दर्शन पाठशाला र प्रगतिशील आन्दोलन

बुटवलमा प्रगतिशील लेखक संघले परिवर्तित परिवेशमा प्रगतिशील आन्दोलनलाई नयाँ शिराबाट संगठित गर्न थालेको छ । त्यसको लागि उनीहरुले हरेक महिनाको अन्तिम शनिबार जीवराज आश्रित स्मृति प्रतिष्ठानसँग मिलेर ‘दर्शन पाठशाला’मा अध्ययन अनुसन्धान शुरु गर्न थालेका छन् । यसको लागि उनीहरुले अर्को कार्यक्रमको लागि आज नै प्रशिक्षक तोक्ने र त्यसै अनुसार तयारी गरी आउने पद्धति बसाल्नु पर्छ । यसले सबैलाई गहनातातिर लैजान मद्दत गर्छ । स्रष्टाहरुले प्रगतिशील आन्दोलनलाई कमसेकम यो प्रदेशभित्रका विज्ञहरुलाई निमन्त्रणा गरी प्रक्षिणमूलक कार्यक्रमहरु सञ्चालन गर्न थालेका छन् । यो खुसीको कुरा हो । जनताको अभिमतबाट दुई हिताई बहुमत लिएर सत्तामा पुगेका माक्र्सवादीहरुलाई साहित्य, कला र संस्कृतिको माध्यमबाट कसरी वर्गीय मोह पैदा गरी समृद्धि र सामाजिक न्यायमा सहयोग पु¥याउन सकिन्छ भन्ने विषयमा बहस केन्द्रित हुनु पर्छ ।अहिलेको दलबहादुर गुरुङ्गको नेतृत्वमा रहेको जिल्ला कमिटी रुपन्देहीलाई यो काममा सफला मिलोस् ।
अहिले स्रष्टा प्रधान समय हो । विचारहरुको खडेरी परिरहेको र नेताहरुको दिमाग अधिक सयलको कारण भुत्ते हुन थालेको समयमा स्रष्टाहरु उघ्रेर अघि आउनु पर्छ । स्रष्टाहरुले राजनीतिक नेतृत्वलाई दिशा निर्देश मात्र हैन, कतिपय मामिलामा दबाबमूलक रुपमा ट्रयाकमा ल्याउनु संघर्ष गर्नुपर्छ । साहित्य, कला र संस्कृतिको माध्यमबाट जनजीविका, राष्ट्रयता र लोकतन्त्रको लागि प्रगतिशील स्रष्टाहरुले सत्तालाई निर्देशन गर्नुपर्ने बेला आएको छ । किनकि सत्तामा पुगेकाहले आफ्नो सुरक्षा र स्वार्थका आधारमा माक्र्सवादको व्याख्या विश्लेषण गर्ने र सत्तामा रमाई रहने त्रास बढेको छ ।
वास्तवमा नेपालमा सिर्जनशील माक्र्सवादको नाममा माक्र्सवादका आधारभूत मूल्य र मान्यतालाई पूरै त्यागी दक्षिणपन्थी हुने र माक्र्सवादको शास्त्रीय परम्परामा टेकेर रुढि माक्र्सवादको गीत गाउनेहरुबाट माक्र्सवाद बिग्रिएको छ । अहिले सत्ता, पद, प्रतिष्ठा र पैसालाई महत्व दिएर सत्तामा हाम फाल्नेहरुले आफ्नो स्वार्थ अनुकूल माक्र्सवादको व्याख्या र विश्लेषण गरिरहेका छन् । नेकपा त्यही स्वार्थको फन्दामा फसिसकेको छ । त्यसले सर्वहारावर्गीय नीति तथा कार्यक्रम पारित गर्न र सर्वहाराको नाम लिनसम्म पनि सक्दैनन् । नेकपा सत्तामा मात्र गएको छैन, सत्तामा पुगेरै माक्र्सवाद लेनिनवादको नाम जप्दै माक्र्सवादलाई नै विघटनतिर लैजाने जमर्को गरिरहेको छ । यो बीचमा हाम्रा प्रगतिशील स्रष्टाहरु एक भएर लाग्नु पर्छ । गलत दिशातिर लागिरहेको दुबै खालको अतिवादलाई सन्तुलनको ट्रयाकमा ल्याई नेपालीय माक्र्सवाद बनाउन बहस गर्नु आवश्यक छ ।
प्रगतिशील लेखक संघका दर्शन, सिद्धान्त,नीति तथा कार्यक्रमहरुमा अन्यौलता छ । नेताहरु पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएको दाबी गर्छन् । उनीहरुले अब दलाल उत्पादन प्रणालीलाई अन्त्य गरी प्रगतिशील उत्पादन प्रणालीका आधारमा पर्याप्त मात्रामा राष्ट्रिय पूँजी निर्माण गरी समाजवादमा जाने भन्ने दृष्टिकोण राख्छन् । प्रगतिशील साहित्यकारहरु अलमलमा छन् । उनीहरुलाई कहाँनेर टेक्ने हो थाहा छैन । प्रगतिशील स्रष्टाहरु र राजनीतिक नीति निर्माताहरु बीचमा तादात्म्य देखिएको छैन । समृद्धि र सामाजिक न्यायको विषयमा ब्यानर बन्न सकेको छैन । अर्कोतिर नेताहरुसँग युद्धकालीन मनोविज्ञान र तदनुसारको संगठन प्रणाली छ । यसले उनीहरुलाई गन्तव्यमा पुग्न दिदैन ।
विगत साठी वर्षदेखिको लामो लडाईले राजाको हातमा रहेको सम्प्रभूता खोसेर जनताको हातमा ल्याएको छ । राज्यसत्ताको वागडोर जनताको हातमा आएको छ । अबका दिनहरुमा जनवादी संप्रभूता बलियो बनाउँदै लोकतान्त्रिक अभ्यासको माध्यमबाट समाजवादमा जान सकिने बताउँदैछन् । केन्द्रीकृत निर्देशनका कारण स्रष्टाहरुको दिमाग पार्टीहरुको उपनिवेश जस्तो भएको छ । त्यस्तो औपनिवेशिक दिमागले सिर्जना ओकल्न सक्दैनन् । स्रष्टाहरुलाई उनीहरुले कठपुतली बनाएका छन् ।
लेनिनवादी संगठनात्मक ढाँचा केन्द्रीकृत प्रकृतिको छ । त्यो अधीनस्थमा आधारित युद्धकालीन संगठनात्मक पद्धति हो । यो पद्धतिलाई फेर्नुपर्छ । राज्य लोकतान्त्रिक भए पनि संगठनात्मक पद्धतिमा युद्धकालीन पद्धति हावी रहेको छ । अहिले पनि संगठनात्मक पद्धतिमा मनोनित प्रथा कायम छ । यो अति नियन्त्रितमा देखिन्छ । यसलाई लेनिनवादी संगठनात्मक पद्धति नै नामकरण गरी विकेन्द्रित बनाउनु जरुरी छ । यस संगठनले मातहतवादी अथवा अधीनस्थवादी पद्धति बदलेर निर्वाचनको माध्यमबाट स्थानीयतिरबाट निवाचित हुँदै केन्द्रतिर जाने पद्धति बनाउनु जरुरी छ । माथि भनिएकाहरु जवापदेही र जिम्मेवार हुनेगरी संगठनात्मक प्रणाली फेर्नुपर्छ । किन कि यो युद्धकालीन चरण हैन ।
युद्धकालीन प्रकृतिका संगठनहरु चेन अफ कमाण्डका आधारमा बनेका छन् । त्यो युद्धकालीन केन्द्रीकृत पद्धतिलाई अन्त्य गरी जनवाद अनुरुपको खुल्ला र स्वतन्त्र बनाउनु पर्छ । राज्यमा मतदातालाई सम्प्रभू बनाएजस्तै पार्टीमा पार्टी सदस्यलाई सम्प्रभू बनाउनु पर्छ । पार्टी सदस्यहरुको नियन्त्रण, निगरानी र नियन्त्रणलाई बलियो बनाउने गरी पार्टी संगठन चुस्त दरुस्त बनाउनु पर्छ । युद्धकालमा केन्द्रीकरण पहिलो हुन्छ भने जनवादी कालमा गौण हुन्छ । जनवादी कालमा जनवाद पहिलो हुन्छ भने केन्द्रीकरण गौण हुन्छ । अर्थात जनावादी केन्द्रीतालाई व्यवस्थित रुपमा प्रयोग गरिन्छ ।
हामीले साठी वर्षदेखिको बलिदानीपूर्ण भावनाका साथ लडेर राजाको हातमा रहेको सम्प्रभूता खोसेर जनताका हातमा ल्याएका छौं । संप्रभूता जनताको शक्तिशाली अश्त्र हो । यसलाई कसैले पनि खोस्न र आफ्नो बनाउन हुँदैन । बरु आवधिक निर्वाचनको माध्यमबाट ५ वर्षको लागि यो नासो जनताले कानुन अनुसार प्रयोग गर्न कार्यकारी प्रमुख र उनको मातहतलाई दिन्छन् । उनीहरुले जनताको नासोलाई मेरो भन्न पाउँदैनन् । यो लोकतन्त्रको सर्वमान्य सिद्धान्त हो तर यो विषयमा कुनै पनि प्रगतिशील स्रष्टाहरुले विरोध गरेको पाइएन । राष्ट्रपतिको वक्तव्यलाई नेताको निर्देशन पालन गरेझै खुरुखुरु पालन गरेको देखियो । यो अत्यन्त दुःखलाग्दो विषय हो ।
पार्टी प्रणाली डाई हो । केन्द्रीकृत प्रणालीले केन्द्रीकृत दिमाग बनाउँछ भने विकेन्द्रीकृत प्रणालीले विकेन्द्रीत दिमाग निर्माण गर्छ । केन्द्रीकृत पार्टी भएका कारण अहिले कार्यकर्ता रैतीजस्ता भएका छन् । पार्टीहरु मौजा जस्ता छन् । नेताहरु जमिन्दारजस्ता भएका छन् । पार्टीमा जनवादी संस्कृति बनेको छैन । त्यहाँ लालफिताशाही संस्कृति हावी छ । प्रगतिशील भन्नेहरुका कार्यक्रमहरु अत्यन्त औपचारिक बनिरहेका छन् । पोर्टफोलियो लागू गर्ने, मान्छेलाई माथि र तलको ठान्ने, प्रमुख अतिथि, विशिष्ठ अतिथि, सामान्य अतिथि बनाएर वर्ग विभाजन गर्ने,कार्यकर्ताहरुलाई निर्देशन पालन गर्न आएका रैतीजस्तो ठान्ने सामान्ती चलनमा आधारित विकृति छ । लेखकहरु बीच प्रमुख अतिथिमा होडबाजी छ । प्रमुख अतिथि नपाए कार्यक्रम नै बहिष्कार गर्छन् । यो सामन्ती हैसियतवादी संस्कृति हटाउन सकिएको छैन । तथापि केही नभएकोचाहिं अवश्य हैन ।
प्रगतिशीलहरु भाषणमा मात्र देखिन्छन् । व्यवहारहरु दलालमुखी छन् । भ्रष्टाचारीहरुको बिगबिगी छ । प्रगतिशीलहरु नै भ्रष्ट छन् । उनीहरु कमिशनमा चल्छन् । तिनीहरुको काम माथिका भनिएकाहरुलाई रिझाउनु र कहीं न कहीं नियुक्त भई आफनो अभीष्ट पूरा गर्नु हो । पार्टीहरु आदर्शमा भन्दा पनि स्वार्थ समूहमा बदलिएका छन् । संस्कृतिक रुपान्तरण गलत दिशातिर गएको छ । यसमा प्रगतिशील आन्दोलनका केही वाहकहरुको प्रवृत्तिबाट नै बिग्रिएको छ । यस्तो प्रवृतिलाई जाँच गरी सन्तुलनमा ल्याउनका लागि केही न केही काम गर्नुपर्छ । यो दर्शन पाठशालाले केही गर्नुपर्छ ।
यो जनवादी अथवा लोकतान्त्रिक चरण हो । यस चरणमा युद्धकालीन मनोविज्ञान र त्यस चरणका मूल्य मान्यताहरु उपयोगी हुँदैनन् । यो चरणमा स्वतन्त्रता प्रधान हुन्छ । अहिले पनि पार्टीभित्र वाक स्वतन्त्रता छैन । पार्टीहरु वैचारिक रुपमा मृतप्रायः देखिन्छन् । परिवर्तित परिस्थितिमा उनका विचारहरु काम लाग्ने देखिदैनन् । नयाँ नयाँ विचारहरु उत्पादन गर्ने र तिनलाई मान्यता दिने चलन छैन । उनीहरुले प्रगतिशील लेखक संघमा आफ्ना विचारहरु राखेर यसलाई सही दिशामा लैजाने सामथ्र्य राख्दैनन् । पञ्चायती सत्तालाई समाप्त पारी लोकतन्त्र ल्याउने भन्दै उपयोगको राजनीतिले आज उनीहरुलाई सत्ता बिना बाँच्नै नसकिने बनाएको छ । उनीहरुले आफ्नो रुचि र चाहना अनुसार माक्र्सवादको व्याख्या गर्न थालिसकेका छन्् । यो डरलाग्दो अवस्था हो । सन्तुलित माक्र्सवादको मापदण्ड बनेको मदन भण्डारीका बहुलीय जनवादको दस्ताबेजहरुलाई नजर अन्दाज गरी स्वतन्त्र तालले चल्न चलाउन थालेका छन् । उनीहरुको गन्तव्यसँग मन्तव्य मिल्दैन ।
अहिले हामीले क्रान्ति र परिवर्तनका कुरा गरिरहेका छैनौं । क्रान्तिको माध्यमबाट परिवर्तन आइसकेको छ । तर हाम्रो जीवनमा मूर्त रुपमा देख्न सकिएको छैन । अहिले सत्ता विप्लवको नारा प्रमुख हैन । अहिले समृद्धि र सामाजिक न्यायका नारा प्रमुख हुन् । समृद्धिको लागि उत्साह भर्ने गीत कविताको आवश्यक छ । त्यसरी नै समाज वर्गीय भएको हुनाले शोषण, उत्पीडन र अपमान विरुद्ध सामाजिक न्याय आवश्यक छ । प्रगतिशील आन्दोलनमा रहेकाहरुले ‘समृद्धि र सामाजिक न्याय’का लागि काम गर्नुपर्छ । दर्शनको आधारमा सिद्धान्त निरुपण गर्ने र सिद्धान्त अनुसार व्यवहार गर्ने काम पहिलो हो । छट्टु र अवसरवादी लेखकहरुले यस्ता कुराहरुले महत्व दिदैनन् । प्रगतिशील आन्दोलनलाई पूरै विघटन गरी आफ्नो सुरक्षा र स्वार्थ अनुसारको माक्र्सवाद बनाउन होडबाजी चल्दैछ । यसबाट नेपालीय माक्र्सवादलाई जोगाउन सक्नुपर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार