खरबुजा खेतीबाट मनग्य आम्दानी

कपिलवस्तु । कपिलवस्तुका कृषकहरुले मौसमी खरबुजा खेतीबाट मनग्य आम्दानी गर्ने गरेका छन । जिल्लाको बाणगंगा नदी अन्र्गत नदी किनारमा रहेको जमिनमा खबरबुजा खेती गर्ने गरेका छन ।

यसैक्रममा बगरमा फल्ने चिसो फलकारुमा रहेको खरबुजा उत्पादन गरी कपिलवस्तुको बुद्धुभुमी नगरपालिका– १० धनकौली गाउका कृषकले मनग्ने आम्दानी गरेका छन । धनकौलीको मोतिनगर लगायतका गाउका सय बढी कृषकहरुले बाणगंगा नदीको निख्खर जमिनमा खरबुजा उपादन गरी राम्रो आम्दानी गर्ने गरेका हुन । उनीहरुले बाणगंंगा नदीले बनाएको बगरमा हरियो तरबुजा र खरबुजा उत्पादन गरेका छन् ।

नदीको निख्खर र सुख्खा बालुवामय बगर बनेको जग्गामा समेत नमूनाका रुपमा उनीहरुले उक्त चिसो फल उत्पादन गरी ५० हजार देखि १ लाख बढी सम्को आम्दानी गरेका हुन । कृषकहरुले ३ देखि १० कठ्ठा सम्म खरबुजा लगाएका छन ।

बैशाख दास्रो साता देखि कृषकहरुले खरबुजा बेच्न सुरु गरेका हुन । ५ कठ्ठामा खरबुजा लगाएका मोतिनगरका कृषक रमेश केवटले बैशाख दोस्रो साताबाट तौलिहवा बजारमा खरबुजा बेच्न सुरु गरेको बताए । उनले यस बर्ष खरबुजा बेचेर्र ८० हजार आम्दानी हुने बताए । खरबुजा बेच्न अहिले सजिलो भएको उनले बताए । ब्यापारीहरु गाडी लिएर खेत मै खरबुजा किन्न आउने गरेका छन ।

हरेक बर्ष खुरबुजा बेचर १ लाख बर्ष आम्दानी गनै आएका उनले खरबुजा खेती आफुलाई फापेको बताए । उत्पादन बढी भएकोले यस बर्ष गत बर्षको तुलनामा खरबुजाको मुल्य घटेको बताए । यस बर्ष १५ देखि २० रुपैया प्रति किलो बिक्री हुने गरेका ेछ थिए । अर्का कृषक दिनानाथ केवटले यस बर्ष तरबुजाबाट ५० हजार आम्दानी हुने बताए ।

बैशाख जेठको प्रचण्ड गर्मीको बावजुत बालुवाको तापमा रापिदै यतिखेर माग बढी भएकाले फल र तरकारीको स्याहारमा जुटेका केवटले बताए ।

‘यस बर्ष सिंचाई र पश्चिमेली हावा नचलेकोले उत्पादन बढेको बताए । गत बर्ष यही खेतीबाट ढेड लाख आम्दानी गरेको उनले भने ‘ सिंचाईको सुबिधा हुन सके आम्दाी अझ बढने थियो । ’

२ बिघामा बगरे खेती गरेको अर्को कृषक बुद्धु केवटले यस बर्षे एक लाख मात्र आम्दानी भएको बताए । माधुरी ६४ जातको खरबुजा एक कठ्ठामा नै १५ क्युन्ट बढी उत्पादन हुने कृषहरु बताउछन् । यहाँ एक देखि ११ किलो सम्मको तरबुजा उत्पादन भएका छन् । उनीहरुद्धारा उत्पादीत तरबुजा अहिले कपिलवस्तुका बिभिन्न स्थानमा लाग्ने ४ दर्जन हाटबजारको प्रमुख आकर्षण बनेको छ । यहाँका बजार तरबुजामय बनको छ ।

खरबुजा खरिद गर्न बुटबल, भैरहवा, अर्घाखाची सम्मका ब्यापारीहरु खेतमै आउने गरेका छन् । स्थानीय कृषक पुर्सराम केवटले खेतमा फलेका तरबुजात तर्फ ईशारा गर्दै भने ‘ ब्यापारीहरु गाडी लिएर खेत मै माल किन्न आउछन्, बिक्रीका लागि कुनै समस्या छैन, ’ ।

बढदै गएको गर्मीसंगै स्थानीय बजारमा चिसो फल र तरकारीको माग बढेकाले आफ्नो उत्पादन बजार सम्म पुर्याउन किसानहरु ब्यस्त देखिन्छन् । सो फलसंगै उनीहरुले त्यहा काक्रो, तरकारी उत्पादन समेत गरेका छन् । बजारमा भारतबाट समते खरबुजा आयत गर्न थालिए पछि आफुहरुलाई बिक्रीको भन अली समस्या परेको कृषकहरु गुनसो गर्छन । भारतीय खरबुवा नआएको भए आफुहरुले अझ राम्रो भाउ पाउन सक्ने उनीहरु बताउछन ।

जिल्लामो ६५ हेक्टरमा तरबुजा खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस बर्ष १३ सय मेट्रक टन तरबुजा उत्पादन भएको छ । यहाँ माधुरी ६४ र मधुवाला जातका तरबुजा उत्पदान हुने गरको छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार