बिद्युतको टेन्डर फारम च्यातियो

कपिलवस्तु । नेपाल बिद्यतु प्राधिकरण तौलिहवा बितरण केन्द्र्र अन्र्गत बिद्युतीकरण संबन्धी ठेक्का दर्ता गर्नेक्रममा बिहीवार बिहान ११ बजेतिर टेन्डर फारम च्यातिएका छन ।

जिल्लाका दुई स्थानमा गर्न लागिएको बिद्युत्तीकरणकोे ठेक्काको फारम दर्ता गर्नेक्रमा एक ठेकेदार समुहले गुण्डागर्दी शैलीमा नेपाल बिद्यतु प्राधिकरण तौलिहवामा अर्को ठेकेदार कम्पनीको टेन्डर फारम च्यातेका हुन बिहीवार बितरण केन्द्रमा बाणगंगा र बुद्धुभुमी नगरपालिकाका तीन तीन वार्डकालागि बिद्यत्तीकरणका टेन्डर दर्ता गर्ने अन्तिम दिन रहेको थियो । सोहीक्रममा सितगंगा नगरपालिका अर्घाखाचीको बि एस कन्ट्रक्सनका प्रतिनिधि बिजय फौडेलले फारम दर्ता गर्नेक्रममा बिहान ११ बजे तिर कार्यालय हाता भित्रै ठेकेदार समुहले फारम च्याका थिए ।

प्रतिनिधि पौडेल अनुसार प्राधिकराण्का प्रमुख जय कुरमा यादवले तोक लागए पछि प्रशासन फाटमा फारम दर्ता गर्दा ठेकेदार समुहले खोसेर फारम च्यातेको बताए । प्राधिकरणले बाणगंगा नगरपालिकाको वडा नम्बर ७,८ र ९ कालागि ७ लाख र बुद्धुभुमी नगरपालिकाको वडा नम्बर १,२ र ३ कालागि ४ लाखको टेन्डर आवहान गरेको थियो । दुबै कामकालागि एक दर्जन टेन्डर फारम बिक्री भएको प्राधिकरणको लेखा शाखाले जनाएका छ । फारम दर्ता गर्ने दिन सुरक्षाकर्मीलाइृ भने जानकारी गराईएको थिएन ।

‘ कार्यालय प्रमुखको तोक लगाएर प्रशासन फाटमा टेन्डर फारम दर्ता गर्ने बेलामा ठेकेदार समुहका एक ब्यत्तिले फारम खोसेर लगे पछि च्यातेर फाले ’ पौडेलले भने । ‘ कमिशन लिएर फारम दर्ता नगनृ भने नमाने पछि फारम च्याते ’ पौडेले भने । फारम च्यातेका ठेकेदार समुहले भने मिलेर फारम दर्ता गराएका थिए । सो बिषयमा ठेकेदार प्रतिनिधि पौडेलले प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेलल र प्राधिकरणलाई लिखित उजरी दिएका थिए । पौडेलका उजरी पछि प्राधिकराण्का प्रमुख यादवले ठेक्का रद्द गरेका थिए ।

प्रमुख यादवले कार्यालय हाता भित्र टेन्डर फारम च्यातिएको उजुरी परे पछि आफुले ठेक्का रद्दकालागि प्राधिकरणको क्षेत्रीय कार्यालय बुटवलमा जानकारी गराएको बताए । सो दुबै कामको एक हप्तको म्याद रहने गरी पुनः ठेक्का आवहान गरिने उनले बताए । यस अघि प्राधिरणको ठेक्का हुदा सुरक्षाकर्मी राख्ने गरिएको थिएन । अब भने सुरक्षाकमी राखिने प्राधिरण प्रमुख यादवले बताए । आर्थिक बर्ष सकिन ढेड महिना मात्र बाकी भएको बेला भएको यो खटनाले काममा ढिलाइृन हुने प्राधिकरणका कर्मचारीहरु बताउछन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार