बेलहिया माबिको करोडौको जग्गा अर्कैको नाममा पास

भैरहवा । सिद्धार्थनगर नगर पालिका वडा नम्बर १ बेलहिया स्थित सामुदायिक स्कुल वेलहिया माध्यमिक विद्यालय’को करोडौ पर्ने १२ कट्ठा १५ धुर जमिन भुमाफियाहरुको मिलोमतोमा अर्कैको नाममा रजिष्ट्रेशन पास भएको छ । २०२९ सालमा स्थापित उक्त बिद्यालयले बिभिन्न दाताको सहयोगमा खरिद गरेको बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष सुरेन्द्र क्षेत्रीले बताए ।
करिव २३ वर्ष अघि २०५३ साल जेष्ठ ४ गते सि.न.न.पा. वडा नं. १ निवासी वर्ष ५३ की श्यामदेई निशा मुसलमानबाट भोग–चलन भई आएको सि.न.पा. वडा नं. १, एक ‘ङ’ को कित्ता नं. ३१०, ३११ को कुल क्षेत्रफल ०–१२–१५ (वाहृ कठ्ठा पन्ध्र धुर) विद्यालय छेउको जग्गा विद्यालयले स्थानिय दाताहरुको सहयोगमा खरिद गरेको प्रमाण हामी संग छ, सो जग्गा नेपाल सरकारको छुट कित्ता भएकोले विद्यालयको नाउँमा दर्ता गर्न सिद्धार्थनगर नगरपालिका, नापी कार्यालय, मालपोत कार्यालय लगायतमा बिभिन्न मितिमा निबेदन दिई सर्जमिन मुचुल्का समेत भएको तर गोश्वारा नापीको प्रतिक्षामा रहेको क्रममा पछिल्लो समय बिद्यालयको नाममा दर्ता प्रकृया अघि बढाउन खोज्दा उक्त जग्गा अर्कैको नाममा रजिष्ट्रेशन पास भएको पाईएको क्षेत्रीले बताए ।
बिद्यालयले यस अघि उक्त जग्गा आफनो नाममा दर्ता गर्न पहिलो सिफारिश (च.नं. ७५४, मिति २०५३÷०५÷१४ को पत्र), सि.न.न.पा. वडा नं. १ को सर्जमिन मुचुल्का (च.नं. ७७, मिति २०६०÷०६÷११ को पत्र), नापी शाखा, रुपन्देहीको फिल्ड बुक उतार (मिति २०६०÷०५÷२९ र मिति २०५४÷०९÷२९ को पत्र), मालपोत कार्यालय, रुपन्देहीको स्थलगत निरिक्षण प्रतिवेदन (च.नं. ८९६५, मिति २०६१÷०१÷२१) तथा नापी कार्यालय, रुपन्देहीको स्थलगत निरिक्षण प्रतिवेदन (च.नं. १६१३, मिति २०६१÷०२÷२७ को पत्र), सिद्धार्थनगर नगरपालिकाको दोस्रो सिफारिश (च.नं. १६६५, मिति २०६०÷०६÷१३ को पत्र) लगायतका कागजातहरु सम्बन्धित कार्यालयमा पेश गरेको थियो ।
पछिल्लो समयमा ‘वेलहिया–वसन्तपुर वाइपास सडक’ विस्तारको क्रममा सोही जग्गा मध्ये एघार धुर जग्गा सडकमा पर्न गई हाल आएर कित्ता नं. ३११ को क्षेत्रफल ०–१२–०४ (वाहृ कठ्ठा चार धुर) जग्गा वाँकी रहन गएकोे र नयाँ गौश्वरा नापीको प्रतिक्षामा लामो समय वित्न गएपछि विद्यालयको नाउँमा दर्ता प्रक्रिया अघि बढाउन खोज्दा सो जग्गा २०७० साल चैत्र ६ गते अर्कैको नाममा पास भएको पाईएको हो । उक्त मितिमा सिनपा वडा नं. ९ वस्ने विजय कुमार जैसवाल र गंगोत्री देवि जैसवालबाट हाल सि.न.न.पा. वडा नं. ३ वस्ने श्रीमती ज्ञानीश्वरी श्रेष्ठको नाउँमा रजिष्टे«शन पास भएको देखिएको छ ।
२०५३ सालबाट विद्यालयले भोग–चलन गर्दै आई रहेको र सोही जग्गा २०६९ साल फागुन २० गतेबाट पहिला श्री शर्मा एण्ड कम्पनी प्रा.लि. हाल आएर सुरेश प्रसाद कलवारलाई भाडामा दिइएको र हाल पनि बिद्यालयलेनै मासिक भाडा बुझदै आएको बिद्यालय ब्यबस्थापन समितीका पुर्ब अध्यक्ष बिष्णु प्रसाद शर्माले बताए ।
जग्गा अर्कैको नाममा पास भैसकेको घटना जानकारीमा आइसकेपछि उक्त जग्गा रोक्काका लागि सि.न.न.पा. वडा नं. १ को पत्र (च.नं. ७६९, मिति २०७५÷१२÷१७) तथा जिल्ला प्रशासन कार्यालयको पत्र (च.नं. ७९३९, मिति २०७५÷१२÷१७) मार्पmत रोक्का रहेको छ । व्यक्तिगत खोज तलास र अनुसन्धानको क्रममा सि.न.न.पा. वडा नं. ९ मा विजय कुमार जैसवाल र गंगोत्री देवि जैसवालको वसाईको कुनै पनि प्रमाण तथा जान पहिचान नभेटिएको, सि.न.न.पा. वडा नं. १ को पत्र (च.नं. ७८०, मिति २०७५÷१२÷२०) मार्पmत मालपोत कार्यालयमा व्यक्तिको नाममा दर्ता तथा नामसारी भएको सम्पुर्ण कागजातको नक्कल माग गर्दा जिल्ला मालपोत कार्यालयको पत्र (च.नं. १४०९८, मिति २०७६÷०१÷१३) अनुसार माथिको व्यक्तिको नाउँमा उक्त कित्ता प्रमाणित तथा मिसिल दर्ता समेत नरहेको जनाएको स्थानियबासि देबराज न्यौपानेले बताए ।
बिद्यालयको जग्गा अर्कैको नाममा नामसारी भए पछि भुमाफियाको ठुलो गिरोह संलग्न रहेको खुलेको छ । उक्त जग्गा विना सम्बन्धित वडा कार्यालयको सिफारिश, चारकिल्ला प्रमाणित, स्थलगत सर्जमिन विना नाटकीय रुपमा कसरी व्यक्तिको नाउँमा दर्ता हुन पुग्यो ?सबैको प्रश्न छ । वडा नं. ९ वस्ने भनिएको तर नदेखिएको, नभेटिएको पात्र विजय कुमार जैसवाल र गंगोत्री देवि जैसवाल भन्ने व्यक्ति को हुन् ? यिनीहरु वास्तवमा नेपाली नागरिक हो कि होइनन् ? नेपालमा नै स्थायी रुपमा वसोवास गर्छन् की गर्दैनन् ? यी सम्पुर्ण प्रकरणमा कुन–कुन भुमाफियाहरुको संलग्नता रहेको थियो ? यदि आज मालपोत कार्यालयले उक्त कित्ता प्रमाणित तथा मिसिल दर्ता समेत नरहेको जवाफ दिन्छ भने विना आधार कसरी व्यक्तिको नाउँमा दर्ता तथा श्री ज्ञानीश्वरी श्रेष्ठको नाउँमा रजिष्टे«शन पास भयो ? यसमा कुन लेखनदास तथा कुन–कुन कर्मचारीको संलग्नता रह्यो, ती सम्पुर्ण व्यक्तिहरुलाई कानुनको कठघरामा ल्याई बिद्यालयको जग्गा फिर्ता दिलाउन बेलहियाबासीले माग गरेका छन् ।
ज्ञानीश्वरी श्रेष्ठको नाउँमा रजिष्टे«शन पास भएको उक्त जग्गा यथाशिघ्र खारेज÷बदर गर्न र विद्यालयको नाउँमा उक्त जग्गा दर्ता हुने वातावरण बनाउन सम्बन्धित पक्षसँग जोडदार अपील स्थानियहरुले गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार