पाँच नम्बर प्रदेशको स्वर्णिम भविष्य

पाँच नम्बर प्रदेशको स्वर्णिम भविश्य छ । यो प्रदेश औद्योगिक दृष्टिले व्यापारिक दृष्टिले धेरै माथि उठिरहेको प्रदेश हो । विकास र निर्माणका सम्भावनाहरु भएको प्रदेश हो । यस प्रदेशको. रफ्तार अर्थात गति पहिचान गर्न सक्ने र सही व्यवस्थापन गर्न सक्ने हो भने यसले अरु सबै प्रदेशलाई जितेर अब्बल बन्न बनाउन सक्ने अवस्था आउँदैछ । त्यसैले प्रदेश सरकार र स्थानीय सरकारका प्रतिनिधिहरु यस प्रदेशको स्वर्णिम भविश्य दखेर उत्साही भएका छन् । अन्तर्राष्ट्रिय क्षेत्रको रुपमा पहिचान बनाएको लुम्बिनी यस प्रदेशको हिरा हो ।भविश्यमा यस प्रदेशको समृद्धिमा लुम्बिनीको ठूलो योगदान हुनेछ । भैरहवा एयरपोर्ट बनेपछि लुम्बिनीमा लाखौं पर्यटन आउन थाल्नेछन् । अहिले पनि दक्षिण एशियाका एक दर्जन जति मुलुकहरुले भैरहवा एयरपोर्टमा हबाई सम्पर्कको लागि आवेदन दिदैछन् । यसले पाँच नम्बर प्रदेशको भविश्य नाटकीय रुपमा बदलिनेछ ।
अहिले बन्दै रहेको भैरहवा गौतम बुद्ध एयरपोर्टले यस क्षेत्रको कायापलट बनाउने छ । ठूला ठूला आयोजनाहरुमा ठूलो प्रभाव हुन्छ । यो एयरपोर्टको किनारी प्रभाव असाध्य ठूलो हुन्छ । यसले हाम्रो अर्थतन्त्रमा मल्टिपल इफेक्ट पार्नेछ । हजारौले रोजगारहरु पाउने छन् । व्यावसायिक सवारी साधनहरु, गाइडहरु, विभिन्न पाँच तारे होटलदेखि सामान्य रेस्टुरेन्टहरु,होमस्टेहरु, पार्कहरु, चोडा सडकहरु र असंख्य पसलहरु खुल्नेछन् । यही नै अर्थतन्त्रमा पर्ने मल्टिपल प्रभाव हो । यसले पाँच नम्बर प्रदेशको लागि अनुकूल योगदान दिनेछ । यस्तो प्रभाव नेपालगञ्जमा निर्माणधीन विस्तारित एयरपोर्टले पनि दिन सक्ने छ । त्यता पनि लाखौ मान्छेहरुलाई स्वरोजगारको अवस्था आउने छ । त्यसरी नै यो प्रदेशको तराई भागमा पूर्वपश्चिम फैलन थालेको रेल मार्ग यो प्रदेशको लागि महत्वपूर्ण योजना हो । यसले पूर्व पश्चिमको यातायात र ढुवानीको लागि अनुकूलता ल्याउने छ । त्यसरी नै यस प्रदेशको दक्षिणी सीमान्त क्षेत्रमा बन्न लागेको हुलाकी राजमार्ग मधेसी समुदायको वरदान हुनेछ । मधेसी समुदायको जीवनस्तर बढाउन यो सहाय बन्ने छ ।
त्यसरी नै यो प्रदेशमा बन्न लागेको ३ वटा ठूला सहरहरुमध्ये बुटवल अहिले पनि निकै ठूलो बन्दै गरेको सहर हो । यस सहरको खानेपानी र सिंञ्चाई प्रणालीलाई व्यवस्थित गर्नको लागि गण्डकी डाइभर्सन आवश्यक छ । यसको कार्यान्वयन निरन्तर अघि बढ्ने देखिदैछ । उत्तर गंगाको पानी गण्डकीमा खसाल्ने विषयले यसलाई अरु सहज बनाउँदै छ । त्यसरी नै दाङ्गमा पनि माडी डाइभर्सन आवश्यक छ । यसलाई मुख्यमन्त्रीले चासोका साथ अगाडि बढाउन थालेको देखिन्छ । यदि यो डाइभर्सन बन्योभने दाङको भविश्य निकै सुन्दर छ । पाँच नम्बर प्रदेशको अर्को ठूलो सहर नेपालगन्ज हो । यस सहर र आसपासका जिल्लालाई भेरी ड्राइभर्सनले राम्रो गरेको देखिन्छ । यी सबै योजनाहरुबाट यो प्रदेशलाई आवश्यक पर्ने विद्युतको उत्पादन पनि हुनेछ । त्यसरी नै यस प्रदेशमा आगामी पाँच सात वर्षभित्र पूर्व पश्चिम राजमार्ग पनि ४ लेनमा बदलिने छ । लुम्बिनी बाहेकका स्वर्गद्वारी, रेसुङ्गा, तिलौराकोट, बागेश्वरी, कपिलधाम, पाणिनिजस्ता आकर्षक पर्यटकीय गन्तव्यले पनि यस प्रदेशलाई अनुकूलता दिने छ । कृषि क्षेत्रलाई आधुनीकरण गर्न सकियो भने यो प्रदेश खाद्यान्न, फलफूल, माछामासु,लगायत सबै क्षेत्रमा आत्म निर्भर हुन सक्छ । त्यसरी नै औद्योगिक केरिडारहरुले पनि लाखौलाई रोजगारी दिन सक्ने देखिन्छ । प्राकृतिक श्रोत र साधनले पनि यो प्रदेश निकै धनी छ । शिक्षा, स्वास्थ्य क्षेत्रमा पनि धेरै राम्रो प्रगति भएको छ । नेपाल संस्कृत विश्व विद्यालय र बौद्ध विश्व विद्यालयले पनि भौतिक विकासको साथसाथै आत्मिक विकासमा ठोस योगदान दिनेछन् । यसको साथै एउटा प्रविधिक विश्व विद्यालयको आवश्यकतालाई महशुुस गरिएको छ ।
यो प्रदेश भौगोलिक दृष्टिले पनि अति सुन्दर छ । पर्यटकका लागि अनुकूल छ । हिमाल पहाड र तराईको भौगोलिक विविधता छ । अनुकूल हावापानी छ । त्यसैले पनि यो प्रदेशको स्मभावना निकै राम्रो छ । प्रदेश सरकार र स्थानीय सरकारले संघसँग राम्रो समन्वयका साथ काम गर्न सकेमा परिवर्तन सम्भव छ । यो प्रदेकका सबै जनताको भाग्य सुन्दर बन्न सक्छ । त्यसैले अब पक्ष प्रतिपक्ष सामाजिक न्यायका आधारमा समृद्धिको सपना पूरा गर्नतिर लाग्नु पर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार