आर्थिक समृद्धिको लागि ग्रामीण कृषि उद्यमशीलता

हाम्रो संस्था आरयुएईईपिद्वारा नेपालमा रहेको खाद्यान्न सङ्कटलाई समाधान गर्ने उद्देश्यसहित मानिसलाई बाँच्नको लागि आवश्यक स्वास्थ्य खाना खानुपर्ने हुँदा चेतनाको विकाससँगै किसानहरूलाई प्रोत्साहन गर्ने र स्वरोजगार र रोजगारको समाधान गर्न यो कामको थालनी गरेका छौं । तत्काल ५ नं. प्रदेशबाट शुरु गरेपनि यसलाई देशव्यापी रूपमा अभियानकै रूपमा सञ्चालन गरिनेछ । यस अभियानमा संलग्नता हुने साथीहरूलाई हामी हार्दिक स्वागत गर्दछौं ।

१. भूमिकाः
कृषक र कृषि बिना संसारको कल्पना पनि गर्न सकिँदैन । मानिसलाई बाँच्नको लागि खाना अनिवार्य तत्व हो । मानिसको खाना भनेको अन्न, तरकारी, फलपूmल, माछा मासु, दाल, तेल आदि हो । यो स्वास्थ्य गुणस्तरीय हुन आवश्यक छ । यिनी सबै कृषिमा आधारित वस्तुहरू छन् । विकसित तथा विकासोन्मुख सबै मुलुकहरूमा कृषिलाई महत्व दिएको छ । के मात्र फरक हो भने विकासोन्मुख देशहरूमा जनसंख्याको ठूलो हिस्सा कृषिमा निर्भर छ भने विकसित देशहरूमा सानो हिस्सा सम्मिलित छ । किनकिः विकसित मुलुकहरू कृषिलाई आधुनिकीकरण व्यवसायीकरण गरेका छन् र बढी उत्पादन गर्दछन् । हाम्रो जस्तो विकासोन्मूख देशमा कृषि प्रधान देश भनेपनि परम्परावादी टुक्रे उत्पादन प्रणाली छ
हामी सामन्तवादबाट पूँजीवादमा संक्रमण हुँदै समाजको बहसमा छौं । विद्वान एरिक हब्सले भनेका थिए– सामन्तवाद र पूँजीवादको संक्रमण कुनै पनि प्रकारले लामो समय रहँदैन । यो भन्नुको अर्थ सामन्तवादी व्यवस्थाको आर्थिक संरचना र उत्पादन पद्धति समरूप हुन सक्दैन भनेको हो । यो बहस नेपाली समाजमा अति आवश्यक बनेको छ । समाजवादमा प्रवेश गर्न कृषिमा आत्मनिर्भर अति आवश्यक छ । यसका लागि इच्छाशक्ति भए कृषिमा आत्मनिर्भरता अनिवार्य शर्त बन्न जान्छ । विश्वको जनसंख्या ७ अर्बबाट नाघ्न लागेको हुँदा हामीलाई मात्र होइन विकसित मुलुकले पनि खाद्यान्न अभाव झेल्नुपरेको छ । तर विकसित र औद्योगिक मुलुकहरूले यो अभावलाई व्यवस्थित गर्ने योजना बनाई सकेका छन् भने हामी कहाँ पर्याप्त सम्भावना हुँदाहुँदै पनि ७ अर्बको आलू बाहिरबाट आयात हुन्छ । हामीले समाजवादको बहस त थालनी गरेका छौं तर समाजवादको मेरुदण्ड कृषि पनि हो भन्ने बारे ध्यान पु¥याउन सकेका छैनौं । नेपालको अहिले खेतीयोग्य जमिन २९ लाख ६८ हजार १७ हेक्टर छ । त्योमध्ये तीन भागको एक भाग ९ लाख ८६ सय ९८ हेक्टरमा खेती नै गरेका छैनौं । हामीले कृषिमा ध्यान दिने हो भने जमिनको समस्या छैन । यहाँ वनको क्षेत्रफल ६३ लाख ६ हजार ४ सय ६० हेक्टर छ भने चरनको क्षेत्र १७ लाख ५७ हजार ६ सय ४५ हेक्टर छ । यो सबै जमिनलाई खेतीमा उपयोग गर्ने हो भने नेपालको श्रमशक्तिले नपुगेर विदेशबाट ल्याउनुपर्ने हुन्छ । माथि उल्लेख गरेको ९ लाख ८६ हेक्टर जमिन केही सरकारको स्वामित्वमा छ भने केही व्यक्तिको नाममा छ । त्यसलाई लिजमा दिने र प्रोत्साहन गर्ने हो भने केही रोजगारी सिर्जना गर्न सकिन्छ । जमिन खाली राख्न नपाउने र जो सरकारको स्वामित्व छ वा व्यक्तिको नाममा छ दुबै क्षेत्रको नियम बनाएर राज्यले उपयुक्त कानुनको माध्यमबाट लिजमा दिने व्यवस्था हुने हो भने पनि प्रोत्साहन हुने थियो ।
२. अर्गानिक खेती गर्ने बारेः
विकसित मुलुकहरूमा मात्र नभएर विकासोन्मूख मुलुकहरूमा पनि अर्गानिक कृषि उत्पादनबारे व्यापक जनचेतना विस्तार भएको छ । स्वास्थ्यबारे विकास भएको चेतनाका कारण यसो भएको हो तर नेपालमा केही मात्रामा यसबारे थाहा भएपनि चेतनाको अभावले विषादी प्रयोग गरेको सस्तो खाद्यान्न प्रयोग गरेको अवस्था छ । विकसित मुलुक र केही मुलुकमा कसरी शुद्ध वस्तुहरूको मात्र उपयोग गर्ने भन्ने चिन्ता रहेको देखिँदैन । जति मूल्य परेपनि स्वास्थ्यको लागि पैसा खर्च गर्न तयार देखिन्छन् । त्यसैले अर्गानिक बजारको समस्या देखिँदैन । नेपालमा थोरै मात्रामा यसको प्रयोग हुन थालेको छ, ठूला होटलहरूमा साना साना होटलहरूमा पनि अर्गानिक खाना खाने भन्ने चलन छ तर नियमित प्रयोग गर्नु पर्छ भन्ने चेतना अझै विकसित भएन । भारतमा अर्गानिक उत्पादनको मात्र बढेको छ । पूर्व अमेरिकाका राष्ट्रपति जर्ज डब्लू बुसले एउटा सभामा बडो रोचकरूपमा भाषण गरेका थिए । भारतमा ५० प्रतिशत जनता गुणस्तरीय खाद्यान्न किनेर खान थालेपछि नै विश्वको खाद्यान्न भाउमा वृद्धि भएको उनको भनाइ थियो । भारतीय सञ्चारले आलोचना ग¥यो तर भारतको बजारको महत्व छ । भारतको बजारमा ५ प्रतिशतलाई मात्र दिक्षित गरेर उत्पादन गर्ने हो भने त्यो जनसंख्या ६ करोड हुन्छ, नेपालको जनसंख्या दोब्बर हो । त्यसो हुँदा व्यापार घाटा पनि घट्ने र नेपालको बजारमा गुणस्तर वस्तुको प्रयोगसहित आत्मनिर्भर रहने सम्भावना बढी नै छ । अर्गानिक विविधता हाम्रो पूँजी हो । जसलाई हामी अर्गानिक खेतीपातीको लागि अध्ययन, योजना र बजारको आवश्यक पर्छ । हामी त्यहाँ केन्द्रित भएर काम गर्दैछौं । किनकि नेपालको भौगोलिक कृषि उत्पादनको लागि सदुपयोग गर्नुपर्छ । अर्गानिक कृषिको बजार अन्तर्राष्ट्रिय रूपमा ठूलो छ । नेपालको भौगोलिक कठिनाइले यातायात नपुग्ने ठाउँलाई अर्गानिक खेतीको ठाउँ छनौट गर्न आवश्यक छ । चिया, कफी, तेल अहिले भारतको बजारको माग पहाडी भेगमा उत्पादन हुने दूध र दूधजन्य वस्तु घ्यू, तरकारी, फलपूmल, गेडागुडी तथा मह जडीबुढी वनपैदावरको माग बढी छ । हामीले हिमालको पानीसम्म विदेशमा विक्री गर्ने सम्भावना छ । यसो गर्न सकियो भने हाम्रो देशको अर्थतन्त्रको बलियो आधार बन्ने छ । भूमिकामा माथि उल्लेख भएको ९ लाख ८६ हजार हेक्टर खेतीयोग्य जमिन धेरैजसो मध्य पहाडी भेगमा छ । जसमध्ये अधिकांशले रासायनिक मल देखेका छैनन् । त्यस ठाउँमा अर्गानिक खेत गर्न सकिन्छ । सडक विस्तार हुन नसकेको सुगमता नभएको ठाउँमा अर्गानिक खेतीलाई थप अनुकूलता हुन्छ ।
रासायनिक मल र विषादीले साइड इफेक्ट गर्न थालेपछि मानिसहरू लुला, लङ्गडा, सुगर, प्रेसर अन्य मानसिक रूपले अशक्त हुन थालेपछि मानिसहरू पुरानै खेती प्रणाली अर्गानिक खाद्यान्नको खोजी छ । यो अर्गानिक खेती प्रणाली अझै पनि हिमाल र पहाडी क्षेत्रमा यथावत छ । रासायनिक मल र विषादीहरू ढुवानीमा महिनौं लाग्ने हुँदा पुरानो गाई भैंसीको मल अध्याधिक प्रयोग गर्ने गरेका छन् । हाम्रो संस्था विषादी रासायनिक मोललाई पूरै निषेध गरेर अर्गानिक, गाईवस्तुको मोलबाट कृषकलाई खेती उत्पादन गर्न प्रोत्साहित गर्ने हो । फरक के मात्र हो भने अर्गानिक मलबाट उत्पादन वस्तुहरू कम उत्पादन हुने हुँदा किसानलाई मर्का पर्ने र उपभोग गर्नेलाई पनि गुणस्तर स्वास्थ खाद्यान्न प्रयोग गर्दा केही महँगो पर्न सक्दछ । यसमा सरकारको पनि ध्यान जान जरुरी छ । उदाहरणको लागि भारतको सिक्किमको राज्यमा पूरै अर्गानिक खेती छ । त्यहाँको सरकारले रासायनिक मलमा प्रतिबन्ध लगाएको छ । राज्यबाट गोबरको मलको बृद्धिको लागि गाई, भैंसी, बाख्रा तथा बुँगुर वितरण गरेको छ । त्यहाँ सरकारले नर्सरी निर्माण गरी निःशुल्क बीऊहरूको वितरण गरेको छ । नर्सरी, घर तथा ग्रीन हाउस निर्माणको लागि किसानलाई प्रोत्साहन गर्न डण्डी, प्लाष्टिकको व्यवस्था समेत सरकारले गरेको छ ।
३. हाम्रा उद्देश्यहरूः
अर्गानिक विभिन्न ग्रामीण क्षेत्र, तराइमा हुने उत्पादनको सङ्कलन गर्ने किसानहरूलाई उत्पादन गर्न प्रोत्साहन गर्ने, त्यसको बजार प्रवद्र्धनको लागि व्यवस्थापन गर्ने, साना तथा कुटीर उद्योगहरू सञ्चालन गर्ने र कृषिको लागि अध्ययन तथा अनुसन्धान गर्ने कामलाई प्राथमिकता दिइनेछ ।
ग्रामीण कृषि उद्यमशीलता नै देशको आर्थिक समृद्धिको मूल आधार स्तम्भ हो भन्ने नारासहित सानो स्केलबाट थालनी गरी कृषिबाट खाद्यान्नमा आत्मनिर्भर बनाउने हुनेछ । देशको संविधान समाजवाद उन्मूख भएको हुँदा समाजवादबारे कृषिको नयाँ मोडलको उत्पादन समाजवादको नयाँ मोडल, कृषि तथा उद्योगबारे अध्ययन र अनुसन्धान केन्द्र स्थापना विचारसहित उत्पादनमा जोड दिने बहस अन्तरक्रिया गरी यस अभियानमा सामेल हुनेलाई सदस्यता वितरण गर्ने सदस्यहरूलाई कृषि, कृषि उत्पादन र यसको औद्योगीकरणप्रति आकर्षण गरेर स्वरोजगार तथा रोजगारीको दिशामा लैजाने र आत्मनिर्भर बनाउने हुनेछ । मुख्यतः गाउँलाई सहरसित जोड्ने र बसाईसराईको क्रमलाई रोक्ने र उत्पादनमा जोड दिने हुनेछ । हाम्रो कम्पनीको उद्देश्य उत्पादनमा जोड दिने, विक्री तथा बजार व्यवस्थापनमा जोड दिने कृषिबाट उत्पादित वस्तुहरूको प्रशोधनबाट उद्योग सञ्चालन गर्ने, रोजगारी र स्वरोजगारका अवसरहरू सिर्जना गर्ने, स्वदेशी अर्गानिक उत्पादनको वस्तुहरूको उपभोग गर्नको लागि सर्वसाधारणहरूलाई अभिप्रेरित गर्ने हुनेछ ।
हाल देशमा ग्रामीण कृषि उद्यमशीलताको विकासका अवसरहरू र यस क्षेत्रमा देखिएका विद्यमान चुनौतीहरूको बारेमा प्रत्यक्ष रूपमा किसानहरूसँगको अन्तरक्रियाको माध्यमबाट, फिल्ड भिजिटको माध्यमबाट र सरकारी निकायहरूको सहकार्य र अध्ययन अनुसन्धानबाट हल गर्ने र उत्पादनमा जोड दिने हुनेछ ।
कृषि उत्पादनलाई स्वरोजगार रोजगारको श्रोत बनाउनको लागि एकल, सामुहिक उत्पादनको कार्यक्रम सञ्चालन गर्ने । किसानहरूलाई पकेट क्षेत्र बनाएर बैंकको ऋण, सरकारी अनुदानको पहल गरी समूह समूहमा आबद्ध बनाएर उत्पादकत्व वृद्धिको लागि अभिप्रेरित गर्ने ।
कृषकहरूले उत्पादन गरेको वस्तुहरूको अधिकतम प्रतिफल प्राप्ति हुने गरी सबै वस्तुको खरीद सङ्कलन केन्द्र स्थापना गरेर बजारव्यवस्थापन कार्यक्रम सञ्चालन गरिनेछ ।
यस कम्पनीले अर्गानिक (प्राङ्गारिक) कृषि उत्पादनलाई प्रथम प्राथमिकतामा राखेर आफ्ना गतिविधिहरू सञ्चालन गर्नेछ । अर्गानिक (प्राङ्गारिक) कृषि उत्पादनलाई बढबा दिनको लागी माटो परीक्षण, हावापानीको अनुकूलता, बिउबिजन, कृषिमा लाग्ने रोग र प्रकोपहरूको रोकथामको बारेमा समेत विभिन्न प्राविधिक, सैद्धान्तिक र व्यावहारिक ज्ञानको बारेमा अनूसन्धान केन्द्र, कृषि पाठशालाहरू सञ्चालन गर्ने छ । फलफुल तरकारी र खाद्यान्न उत्पादनमा हाल प्रयोग हुँदै आएको रासायनिक मल बिष, बिषादीले मानब स्वास्थमा परिरहेको प्रतीकूल असरहरूको बारेमा सर्बसाधारणहरूमा जानाकारी गराउने चेतना अभिवृद्धि गराउने सम्बन्धि कार्यक्रमहरू सरकारी निकाय, निजी संघ, सस्था, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैर सरकारी संस्था विदेशी दातृनिकायहरूको समन्वयमा सञ्चालन गर्नेछ । यस कम्पनीको कार्यक्रमहरू सामुहिक, व्यक्तिगत, सामाजिक रूपमा पनि सञ्चालन हुनेछ र विभिन्न व्यक्ति, कम्पनी, सहकारी संस्थाहरू र समूहहरूलाई पनि व्याबसायिक साझेदारको रूपमा आबद्ध बनाई विभिन्न कृषि उत्पादनशील र रोजगारी सम्बन्धी कार्यहरू सञ्चालन गरिनेछ ।
कम्पनीको उदेश्य प्राप्तीको लागी पकेट उत्पादन क्षेत्र, सङ्कलन क्षेत्रको निर्धारण गरी उत्पादनमा वृद्धि गर्ने कार्यक्रम संघीय सरकार, प्रदेश सरकार र स्थानीय निकायसँगको सहयोग र सहकार्यमा सञ्चालन गरिनेछ ।
उत्पादन वृद्धिको लागी सामुहिक सामाजीकृत गर्ने, श्रमको सम्मान गर्ने बानी बसाल्ने वातावरण बनाई उत्पादशील कार्यमा ग्रामीण जनशक्तिलाई परीचालन गर्न लगाई स्वरोजगार बनाउने, विदेश पलायन हुने श्रमशक्तिलाई देशमा रोजगारीको अवसर सिर्जना गर्ने ।
कृषक र उद्योगी समुदायबीच नियमित छलफलका माध्यमबाट स्वस्थ औद्योगिक सम्बन्ध स्थापना गर्ने र उत्पादन वृद्धि गर्ने वातावरणलाई प्रोत्साहित बनाउने । कृषि क्षेत्रको उत्पादनको आत्मबल बढाउनको लागी सरकारसँग सहजीकरण, हातेमालो गर्दै स्थानीय स्तरमा कृषकहरूलाई मरणासन्न हुने गरी गरी कृषि उपज बिचौलिया र सट्टेबाजी कारोबार गर्ने पवबृत्तिलाई पूर्णरूपमा रोक्नको लागी कृषि उपज आयातलाई समेत निरुत्साहित गर्ने कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
कृषि उत्पादन, कृषिमा आधारीत उद्योग र यसको बजारीकरणको कार्यमा महिला, दलित, अत्पसंख्यक समुदाय, जनयुद्धका घाइते,अयोग्य धोषणा गरिएका जनमुक्ति सेना, सहिद परिवार, द्वन्द्व पीडित परिवारलाई प्राथमिकतामा राखी उनीहरूमा कृषि सीप अभिवृद्धि गरी स्वरोजगार र रोजगार बनाई उनीहरूको जीवन यापनलाई सहजीकरण गरी जीवनस्तर वृद्धिको लागी सहयोगी हूने कार्यक्रहरू सञ्चालन गर्ने ।
कम्पनीले उत्पादन गरेको कृषि उत्पादनको गुणस्तर कायम रहने गरी कम्पनीले प्रयोग गरेको उत्पादन (लोगो) अन्य उत्पादन सहकारी, व्यक्ति तथा संस्थालाई उपलब्ध गराई बजारीकरण र स्वरोजगारीको लागी सहयोगी भूमिका खेल्नेछ ।
कम्पनीले आफ्नो उदेश्य प्राप्तिको लागी विभिन्न विभागहरूको स्थापना गर्नेछ ।
कम्पनीले बाँझो खाली जग्गाहरू रहेका विभिन्न व्यक्ति, गाउँपालिका, नगरपालिका, सरकारी निकायहरू सामाजिक संस्थाहरू जस्तैः वन मन्त्रालय, सरकारी स्कुलहरू, सामुदायिक बनहरूसँग समन्वयन गरी वा लिजमा लिएर पशुपालन तथा नगदेबालीको खेती गर्ने परीयोजना बनाई अनुत्पादक भूमिलाई उत्पादकत्वमा परीणत गर्ने छ । कम्पनीलाई आवस्यक पर्ने जग्गा खरिद गरी वा भाडामा लिई कृषि सम्बन्धित कार्य गर्ने उद्योहरू सञ्चालन गर्ने । त्यसका साथै खरीद जग्गाको कित्ताकाट गरी बसोबसको लागी वितरण पनी गर्ने । कम्पनीको आफ्नो नाममा रहेको जग्गा वा लिज, करार वा भाडामा लिएको जग्गामा विभिन्न किसिमका नर्सरी सञ्चालन गर्ने, पशुपंक्षी पालन गर्ने , पालन गरिएका पशु तथा पंक्षीहरूबाट उत्पादित पशु पन्छीहरू को मासु, दुध, ध्यू, पनिर, क्रिम तथा पशु पन्छीहरू विक्री वितरण तथा संरक्षण गर्ने गराउनेछ । कम्पनीको आफ्नो नाममा रहेको जग्गा वा लिज, करार वा भाडामा लिएको जगामा बन बाटीका होमस्टे, रिसोर्ट तथा बगैंचाहरू निर्माण गरी बाटीकामा पर्यटक तथा पाहुनाहरूलाई अकर्षण गराउन मिनी चिडिया घरको व्यावस्था गर्ने र उक्त चिडिया घर हेर्न तथा अवलोकन गर्न आउने पाहुनाहरूलाई आवश्यक पर्ने खाना बस्ने आबासको ब्यावस्था(होमस्टे ) सहित योगा तथा ध्यान केन्द्रहरू सञ्चालन गर्ने ।
फलफूल खेतीलाई मूल नगदेवालीको रूपमा विकास गरी देशलाई आत्मानिर्भर बनाउन व्यावसायिक फलफूल खेती गर्ने, विरुवाहरू तथा फलफूल उत्पादन गरी स्वदेश तथा विदेशमा समेत विक्री वितरण गर्ने गराउनेछ ।
उत्पादित कृषि जन्य उत्पादन तरकारी बिउविजन र फलफूललाई बेमौसममा पनि स्वदेशी तथा विदेशी बजारमा विक्री वितरणका लागी गुणस्तर कायम राख्नका लागी सित भन्डार कोल्ड स्टोरेजको व्यावस्था सहित तथा शीत भन्डारणको व्यावस्था गर्ने गराउनेछ । देशमा अर्गानिक कृषिजन्य उत्पादन, व्यावसायिक नर्सरी, फलफूल खेती , पुष्प व्यावसाय,व्यावसायिक निजी वृक्षारोपण र घाँस खेतीको उत्पादनबाट वातावरणीय एवं पर्यावरणको संरक्षण र विकास गर्ने गराउनेछ । साना किसानबाट उत्पादित कृषि उत्पादन समेतलाई खरिद गरी उचित बजारको व्यावस्थापन र साना किसानहरूलाई लाभ हुने अन्य कृषि सम्बन्धि कार्य गर्न प्रोत्साहन गर्नेछ । विभिन्न अर्गानिक वस्तुहरू उत्पादक तथा प्रसोधनकर्ताहरू सँग सहकार्य गरी उत्पादित वस्तुहरूको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा विक्री वितरण तथा प्रवद्र्धन गर्ने गराउने ।अर्गानिक बस्तुहरूको उत्पादनको लागी अर्गानिक फारमिङ्गहरूको विकास र विस्तारको लागि विशेषरूपमा कार्य गर्ने । यस कम्पनीलाई अर्गानिक कृषिको श्रोत केन्द्रको रूपमा विकास गर्र्ने गराउनेछ ।
अर्गानिक उत्पादकहरूलाई अर्गानिक कृषि उत्पादकत्व वृद्धि गर्न आवश्यक पर्ने बीउ, विजन, उपकरण, प्रविधिको साथै सीपमूलक तालिम तथा परामर्श सेवा शुल्क लिएर वा नलिई प्रदान गर्ने गराउनेछ । अर्गानिक उत्पादनको विक्री तथा प्रवद्र्धनको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय सभा, सेमिनार तथा तालिममा भाग लिने र सो सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने गराउनेछ । नेपालको भौगोलिक अनुकूलता बमोजिम सम्भावित विभिन्न कृषि उपजसँग सरोकार राखने कृषिबोट विरुवा, जडीबुटी, औपधिजन्य बोटबिरुवाहरूको अतिरिक्त आर्थिक महत्वका बोट विरुवाहरूको समेत वृक्षारोपणको कार्यत्र्रmमहरूको साथै बहुप्रकृति तथा बहु उद्देश्यीय कृषिसँग सम्बन्धित कार्य गर्ने गराउने कार्य गरिनेछ । प्रचलित कानुन बमोजिम विभिन्न वैकल्पिक तथा नवीकरणीय ऊर्जाका श्रोतहरूको अध्यायन तथा उत्पादन कार्यमा समेत संलग्न हुने । स्थानीय स्तरको विकासको लागि अर्गानिक फर्मलाई ईको टुरीजम तथा ग्रामीण अर्गानिक पर्यटनको रूपमा विकास गरी सञ्चालन गर्ने गराइनेछ । विभिन्न किसिमका अर्गानिक खाद्य वस्तुहरूको उत्पादन गर्ने गराउने र विक्री वितरण गर्ने कामलाई प्राथमिकता दिइनेछ । विभिन्न किसिमका प्राङ्गारिक मल ,अर्गानिक मल, जैविक मल र बीउ विजनहरूको उत्पादन गरी विक्री वितरण गरिनेछ । कम्पनीलाई आवश्यक पर्ने घर जग्गा जमिन, सवारी साधन, मिल, मेसीनरी प्रविधियुक्त सामाग्रीहरूकोे खरिद विक्री गर्ने र किसानलाई सुलभ वितरण गर्नेछ ।निजी वृक्षारोपणको कार्य, कृषि अनुसन्धान, बाख्रा उत्पादनको श्रोत केन्द्र, लोकल कुखुराको प्रवद्र्धन, माछा तथा भुरा उत्पादन, मौरी पालन, जडीबुटी उत्पादन, खाद्यान्न सुरक्षाजस्ता उत्पादन तथा प्रशोधित गरी कम्पनीका उत्पादनहरूलाई बजारसम्म पु¥याई वा स्थानीय तथा विदेशमा समेत विक्री वितरण गर्ने काम गर्नेछ । विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गरी यसका सुधारका लागि कृृषि क्षेत्रमा अनुसन्धान विश्लेशण तथा समाधानको आधारहरू खोज्नेछ ।
देशको श्रम शक्तिलाई स्थानीय स्तरमा नै कृषि उत्पादनमा खपत गरी कृषि उद्यमशीलतालाई देशको मुख्य आर्थिक आधार बनाउन युवा शक्तिलाई उत्पे्ररित गर्ने गराउने कार्यक्रमहरू सञ्चालन गर्नेछ । पशुपालनको लागी विभिन्न प्रकारका घाँसको खेती गर्ने, वृक्षारोपण गर्ने र वृक्षारोपण र घाँसको खेतीको लागी व्यावसायिक रूपमा विकास गर्नेछ । स्वदेश तथा विदेशमा निर्माण भएका कृषि उत्पादनलाई बढवा दिने खालका बिउ विजन मेशिन,ज्याबल, ट्रयाक्टर, मिनी टिलर, दाना, भिटामिनहरूको डिलर वा एजेन्सी भै काम गर्नेछ ।
महिला तथा पुरुष कृषकहरूको आय आर्जनमा वृद्धि गरी उनीहरूलाई आत्मनिर्भर बनाउनको लागी बिउ विजन पशुपंक्षीहरूको पैंचो कार्यक्रम, करार कृषि तथा पशुपालन व्यावसाय र सम्झौतामार्फत गरिने जस्ता कृषि व्यावसायको विकासको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नेछ । कृषिको उत्पादनमा वृद्धि गरी यसको व्यावसायीकरणको लागी नेपाल सरकारको विभिन्न निकाय तथा संस्थाहरू, गैरसरकारी संस्थाहरू, विभिन्न दातृ राष्ट्र वा विदेशी संघ संस्थाहरूसँग सहकार्य गर्ने ।कम्पनीको उद्देश्य परी पूर्तिको लागि आर्थिक प्राविधिक तथा ऋण सहायता, अनुदान र परामर्श समेत लिनेछ ।
तालिम, गोष्ठी, सेमिनार प्रशिक्षण र कृषि सम्बन्धी कक्षाहरू सञ्चालन गरी कृषिमा सीपयुक्त जन शक्तिको उत्पादन गर्ने । स्वदेशी विदेशी संघ संस्था व्यक्तिहरूको लागि कृषि क्षेत्रको बारेमा थप खोज तथा अनुसन्धान गर्नको लागि आवश्यक वातावरण तयार गरी कृषिको आधुनिकीकरण सम्बन्धी विषयमा अनुसन्धनात्मक कार्यस्थलको रूपमा कम्पनीलाई विकासित गर्नेछ । कृषि उत्पादनको वृद्धिको लागी विभिन्न विकसित नयाँनयाँ प्रविधि र अनुसन्धानको बारेमा पत्रपत्रिका प्रकाशन गर्ने वा रेडियो टेलीभिजनमा कार्यक्रम सञ्चालन गरी जानाकारी मुलुक कार्यक्रमहरू सञ्चालन गर्नेछ ।
कृषकहरूलाई आफ्नो परियोजना सञ्चालनको लागि आवश्यक पर्ने वित्तीय, प्राविधिक सहयोगको सहजकर्ताको रूपमा सहयोगी हुने र त्यस्तै गरी कृषकहरूलाई सरकारी निकायबाट उपलब्ध हुने सेवा सुविधा र अनुदानको बारेमा जानकारी गराउने कार्य गर्ने । उनीहरूले उत्पादन गरेको बस्तुको बजारीकरणको बारेमा सहयोगी भै कार्य गरी दिनेछ । कृषि र कृषिसँग सम्बन्धित रहेर काम गरिरहेका सरकारी निकायका विभिन्न कार्यालयहरू, बंैक तथा वित्तीय संस्थाहरू, कृषि उत्पादन तथा व्यावसायका छाता संगठनहरू, विदेशी तथा स्वदेशी संघ संस्थाहरू,कृषकहरू र कृषि उद्यमीहरूको बिचमा विभिन्न अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन गर्नेछ । क्रमशः

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार