स्व. जमुना देबि स्मृती ब्याडमिन्टनमा राना र घिमिरे सिद्धार्थनगर च्याम्पियन

भैरहवा । स्व. जमुना देबि थापा मगर स्मृती सिद्धार्थनगर स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि कृष्ण राना र दिपक घिमिरेको जोडिले जितेका छन् ।

भैरहवा स्थित ब्याडमिन्टन कभर्डहलमा सम्पन्न खेलमा राना र घिमिरेको जोडिले फाईनलमा रुपेश झा र बाबुराम पौडेललाई २–० सेटले पराजित गरी नगर च्याम्पियन बनेका हुन् । झा र पौडेल उपबिजेता भए ।

भैरहवा ब्याडमिन्टन क्लबका बरिष्ठ उपाध्यक्ष राम थापाको स्वं आमा जमुना देबि थापाको स्मृतीमा सम्पन्न खेलमा नगरका ३६ खेलाडी सहभागि थिए । डबल्स तर्फ खेल भएको थियो ।

खेलका बिजेता तथा उप बिजेता हरुलाई भैरहवा ब्याडमिन्टन क्लबका उपाध्यक्ष महेन्द्र कुमार श्रेष्ठ, कोषाध्यक्ष गणेश क्षेत्री, सल्लाहकार हरिचन्द्र श्रेष्ठ, खेल संयोजक देबराज न्यौपानेले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेको सह सचिब दिपेन्द्र मान श्रेष्ठले जनाए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार