ज्योतिष ज्यु दक्षिणाको लोभमा बद्नाम हुने काम नगर्नूस् : प्रधानमन्त्री

बुटवल । प्रधानमन्त्री कोपी शर्मा ओलीले संविधानविरोधी क्रियाकलाप गर्न कसैलाई छुट नहुने बताएका छन् । उनले संविधानविरोधी काम गर्ने जो कोहीलाई पनि सरकारले नछोड्ने बताए ।

संविधानविपरीत काम नगर्न पनि प्रधानमन्त्रीले आग्रह गरे । नेपालसँग आफ्नो देशको पहिचान आफैं बनाउन सक्ने हैसियत भएको उनको भनाइ छ ।

उनले वीरपुर्खाहरुले रगत पसिना बगाएको इतिहास बोकेको देश नेपाल भएको भन्दै आफ्नो पहिचान आफैं स्थापित गर्ने महान अभियानमा सरकार लागिपरेको बताए ।

नेपाली सेनाले ब्रिटिस सेनालाई पराजित गरी विजय प्राप्त गरेको खुसियालीमा बुटवलमा आयोजित जितगढी विजय उत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै पेसाकर्मीका समस्यातर्फ सरकारको ध्यान रहेको बताए ।

सबैका समस्या सँगसँगै समाधानको बाटोमा सरकार अगाडि उनको भनाइ छ ।सरकारको ध्यान शान्ति, सुव्यवस्था र विकासमा केन्द्रित रहेको भन्दै ओलीले अब मुलुकले विकासको बाटो समात्ने दाबी गरे । त्यसका लागि सबै आधार तयार हुँदै गएको उनले बताए ।

प्रधानमन्त्री ओलीले केही समूहहरु जनता भड्काउन नसकेर ज्योतिषीलाई उचाल्न थालेको आरोपसमेत लगाएका छन् ।उनले दक्षिणाको लोभमा बद्नाम हुने काम नगर्न ज्योतिषीलाई आग्रहसमेत गरे ।उनले देशभरका गढी र किल्लाको सरकारले संरक्षणमा गर्ने बताए ।

जितगढी किल्लाको रक्षा गर्नु देशको रक्षा गर्नु भएको भन्दै उनले यहाँको अतिक्रमित जमिनलाई पुरानै अवस्थामा कसरी ल्याउने भन्नेबारे सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले एतिहासीक क्षेत्रको बारेमा जानकारी दिनुपर्ने अबस्था आएको र त्यसका लागि एतिहासीक किल्ला तथा स्थानको संरक्षण जरुरी रहेको बताए ।

कार्यक्रममा बोल्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल,नेकपा महासचिव विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसका संसदीय दलका नेता बालकृष्ण खाण, बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, लगायतले बोलेका थिए ।

प्रधानमन्त्री केपी ओलीले उजीर शिंहको पुर्ण कदको शालिक अनाबरण तथा नेपालको राष्ट्रिय झण्डोत्तलन गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार