुगमन गरेको हो ।
अनुगमनका क्रममा किराना पसलमा विषादीको बेचविखन गरेको भेटिएको छ भने मासुपसलमा सरसफाईको कमी, खाद्य अखाद्य वस्तु एउटै पसलमा बेचविखन गरेको, होटलहरु साँघुरो स्थानमा सञ्चालन गरेको भेटिएको छ ।
बयरघारीका ५ मासुपसल, ५ किराना पसल, २ होटल र १ औषधी पसलमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा भेटिएका त्रुटिलाई सच्याउन निर्देशन दिईएको अनुगमन टोलीले जनाएको छ । यदि समयमै त्रुटि नसच्याईए कानुनी प्रक्रियामा लैजाने जनाईएको छ ।
अनुगमनका क्रममा नगरप्रमुख छायाराम खनाल, उपप्रमुख सिमा केर्सी, प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुङ्गाना, डिभिजनका प्रमुख प्रसान्त पोख्रेल, भीरकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जगदिश कोईराला, योजना अधिकृत यामप्रसाद रेग्मी, लेखा अधिकृत जब्बरअलि मिँया, वडा नं. १ का अध्यक्ष दिपेन्द्र केसी, २ का अध्यक्ष कमल त्रिपाठी, ५ का अध्यक्ष यामप्रसाद अधिकारी, नगरकार्यपालिका सदस्य, दहथुम प्रहरी चौकीका प्रमुख चेतलाल विक, पत्रकारसहितको टोलीले बजार अनुगमन गरेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार