डडेलोबाट बचौं बचाऔं

गृष्मकालीन चरणमा बढ्दो गर्मीका साथ डडेले समस्या भयानक रुपमा देखा पर्न थालेको छ । महाभारत र चुरे पर्वत शृङ्खलामा रहेका विशाल वनहरुमा दिनहुँ आगलागी भइरहेको छ । अहिले भूउपग्रहबाट नेपाली वन हेर्ने हो भने अत्यधिक डडेलो लागेको र आकाशमा धूवैधूवा देखिन्छ । नेपाली आकासमा धूवाको बाक्लो सतहले ढाक्न थालेको छ । यो पूरै कार्बनडाइअक्साइड भएको हुँदा यसले अत्यधिक गर्मी बढाएको छ । गर्मीका कारण जनजीवन प्रभावित भएको छ । आगलागीका कारण नेपाली आकाश ज्यादै प्रदुषित बनेको छ । यसले मानिसमा विभिन्न प्रकारका रोगहरु निस्कन थालेका छन् ।
यो पटक अन्य वर्षको तुलनामा ज्यादा गर्मी छ । तराईका सीमान्त गाउँ बजार र सहरहरुमा जनजीवन कष्टकर हुन थालेको छ । यो प्राकृतिक समस्या भएको हुँदा यसलाई क मगर्न गाह्रो छ । तर विगतमा भन्दा ज्यादा आगलागी भए पनि यो पटक स्थानीय सरकार ज्यादा सक्रिय भएको छ । त्यसरी नै सामाुदायिक वनमा आगलागी हुँदा वन समितिहरु र वन उपभोक्ताहरुमा ठाउँ ठाउँमा आगलागी रोक्न प्रयाशहरु भइरहेका छन् । तर पनि असाध्य गर्मीका कारण डडेलोबाट बच्न र बचाउन सकिएको छैन ।
आगलागीबाट भएको प्रभाव न्यूनीकरण गर्नको लागि ठूला ठूला वनहरुमा फायरलाईन बनाउने, वर्षाको पानी संकलन गर्नको लागि ठाउँ ठाउँमा पोखरीहरु खन्ने जस्ता कामहरु हुनु पर्छ । पोखरीको पानीबाट हरियो रहने र आगलागी कम हुने हुन्छ । आम जनताहरुमा वातावरणीय प्रभावको विषयमा सचेतनता जगाउने गर्नु पर्छ । जङ्गलको वृद्धिको साथमा वन्यजन्तुहरु बढ्न थालेको हुँदा तिनीहरुको लागि सुरक्षित वासस्थान, खानेपानीको बन्दोबस्त मिलाउनु पर्छ । चोरी शिकारीबाट जोगाउन जनचेतना जगाउनु पर्छ । कानुनहरु बनाएर वनमा अपराध गर्नेहरुलाई कारवाही चलाउने गर्नुपर्छ । आगलागीका कारण वन्यजन्तुमा पर्ने प्रतिकूल प्रभावको विषयमा सबै जनताहरुमा चेतना फैलाउनु पर्छ । यसबाट जैविक तथा वानस्पतिक विविधता जोगाउन र वातावरणीय स्वच्छता राख्न सकिन्छ ।
अहिले अत्यधिक गर्मी छ । त्यो गर्मीबाट बच्न हामीहरु शीतल स्थानमा बस्ने, प्रशस्त पानी प्युने, घाममा नहिड्ने, ज्यादा परिश्रम नगर्ने गर्नुपर्छ । विशेषतः ग्रमीण क्षेत्रमा किसानहरुलाई कष्टकर काम गनुपर्ने हुनाले गर्मीको समयमा बच्नको लागि ख्याल गर्नुपर्छ । अत्यधिक गर्मी भएको हुनाले विद्यालयले पनि विद्यार्थीहरुलाई अवस्था हेरी बन्दसम्म गर्नुपर्छ । बालबच्चाहरुमा पर्ने समस्याको विषयमा अभिभावक सचेत हुनु पर्छ ।
नेपालमा अत्यधिक गर्मी हुने ठाउँ तराई हो । तराईमा ठूला ठूला वन जङ्गल नभएको हुनाले गृष्म ऋतुमा हुने स्वभाविक गर्मी हुन्छ । पहाडमा आगलागीको कारण गर्मी थपिएको छ । यही भौगोलिक तथा वातावरणीय विविधतालाई हेरी सरकारले अग्नि नियन्त्रणको लागि रणनीति बनाउनु पर्छ । ठाउँ ठाउँमा वारुण यन्त्र पु¥याउने, वाटर हेलीकप्टरको प्रयोग गर्ने काम पनि हुनु पर्छ । राज्यले चाहेमा यो सब काम गर्न सक्छ । तर संकल्पको अभाव छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार