सन्दीप आईपीएलको ‘इमर्जिङ प्लेयर अवार्ड’का लागि मनोनित

काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग(आईपीएल) यो सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रदान गरिने ‘इमरर्जिङ प्लेयर अवार्ड’को मनोनयनमा परेका छन् ।

दिल्ली क्यापिटलमा आबद्ध सन्दीप दोस्रो सिजनमै सो अवार्डको मनोनयनमा पर्न सफल भएका छन् । पछिल्ला दुई खेलमा सन्दीपले पहिलो ११ मा स्थान बनाउन सकेका छैनन् । तर, दिल्लीले खेलेका सुरुवाती ४ खेलमा सन्दीपले आफ्नो स्थान पक्का गरेका थिए ।

सन्दीपले ४ खेलमा ५ विकेट लिएका छन् । सन्दीपसँगै इमर्जिङ खेलाडीको अवार्ड मनोनयनमा रोयल च्यालेन्जर्स बेंग्लोरका मोहमद सिजान, मुम्बई इन्डियन्सका राहुल चाहल, राजस्थानका ज्राफ तथा श्रेयस गोपाल छन् ।

मनोनित पाँचौ जना खेलाडीका लागि भोटिङ शुरु भइसकेको छ । अघिल्लो वर्ष दिल्ली क्यापिटल्सका विकेट किपर ब्याट्सम्यान रिसभ पन्तले पाएका थिए । खेलाडीलाई भोटिङ र टेलिभिजन कमेन्टेटरको मूल्याङ्कनका आधारमा छनोट गर्ने भारतीय क्रिकेट बोर्डले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार