विदेशबाट फर्केर भार्सेली युवाहरु भैसीपालन

शिवलाल सुवेदी / गुल्मी । सत्यवती गाउँपालिका भार्से ८ का कुम बहादुर राना, नन्दु वुढाथोकी र निर्मल बुढाथोकीलाई राम्ररी वोल्ने फुर्सद छैन ।

उनीहरुलाई बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म कसैसगँ बोल्ने कुनै फुर्सद छैन् ।

दिनभर तीन पटक गोवर पाल्ने, भैसी दुहुने, दुध तताउने, महि पार्ने, घिउ र दुध बोकेर गाउँ पुग्ने । त्यो मात्रै नभएर भैसीलाई घाँस पानी, कुडो र वनको काम फुर्सद हुने कुरै भएन् ।

कुम बहादुर राना, नन्दु वुढाथोकी र निर्मल बुढाथोकीले गाउँमै ब्यवसायिक र सामुयिक भैसी पालन गर्न थालेपछि उनीहरुलाई वोल्ने समेत फुर्सद नभएको हो ।

लामो समय कतार र मलेसिया वसेर गाउँ फर्किएका उनीहरु अहिले गाउँमा समुहमा व्यवसायीक भैसीपालनमा लागेका हुन । परदेशबाट फर्किएका तीन जना युवाले भार्सेको लामाचौरमा भैसी र्फम संचालन गरेका छन् । २०७२ सालबाट संचालन भएको फर्ममा अहिले ७२ वटा भैसी र पाडापाडी रहेका छन् ।

अहिलेसम्म थाप्ले–लामाचौर लिमी पारकोटे भैसी फार्म मार्फत आफुहरुले करिव ३३ लाख खर्च गरेको संचालक कुम बहादुर रानाले बताए । विदेशको मेहनतभन्दा धेरै कम मेहनत गर्दा पनि गाउँमै राम्रो आम्दानी गर्न सकिने रानाले बताए । लामो समय कतारमा दुःख गरियो उनले भने“केही उपाय लागेन गाउँ फर्केर भैसीपालनमा लागेपछि राम्रो आम्दानी भएको छ, रमाइलोपनि ।”

५ बर्ष मलेसियामा काम गरेर गाउँमा रानासगै फर्म सञ्चालन गरेका निर्मल वुढाथोकीका अनुसार पनि विदेशमा धेरै दुःख थोरै कमाई हुने बताए । उर्जावान ५ बर्ष मलेसियामा विताइयो निर्मलले आखाँभरि आशू ल्याउदै भने“ गाउँमै फर्केर केही गर्ने अठोट अहिले भैसी पालनले पुरा भएको छ ।”

परिवारसगै बसेर पनि राम्रो आम्दानी गर्न सकिने उदाहरण भएको उनले बताए । उनले काम गर्ने हो भने विदेशमाभन्दा धेरै र सजिलै यहाँ कमाई गर्न सकिने अनुभव सुनाए ।

तीन जनामध्ये दुई जना आफुहरु फर्ममा वसेर काम गर्ने बताए । घरघरमै दुध ध्यु वेच्नका लागि १ जना भने गाउँ–गाउँमा पुग्ने गर्दछन ।

बिहानको दुध विक्रि नगर्ने उनीहरुले साँझमा दैनिक १८ देखि २० माना दुध विक्रि गर्ने गरेको बताए भार्से गाउँमा माना चल्ने भएकाले प्रतिमाना दुधको मुल्य ५० रुपैयाँ पर्ने र घिउ ६ सय रुपैयाँमा बिक्री भइरहेको संचालन निर्मल बुढाथोकी बताए ।

दुघबाट मात्रै मासिक ३० हजार र घिउबाट १८ देखि २० हजार आम्दानी हुने गरेको बुढाथोकीको भनाई छ ।

भैसी फर्मबाट दुघ, घिउ मात्र नभएर गाउँमा दुध घिउका लागि लैना भैसीदेखि मासुका लागि पाडाहरु समेत बिक्री हुने गरेको छ ।

फर्ममा रहेका ७२ वटा भैसी मध्ये ५० भन्दा बढि भैसी २४ घण्टानै जंगल वस्ने गर्छन । दुघ दिने १०÷१५ वटा भैसी मात्रै गोठमा ल्याउने र जंगल लैजाने गरिएको संचालन नन्दु बुढाथोकीले बताए । जंगल भएकाहरुको घाँस पानीमा कुनै समस्या हुँदैन् ।

गत बर्ष पाँच वटा लैलो भैसी पाडाहरु विक्रि गरेर मात्रै ४ लाख आम्दानी गरेका छन ।

नव्याउने र उल्टिरहने समस्या भएका भैसीहरुलाई पशु प्राविधिक मार्फत परिक्षण गरेर काट्ने र सुकुटी बनाएर गाउँमा विक्रि गर्ने गर्दछन । सुकुटीको मुल्य प्रति केजी दुई हजार रहको छ । भैसीको गोवर समेत एक ट्याक्टरको पन्ध्र सय रुपैयाँमा बिक्री गर्दै आएका छन् ।

जंगलको छेउमा भैसी पालन गरिएकाले बाघले समस्या रहेको उनीहरुले गुनासो गरे । भर्खर व्याएका पाडापाडी, सुत्केरी भैसी र व्याउने समय भएका भैसीहरुलाई बाघले आक्रमण गर्ने गरेको निर्मल बुढाथोकीले बताए ।

अहिलेसम्म १०÷११ वटा भैसी र पाडापाडी आक्रमण गरि मारेको उनले बताए ।

थप लगानी गर्न उत्साहित
फर्म सञ्चालन गर्नेदेखि भैसी किन्ने दाना किन्दा केही रिण रहेको भएपनि उनीहरु थप लगानी गर्ने सोचमा रहेका छन ।

२÷४ लाख रिण भएपनि उनीहरु थप लगानी गरेर भर्खरै ब्यवसायिक बुंगुर पालन शुरु गरेका छ । भैसी, वुगूंरसगै उनीहरुले व्यवस्थित रुपमा लोकल कुखुरा पालन गर्ने योजना रहेको कुम बहादुर रानाले बताए ।

उनका अनुसार वडादेखि गाउँपालिका स्तरबाट पनि सहयोग मिलेको छ । जसका कारण अर्को व्यवस्थित गोठ निर्माणको योजना आफुहरुको रहेको रानाले जानकारी दिए ।

उनले आफुहरुको धेरै योजना र चाहाना भएपनि छोराहरुले नगर्ने र गाउँमा कामदार समेत नपाइने भएकाले समस्या भएको बताए ।

‘मलाई कामले बोल्ने फुर्सद छैन,छोरो बिदेश जान्छु भन्छ,’उनले भने,‘छ सय तिरेर कामदार ल्याउँछौ, त्यहि पनि प्रयाप्त पाइदैन् ।’ आफुलाई काम गर्दा बार र गते समेतको हेक्का नहुने रानाले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार