समाजसेवीद्वारा बिद्यालयलाई सहयोग

बुटवल ।बुटवल कालिकानगरका बरिष्ठ समाजसवी शेर बहादुर गुरुङ्गले आफ्नो पुर्खैली क्षेत्रका २ बिद्यालयमा सहयोग प्रदान गरेका छन् ।

महाशीला गाउँपालिका ६ मणिगाउँ दाद्रा पर्वतमा रहेका २ बिद्यालयहरुलाई समाजसेवी गुरुङ्गले नगद तथा जग्गा दान गरेका छन् ।

उनले महाहिला गाउँपालिका ६ फलामखानी, डाडाकटेरी पर्वत गण्डकी प्रदेशमा रहेको मदन आश्रीत बिद्यालय र सोही क्षेत्रकै फलामखानी आधारभुत बिद्यालयलाई नगद तथा जग्जा सहयोग गरेका हुन् ।

उनले मदन आश्रीत बिद्यालयलाई बिद्यालयको शैक्षिक उन्नती, प्रगति तथा आर्थिक र भौतिक बिकासको लागि १ लाख ६८ हजार नगद तथा १४ रोपनी जग्गा प्रदान गरेका छन् भने फलामखानी आधारभुत बिद्यालयलाई १ लाख ६० हजार रुपैयाँ तथा दश रोपनी जग्गा प्रदान गरेका हुन् ।

९१ वर्षिय गुरुङ्गका २९ वटा धार्मिक। सामाजिक तथा राजनितिक प्रकृतिका पुस्तकहरु प्रकाशनमा ल्याएका छन् । गुरुङ्गका ५ छोरा,४ छोरी तथा ५ बुहारीहरु रहेका छन् । गुरुङ्ग २००७ देखि निरन्तर रुपमा समाजसेवामा लागिरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार