गौमुत्र प्रशोधन बाट औषधि

प्रज्वल पहाडी / प्यूठान । स्वर्गद्धारी आश्रमले गौमुत्रको प्रशोधन शुरु गरेको छ । विभिन्न रोगहरुको निधानका लागि प्रयोग गर्ने गरि गौमुत्र प्रशोधन शुरु गरेको आश्रमले जनाएको छ । पेट सम्वन्धी ग्याष्टीक, अल्सर, रुघाँखोकी, बाथ लगायत रोगको उपचारका लागि प्रशोधीत गौमुत्र उपयोगी रहने आश्रमका साहायक कोठारी बाबुराम न्यौपानेले बताए ।

“प्रशोधीत गौमुत्र संगै आयूर्वेद डाक्टरहरुको सल्लाह अनुसार विभिन्न जडीवुटी पनि मिसाउदै आएका छौं” न्यौपानेले भने, “अत्याधुनीक उपकरणमा आगोको तापबाट बाष्पीकरण गरि औषधिका लागि गौमुत्र तयार गरिन्छ ।” हर्रो, वर्रो, चिराइतो, अमला लगाएत जडीवुटीहरु गौमुत्रमा मिसावट गर्ने उनले बताए ।

दैनिक ४० लिटर प्रशोधित गौमुत्र उत्पादन हुदै आएको र १ सय ५० रुपैया प्रतिलिटरका दरले विक्रि हुदै आएको छ । आश्रममा आउने दर्शनार्थीहरुले गौमुत्रको उपयोगीतावारे जानकारि लिने र खरिद गर्ने गर्दा विक्रिका लागि समेत समस्या नरहेको न्यौपानेले बताए । “दर्शनार्थी संगै विभिन्न स्थानवाट गौमुत्रको माग वढ्दै आएको छ”, उनले भने । स्थानीय कोशेली घरवाट समेत प्रशोधित गौमुत्र विक्रि गरिदै आएको छ । उत्पादन थालेको दुई महिनामा झण्डै पन्ध्र सय लिटर गौमुत्र विक्रि भएको उनले बताले बताए ।

गौमाताका रुपमा आश्रममा झण्डै ५ सय गाई पालिएका छन् । यसले पनि गौमुत्र संकलनमा सहजता भएको छ । गौमुत्र प्रशोधनका लागि एक जना व्यक्तिलाई तालिम दिएर राखिएको छ । बाथरोगको समस्या भएका आफन्तलाई नियमित रुपमा प्रशोधित गौमुत्र पठाउने गरेको स्थानीय गुरुप्रसाद पोख्रेलले बताए । “गौमुत्रको सेवनले निको हुँदै गएको छ”, उनले भने, “नियमित रुपमा पठाइदिदै आएको छु ।”

आर्युवेद औषधालय भिंगृका प्रमुख शिशिर पोख्रेलले गौमुत्रको सेवनबाट ग्यास्टिकको समस्या भएका व्यक्तिलाई फाइदा पुग्ने बताए । “गौमुत्रमा छारिएपन हुन्छ” उनले भने, “यसको प्रयोगले अम्लियपनबाट हुने ग्यास्टिकको समस्या निको हुन्छ ।”

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार