प्रदेश ५ मा मुख्यमन्त्री रनिङ्ग शिल्ड आयोजना हुदै,६ विधामा ४सय २० खेलाडी सहभागि हुने

बुटवल ।
प्रदेश ५ को सामाजिक विकास मन्त्रालयको आयोजनामा यही बैशाख २३ गतेदेखि मुख्यमन्त्री रनिङ्ग शिल्ड खेलकुद प्रतियोगीता हुने भएको छ ।
खेलकुदमा युवा सहभागीता प्रदेश र राष्ट्रको समृद्धिमा अग्रता’ भन्ने मुल नाराका साथ रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गर्न लागिएको आज सामाजिक विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री सुर्दशन बरालले जानकारी दिनुभयो ।
भलिवल, ब्याडमिन्टन, तेक्वान्दो, बुद्धिचाल, शटपुट गरी ६ विधामा खेलाडीहरुले प्रतिष्पर्धा गर्ने छन् । यसको तयारी तिब्र पारिएको छ ।
भलिवलमा कुल २ सय १६ जना, ब्याडमिन्टनमा कुल ४८ जना, दौडमा २४ जना, तेक्वान्दोमा कुल ९६ जना, बुद्धिचालमा कुल १२ जना, शटपुटमा कुल २४ जना गरी कुल ४ सय २० खेलाडीहरुको सहभागीता हुने सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले जानकारी दिनुभयो ।
भलिवल बुटवल मण्डपमा, ब्याडमिन्टन बुटवल ब्याडमिन्टन कर्वड हलमा, दौड ५ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रमा, तेक्वान्दो रुपन्देही जिल्ला खेलकुद विकास कर्वड हलमा, बुद्धिचाल कालिका मानवज्ञान माविको सभाहलमा र शटपुट ५ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रमा हुने छन् ।
१८ देखि ४० बर्ष उमेर समुहका खेलाडीहरुको मात्रै सहभागीता हुने प्रतिष्पार्धामा आठौ राष्ट्रिय खेलकुदमा कुनै पनि पदक प्राप्त गरेका खेलाडीहरुले सहभागीत हुन नपाउने प्रवधान बनाईएको छ ।
कुल ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको प्रतियोगीतामा भलवल प्रतियोगीतामा प्रथम ५० हजार, द्धितिय ३० हजार र तृतियले २० हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रचार प्रसार संयोजक कुमार आले का अनुसार ब्याडमिन्टनमा प्रथम द्धितिय र तृतियले क्रमस १५ हजार, १० हजार ५ हजार, दौडमा ५ हजार, ३ हजार २ हजार, चेशमा ५ हजार, ३ हजार, २ हजार र तेक्वान्दोमा ८ वडा समुह महिला र पुरुषको सहभागीता हुदै छ । जसमा पनि प्रथम ले ५ हजार, द्धितियले ३ हजार र तृतियले २ हजार रुपैयाँ पुरस्कार पाउने छन् । खेलाडीहरुलाई प्रतिदिन १२ सय रुपैयाँ भत्ताको समेत व्यवस्थापन गरिएको छ । मौसम प्रतिकुल भएको कारण अनुकुल समयमा मात्रै खेलकुदका कार्यक्रमहरु सञ्चालनन गरिने गरी कार्यतालियका चयन गरिने रुपन्देही जिल्ला खेलकुद विकास संघका अध्यक्ष योग गुरुङ्गले जानकारी दिनुभयो ।
जिल्ला स्तरमा खेलकुद प्रतियोगीता जारी रहेको छ भने जिल्ला बाट छानिएका खेलाडीहरुले प्रदेशमा प्रतिष्पर्धाा गर्ने छन् । रनिङ्ग शिल्ड विजेता प्रथम टिमले १ लाख , द्धितियले कुल ७० हजार, तृतियले कुल ५० हजार रुपैयाँ प्राप्त गर्ने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार