महिलामा बढ्दो धूम्रपान र उत्पन्न जटिलताहरु

डा. प्रकाश बुढाथोकी
समाजमा उपभोक्तावादी संस्कृति हावी हु“दै जा“दा नया“ पिंढीले आफूलाई उदार र खुला विचारको पक्षमा उभ्याएको छ । नया“ पिढीको जीवनशैलीमा आएका कतिपय खुला र परिवर्तित व्यवहारका एउटा नकारात्मक कडी सहरी समाजमा युवतीहरु माझ भित्रिएको चुरोट संस्कृति हो । जसले महिला अम्मलीको संख्या दिन २ गुणा रात चार गुणा बढ्दै गएको छ ।
अहिले समाजका बनावट र महिलाको भूमिकामा ठूलो परिवर्तन आएका कारण समाजमा महिलाको भूमिका र क्षमता बढ्दै गएको छ र बढी उत्तरदायित्व निर्वाह गर्नु परेको छ । यसरी एकातिर घर परिवारको बोझ तथा अर्कोतिर कार्यालयको कामको चपेटामा पर्दा दोहोरो मानसिक दबाब र तनावबाट राहत र मुक्तिका लागि धूम्रपानको अम्मल बसाल्छन् । यस्तो दोहोरो मानसिक दबाब तथा धूम्रपानको असर मिलेपछि महिलाहरुको शारीरिक र मानसिक असर झन् घातक बन्दछ । शुरुमा फेसन, मनोरञ्जन, पहिलो अनुभवका लागि साथीहरुको लहलहैमा लागेर धूम्रपान पनि पछि त्यही लत बानीका रुपमा विकसित हुन्छ र बिरामी, पीडा, विभिन्न किसिमका रोगको खाडलतिर घचेटिरहेको पैसाको खर्च फजुलमा भैरहेको स्वयं अम्मलीहरुलाई पनि थाहा हु“दैन ।
धूम्रपानः
सुर्तीजन्य वनस्पति प्रमुखतया निकोटियना रस्टिका र निकोटियना टोवाकमको पात सुकाएर सिधै वा विभिन्न प्रक्रियाद्वारा प्रशोधन गरी वा प्रशोधनपछि अन्य तत्वहरू मिलाएर प्याकेटमा राखी बनाइएका चुरोट, बिडी, सुर्ती, सुल्फा, जर्दा, पराग र गुट्खा इत्यादिमा हुने निकोटिन नामक रसायनिक पदार्थलाई कुनै पनि माध्यम चाहे मुख, म्युकोसा, नाक वा छालाबाट होस शरीरले ग्रहण गर्नु वा अवशोषित गर्नुलाई धूम्रपानको संज्ञा दिइन्छ । यो धुवाँ सेवनमात्र नभएर सुर्ती सेवन हो र एक प्रकारले दुव्र्यसन हो ।
भयानकता ः
नेपालका महिला सुर्ती सेवनमा विश्वका महिलाहरूमा प्रथम स्थानमा छन् भने पुरुषहरूमा दक्षिण कोरिया प्रथममा छ भने देशमा नेपाल अग्रस्थानमा नै रहेको छ । विश्वका विभिन्न देशहरूमध्ये नेपाल धूम्रपान सेवन गर्नेमा अग्रस्थानमा रहेको छ । नेपालमा ७३% व्यक्तिहरुले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको एक अर्को अध्ययनले देखाएको छ । सहरी क्षेत्रमा ३७%, ग्रामीण क्षेत्रमा ५८%, विकट पहाडी क्षेत्रमा ७७%, मानिसले धूम्रपान गर्ने गरेको सोधपुछबाट जानकारीमा आएको छ । त्यसभित्र रहेको वास्तविक तथ्यांक फरक छ ।
सहरमा भन्दा गाउँघरमा बढी अशिक्षा, गरिबी, बेरोजगार, आनन्द उठाउने अर्को बाटो नभएर धूम्रपानकर्ता बढी देखिन्छन् त्यसैगरी तराईमा भन्दा पहाडमा पहाडमा भन्दा हिमालमा बढी (जुम्लामा ७५% महिला पनि, ८५% पुरुष) पूर्वमा भन्दा पश्चिममा बढी, किशोरावस्थामा बढी । महिलाहरूमा सहरी क्षेत्रमा धूवाँरहित सुर्ती, खैनी, सुर्ती चपाउने गरेको बढी पाइन्छ । बलेको भाग पानी, हावासग बचाउन श्रीमान्बाट लुकाउन खरानी बच्चालाई नपार्न दाँत दुख्ने सास गन्हाउने समस्याबाट मुक्त पाउन गाउँघरमा उल्टोमुखी चुरोट, बिडी खाने चलन छ । अरु त अरु १५% सहरी क्षेत्रका गर्भवती महिलाले पनि धुम्रपान गरेको पाइन्छ । ७१.४% भन्दा बढी महिला, ८५% भन्दा बढी पुरुषद्वारा कुनै न कुनै रुपमा सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको अनुमान छ मेरो २ हजार बढी स्वास्थ्य शिविरमा मुख परीक्षण गर्दाको ।
असर ः
अम्मली बनाउने तत्व निकोटिनको ६० मि.लि. ग्राम सुइले मानिसको मृत्यु गराउ“छ जुन चुरोट, बिडी, कक्कड, तम्बाखु आदि सूर्तीमा २० मिलि ग्राम पाइन्छ । सूर्तीजन्य पदार्थमा पाइने रसायनहरुले शरीरलाई क्षीण र दुर्बल त बनाउ“छ नै आर्थिक, सामाजिक र राष्ट्रलाई कंगाल पनि बनाउ“छ । सर्तीमा पाइने हानिकारक रसायनहरुमा निकोटिन, टार, आर्सेनिक, हाइड्रोकार्बन, फिनाइल, बेन्जाथ्रिसिन, कार्बनमोनोअक्साइड, खोटो, एमोनिया, बेन्जिन जस्ता तत्वहरु पाइन्छन् । अप्रशोधित सुर्तीमा २५ सय भन्दा बढी रासायनिक तत्व हुन्छन् भने ४३ तत्वहरु क्यान्सर लगाउन सक्ने तत्वहरु हुन्छन् । त्यही सुर्तीलाई बाल्दा चारहजार रसायन, चारसय विषालु पदार्थ र ६० भन्दा बढी क्यान्सर बनाउन सक्ने तत्वहरु बन्छन् ।
हालै गरिएका अनुसन्धानहरुले पुरुषको तुलनामा महिलाहरुमा धूम्रपान गर्दा २ गुणा बढी फोक्सोको क्यान्सर हुने खतरा देखाएको छ । धूम्रपानमा भएका तत्वहरु शरीरभित्र प्रवेश गरेपछि मुटु, रक्तनली, श्वास प्रश्वास, प्रजनन, दन्त स्वास्थ्य, मष्तिष्कहरुमा घातक असर पर्दछ । धूम्रपान गरेको एक मिनेटमै मुटुको धड्कन ३० प्रतिशतको दरले बढ्छ, कोरनरी हर्ट रोगको खतरा बढ्छ, दम स्तन क्यान्सर, मुखको क्यान्सर, मुटु रोग लगायतका २५ किसिमका रोग र दुई तिहाई क्यान्सर बनाउ“छ जुन कुरा महिलाहरुमा झन् धेरै रोग, जटिलता र असर देखिन्छ ।
धूम्रपान नगर्ने महिलाको भन्दा धूम्रपान गर्ने महिलाको मासिक चक्र बढी गडबड हुने, धेरै गुणा रिस डाह गर्ने प्रवृत्ति, क्षणमै हतास हुने, तनावमा डुब्ने र कुनै कुनै बेलामा अरुभन्दा बढी असुरक्षित महसुस गर्ने हुन्छन् । चुरोट, बिडी, तम्बाखुमा पाइने नशालु र हानिकारक तत्वहरुले महिलाको जीवरस (हर्मोन्स) निर्माण गर्ने ग्रन्थीहरुमा नकारात्मक प्रभाव पारी यौन समस्या र बाझोपना भई आमा बन्ने सुन्दर सपना चकनाचूर पार्दछ ।
गर्भवती महिलाका लागि धूम्रपानले विषको भन्दा बढी काम गरेको पाइन्छ । गर्भावस्थामा धूम्रपान गर्नाले शिशुमा मष्तिस्क ज्वरो लगायतका ५० थरीका रोग लाग्ने, विभिन्न खतरा उत्पन्न हुने सम्भावना हुन्छ । गर्भभित्रै शिशुको सुकेनास लागि मृत्यु हुने, अचानक मृत्यु, गर्भपात, कम समयमै शिशु जन्मने, कम तौल भएका शिशु जन्मने, शिशुको शारीरिक र मानसिक विकास अवरुद्ध हुन सक्ने, गर्भस्थ शिशु तथा जन्मेका बच्चालाई विभिन्न रोग लाग्ने संभावना र खतरा रहन्छ । धूम्रपान गर्ने महिलाको दूधमा निकोटिनको मात्रा रहने हु“दा शिशु स्वस्थ नहुने, झगडामात्र गरिरहने स्वभावका हुन्छ । धूवाले वरपरको वातावरण पनि प्रदूषित भई स“गै रहने बालबालिका, वृद्ध वृद्धालाई अली बढी नकारात्मक असर पार्दछ । यसरी चुरोट, सुर्ती खाने महिलाको आर्थिक अवस्था कमजोर हुने, स्वास्थ्य कमजोर हुने तथा सामाजिक रुपले तिरस्कृत हुन पुग्छिन् ।
महिलाको सौन्दर्यमा असर पार्दा धूम्रपानले मुख गन्ध आउने, दा“तमा कालो दाग रहने, दन्त लेउ र पत्थर बढाउने, दन्त सड्न, गिजा सम्बन्धी रोगहरु, गिजाबाट रगत आउने, बेरड्डी दा“त र गिजा बनाउ“छ । अनुहारमा विशेष गरी आ“खा वरिपरि र गालामा चाउरी पर्दछ धूम्रपानीमा महिलाले प्रति दिन १० चुरोट ५० वर्षसम्म पिउनेमा ५ गुणा बढी चाउरी परेको पाइन्छ । नपिउनेमा भन्दा भन्ने कुरा अनुसन्धानले देखाएको छ । त्यसैगरी रौं र कपाललाई नकारात्मक असर पारी सुख्खा, छोटो, नराम्रो बनाउ“छ रक्तसञ्चारबाट अक्सिजन छालामा घटाई । नंग पहेंलो वा खैरो बनाउने, हातका औंला वेरुपी बनाउने गरी महिलाको सौन्दर्य सम्बन्धी सम्पूर्ण अंग प्रत्यड्डमा नराम्रो असर गरी महिलालाई नै कुरुप बनाउ“छ धूम्रपानले ।
अन्त्यमा,जटिल प्रकृतिको शारीरिक बनोट भएका महिला वर्गको स्वास्थ्य समस्यालाई ध्यान नदिइदा मानव विकासको सोंच निरर्थक बन्न जान्छ र सामाजिक आर्थिक विकासका क्रियाकलापमा बा“धा उत्पन्न गराई अवरोधको कारक बन्दछ । त्यसैगरी समय, परिस्थिति र रोगको प्रकृति अनुसारको सेवा, उपचार र हेरचाहको शुलभ वातावरण नबन्दा हाम्रो आर्थिक, सामाजिक विकासमा मात्र नभई पारिवारिक स्थितिमा पनि विभिन्न खालका जटिलता थपिदै जान्छन् । समग्र रुपमा घरमा एउटा महिलाको स्वास्थ्य स्थिति सबल रह“दा, परिवारको त घरायसी वातावरण समुन्नत बन्दछ नै यसले सामाजिक तथा आर्थिक क्रियाकलापका पक्षमा समेत सकारात्मक संकेत प्रदर्शन हुन्छ । न्याम्स वीर अस्पतालका सह प्राध्यापक डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार