के हुन्छ दर्शन पाठशालामा

माधवकुमार पौडेल
प्रगतिशील लेखक संघ (प्र.ले.स.) वामपन्थी विचार राख्ने लेखक÷साहित्यकारहरुको साझा संगठन हो । प्रलेस रुपन्देहीका नव निर्वाचित कार्यसमिति अध्यक्ष हुन् दलबहादुर गुरुङ । केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने साथीहरु पनि हुनुहुन्छ रुपन्देहीमा । प्रलेस रुपन्देहीले सम्भवतः इतिहासमा नै पहिलो पटक दर्शनजस्तो गहन विषयमा कक्षा सञ्चालन गर्ने जमर्को गरेको छ । दर्शन पाठशाला हरेक महिनाको अन्तिम शनिवार २ घण्टा चल्ने छ । विद्वान अग्रजहरु खास गरेर वामपन्थी र कम्युनिष्ट विचारधाराका ज्ञाता माकर््सवादी चिन्तकहरुबाट प्रशिक्षण दिइने पाठशालाका कक्षाहरुमा । प्रशिक्षण कार्यक्रम हरेक महिनाको अन्तिम शनिवार नियमित रुपमा सञ्चालन हुनेछ । दर्शन पाठशालामा खास गरेर भौतिकवादी दर्शन र द्वन्द्वात्मक भौतिकवादका बारेमा कक्षा सञ्चालन गरिने छ ।
प्रलेस रुपन्देहीका अध्यक्ष दलबहादुर गुरुङसँगको अनौपचारिक गफगाफको क्रममा मैले यो अवधारण शेयर गरेको थिए । विषयको गम्भीरता मनन गरेर उहाँले कार्य समिति बैठकमा एजेण्डाको रुपमा दर्शनको कक्षा सञ्चालन गर्ने प्रस्ताव गरेर निर्णय भएछ । पहिलो कक्षा गत शनिबार बैशाख २८ गते जीवराज स्मृति प्रतिष्ठानमा सम्पन्न भयो । प्रशिक्षक हुनुहुन्थ्यो राष्ट्रिय जनमोर्चा आबद्ध अनुभवी राजनीतिक व्यक्तित्व दुर्गानाथ खरेल । कार्यक्रमको उद्घाटन ने.क.पा. रुपन्देही अध्यक्ष एवं बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदीले गर्नुभयो । देवेन्द्र घिमिरे, रामचन्द्र भटराई, डा. मुरारि पराजुली, ऋषि आजाद, आश्रित प्रतिष्ठानका अध्यक्ष उमाकान्त बश्याल, महासचिव कल्पना थापा लगायतका प्रलेस रुपन्देहीमा आबद्ध युवा भाइ बहिनीहरु कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । एघार बजेदेखि एक बजेसम्म २ घण्टा सञ्चालित कक्षा निकै रोचक र आकर्षक थियो ।
२ घण्टासम्म दुर्गा कमरेडले सबैलाई मन्त्रमुग्ध पार्नुभयो । निकै सरल र व्यवहारिक रह्यो प्रशिÔण । विचार र सिद्धान्तबाट टाढा भैरहेको वर्तमान नयाँ पुस्तालाई दिशा निर्देश गर्न दर्शनको आधारभूत ज्ञानको जरुरत हुन्छ । वास्तवमा दर्शनशास्त्र विषय विश्वविद्यालय तहमा अध्यापन गराइने निकै गहन र जटिल विषय हो ।
मानवसँग सम्बन्धित मन, ज्ञान, भ्रम, वास्तविकता, कारण वा अन्य यस्तै मानवजीवन जगतको विषयमा धारणाको अध्ययन गर्ने शास्त्र दर्शन शास्त्र हो । दर्शनलाई सबै विषयको मातृ विषय मानिन्छ । दर्शन जो कुनै व्यक्ति वा विशेष समूहको विचार, सोंच र मानसिकता हो । समाजमा भएका विभिन्न वस्तु, ब्रम्हाण्ड, समाजको गतिशीलता, यसको कारण, सत्य, खोज, आत्मा, चेनता, विश्वास, र स्वीकृत विषयवस्तु जान्ने बुझ्ने क्रममा दर्शनको शुरुवात भएको हो ।
प्रख्यात दार्शनिक सुकरातका अनुसार सत्यलाई माया गर्ने व्यक्ति दार्शनिक हुन् । त्यस्तै अरस्तु भन्छन् परलौकिक वस्तुहरुको वास्तविक प्रकृति पत्ता लगाउने विज्ञान दर्शन हो । त्यस्तै सिसेरोका भनाइमा दर्शन सम्पूर्ण कलाहरुको जननी र दिमागको सच्चा औÈधी हो ।
दर्शनको क्षेत्र विराट छ । धर्मशास्त्र, आत्मासँग सम्बन्धित तत्वज्ञान, ब्रम्हाण्ड विज्ञान, सृष्टि विज्ञान, कस्मोलोजी, ज्ञान मिमांसा, मूल्य सिद्धान्त जस्ता विषय दर्शनशास्त्रमा अध्ययन गरिन्छ । दर्शन शास्त्रले मुख्यतः व्याख्यात्मक, अनुमानित कार्य, आदेशात्मक कार्य र विश्लेषणात्मक कार्य गर्दछ ।
दर्शन भनेको जीवन र जगतलाई हेर्ने, बुझने र व्याख्या गर्ने दृष्टिकोण हो । प्रकृति र मानव समाजको भित्री आँखा हो । यही आँखाले हरेक वस्तुलाई हेर्ने, जान्ने, बुझ्ने र सोही अनुरुप आफ्नो धारण र जीवन व्यवहार निर्धारण गर्दछ । माक्र्सका शब्दमा हरेक साँचो दर्शन आफ्नो समयको बौद्धिक सारतत्व र संस्कृतिको जीवन्त आत्मा हो । अहिलेसम्म माक्र्सको समाजवादी र साम्यवादी दर्शनभन्दा उन्नत र आधुनिक दर्शन अरु कुनै दर्शन नभएको वैज्ञानिक यथार्थतालाई कसैले वैज्ञानिक र तथ्यगतरुपमा नकार्न सकेको इतिहास छैन । त्यसकारण समाजवाद र साम्यवाद नै अहिलेको सबैभन्दा आधुनिक दर्शन हो ।
दर्शन शब्दको पहिलोपटक प्रयोग पाइथागोरसले गरेका हुन् । आदर्शवादी दर्शनको जन्मदाता भने प्लेटो हुन् । मानव दर्शनको शुरुवात करिब ३ हजार वर्ष पहिले युनानबाट भएको हो ।
दर्शन किन ?
मानिसलाई साँचो कुरा बुझन, सही दृष्टिकोण वा धारणा निर्माण गर्न, मानव समाज रुपान्तरणको लागि मार्गदर्शन गर्न, चिन्तनका आम नियमहरु लागू गर्न, पदार्थ र चेतनाको अन्तरसम्बन्धको अध्ययन गर्न समाजको वास्तविकता बोध गर्न दर्शनको महत्वपूर्ण भूमिका रहेको छ । सर्वहारा वर्गीय दर्शनले संसारलाई बुझ्न, व्याख्या गर्न र बदल्न सम्भव बनाएको छ ।
दर्शन शास्त्रको प्रभाव मानव जीवनमा बहुआयामिक हुन्छ । दर्शनले मानिसलाई जीवन मूल्यप्रति चिन्तन गर्ने प्रेरणा दिन्छ । व्यक्तिगत जीवनको वैयक्तिक एवं सार्वजनिक चिन्तनमा मूल्यको विकास गराउँछ । यही मूल्य प्रतिमान कालान्तरमा संस्कारको रुपमा परिवर्तित हुन्छ । जसले गर्दा सामाजिक र व्यक्तिगत जीवनमा सरलता आउछ ।
दर्शन अर्थात मानव र जगतप्रतिको मानिसको चिन्तनले उसलाई पशुवत श्रेणीभन्दा माथि राख्दछ । मनुष्य भन्न योग्य बनाउँछ । समस्याप्रति गहन विचार गर्ने Ôमता जागृत गराउँछ, जुन समस्या समाधान गर्न सहायक हुन्छ । विश्वमा भएका सबै आर्थिक सामाजिक राजनीतिक क्रान्तिहरु दार्शनिक चिन्तनका परिणाम हुन् ।
व्यक्ति—दृष्टिकोण — विश्व एवम् जीवन — नवीन दृष्टकोण — क्रान्ति — संघर्ष र विकास यही नै छोटकरीमा दर्शनशास्त्र हो ।
जो व्यक्ति ज्ञान प्राप्त गर्दै नयाँ नयाँ कुरा जान्न उत्सुक हुन्छ र जो ज्ञानको खोजीबाट कहिल्यै सन्तुष्ट हुँदैन उसैलाई दार्शनिक भनिन्छ । व्यापक रुपमा÷अर्थमा भन्नु पर्दा दार्शनिकको कुनै भिन्न वर्ग हँुदैन । सबै व्यक्तिहरु दार्शनिक हुन सक्छन् जसले कुनै न कुनै रुपमा सत्यको खोजी गरिरहन्छन् ।
त्यसैले सोफेन हावर भन्छन्—‘संसारका प्रत्येक व्यक्ति जन्मजात दार्शनिक हुन् ।’ बिना दर्शन जीवन व्यतीत गर्न असम्भव छ । त्यसर्थ हरेक महिनाको अन्तिम शनिबार आश्रित प्रतिष्ठान जाऔं । दर्शन पाठशालामा सहभागी बनांै । ज्ञान सिकांै । ज्ञान बांडौं । अन्धभक्तता र भेडो प्रवृति त्यागौं । समाजिक सञ्जालमा उपलब्ध सीमित सूचना र जानकारीका आधारमा धारणा नबनाऔं । अन्धभक्त नबनौं । हनुमान गिरी त्यागौं ।
दर्शनशास्त्रको स्वरुपः
१) ज्ञान मिमांसा अर्थात ज्ञानको विज्ञान ( दर्शनशास्त्रको प्रारम्भ)
२) तत्व मिमांसा
३) ईश्वर र
४) नीति
दर्शन र विज्ञानमा समानता छ । १) वस्तु, जगत, २) तार्किक विश्लेषण, ३) मानव कल्याण र ४) निश्चित प्रविधि
दर्शन पाठशाला प्रगतिशील लेखक सङ्घ नेपाल, रुपन्देही र जीवराज आश्रित स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन गरिएको हो ।
पहिलो सत्रको प्रशिÔणमा मुख्य प्रशिÔक दुर्गानाथ खरेलद्वारा प्रस्तुत विचारको शारांस यस प्रकार छ ।
१) दर्शन शब्द ४ भाषामा प्रचलित छ । ती हुन् नेपाली, हिन्दी, अंग्रेजी र संस्कृत । संस्कृतको दृश धातुबाट आएको शब्द हो दर्शन ।
२) यसले प्रकृति, मानव समाज, विचार र ज्ञानको अध्ययन गर्दछ ।
३) दर्शनले चालक नियमको अध्ययन गराएर प्रकृति, मानव समाज र चिन्तनका बारेमा सही दृष्टिकोण निर्माण गराउँछ ।
४) सबै दार्शनिक समस्याहरु पदार्थ र चेतना बीचको तथा चिन्तन र सत्य बीचको सम्बन्धसँग जोडिएका हुन्छन ।
५) दर्शनको सम्पूर्ण चरित्र सैद्धान्तिक हुन्छ । दर्शन कलाको गुरु र कला दर्शनको सेवक हुन्छन ।
६) ३ हजार वर्ष पहिले दास युगमा भएको दर्शनको उत्पत्तिले सम्पूर्ण ज्ञानलाई समेटेर प्रकृति र मानव ज्ञानलाई एकताबद्ध गरेको थियो ।
७) सामाजिक उत्पादनको विकास, वर्ग संघर्षको विकास र वैज्ञानिक खोजहरुको विकासको पृष्ठभूमिमा विरोधी दर्शनको भूमिका बढ्दै गयो ।
८) दर्शनको आधारभूत प्रश्न ः
१) भैतिक पदार्थसँग चेतनाको सम्बन्ध
२) जन्म र पुनर्जन्म तथा परलोकको प्रश्न
३) संसारलाई जान्न बुझ्न सकिन्छ कि सकिन्न भन्ने ३ प्रश्न नै हुन् ।
९) विरोधी दर्शनका कारणहरु र श्रोतहरु सामाजिक वर्ग र ज्ञानशास्त्रीय वर्गमा विभाजित हुन्छन् ।
१०) सिद्धान्त र तर्कशास्त्र दुबैले स्तर माथि बनाइ दिन्छन् । दर्शनमा सत्ताको विज्ञान, ज्ञानको सिद्धान्त र तर्कशास्त्र ३ वटै पक्ष समावेश हुन्छन् ।
११) माक्र्सवादी लेनिनवादी दर्शन विपन्न वर्गीय दर्शन हो । यसले सर्वहारा वर्ग र अरु श्रमिक जनताको हितलाई अभिव्यक्त र पक्षपोषण गर्दछ ।
१२) यो दर्शन माक्र्सवादी लेनिनवादी श्रमिक जनताको वैज्ञानिक विश्वदृष्टिकोण निर्माणसँगै क्रान्तिकारी द्वन्द्ववादको आधारमा जीवनको कदमसँगै वर्ग संघर्षको व्यवहारसँगै र समाजवाद साम्यवादको निर्माणसँगै विकसित हुन्छ ।
लेखक ः प्रगतिशील लेखक संघका सदस्य हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार