सैनामैना नगरद्धारा किसानहरुलाई धानको बिउ वितरण

टिका खरेल
सैनामैना । सैनामैना नगरपालिको कृषि विकाश शाखा मार्फत किसानहरुलाई धानको बिउ वितरण गरेको छ । कृषकहरुलाई धानको बिउ अभाव नहोस भन्ने उद्धेश्यले ५० प्रतिशत अनुदानमा विउ वितरण गरिएको हो ।
सो अवसरमा बैल्दै सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले नगरमा कृषि क्षेत्रलाई विशेष प्रथामिकता दिएको बताउँदै कृषकहरुलाई प्रोत्साहन स्वरुप अनुदानमा बिउ वितरण गरिएको बताउनभयो ।
साथै उहाँले आफुले प्राप्त गरेको बिउ प्रयोग गरी बाकी रहेको खण्डमा त्यसलाई खेर नफाली अर्को कृषकलाई दिन समेत आग्रह गर्नुभयो ।
यसैगरी सैनामैना कृषि शाखाका अधिकृत साधुशरण यादबले यस वर्ष ७५ क्वीनटल बिउ वितरण गर्न लागिएको जानकारी गराउँदै यस वर्ष सामा,रामधान र राधाचार जातको बिउ उपलब्ध गराउन लागिएको बताउनुभयो ।
सैनामैना ४ स्थित कृषि विकाश केन्द्रमा एक औपचारिक कार्यक्रम गरी आजदेखी धानको बिउ वितरण कार्यको सुरुवात भएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रम सैनामैनाका कृषि विकाश शाखाका अधिकृत साधुशरण यादबको अध्यक्षता,नगर प्रमुख चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यता तथा कृषक समुहका देवराज पौडेलको संचालनमा सम्पन्न भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार