किन जोगिए पाठक ?

बुटवल । विप्लव नेतृत्वको अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्षहरु प्रहरीद्वारा धमाधम पक्राउ परिरह“दा संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकलाई भने सरकारले प्रवल जनसेवा श्री पदकबाट सम्मानित गरेको छ ।

पाठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नया“ बर्षको पहिलो दिन प्रवल जनसेवा श्री पदकबाट सम्मान गरेकी हुन् । नेपाल सरकारले गएको बर्ष पाठकलाई जनसेवा श्री पदकबाट विभूषित गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको थियो ।

सरकारले उक्त संगठन विप्लव नेतृत्वको नेकपा सम्वद्ध शिक्षक संगठन भएको र संगठनको आवरणमा विभिन्न गतिविधि संचालन गरिरहेको भन्दै संगठनका नेताहरुलाई पक्राउ गरेको जनाएको छ ।

तर अध्यक्ष पाठकले भने आफूहरुको संगठन विशुद्ध पेशागत शिक्षक संगठन भएको र नेपाल सरकार श्रम विभागमा दर्ता भई कार्य संचालन गरिरहेको बताए ।

सरकारले विप्लव नेतृत्वको नेकपासंग जोडेर संगठनका जिल्लाका नेताहरुलाई पक्राउ गरिरहेको कार्य खेदजनक र असंवैधानिक रहेको बताए ।

‘कुनैपनि शिक्षकले पेशागत र संगठनको आडमा कुनै गैरकानुनी र गैरसंवैधानिक कार्य गरेका छन् भने उनीहरुको वकालत पक्षमा हामी छैनौ, तर संगठनमा आवद्ध भएको आधारमा पक्राउ गर्नु सरकारको असंवैधानिक कार्य हो ।’ उनले भने ।

पाठकले अखिल नेपाल शिक्षक संगठन कुनै दल निकटको संगठन नभई विशुद्ध पेशागत संगठन भएको दावी गरे । ‘सरकारले हाम्रो संगठनलाई बुझ्न सकेन, व्यक्तिगत रुपमा कुन व्यक्ति कोसंग नजिक छ त्यो फरक विषय हो तर हामी कुनैपनि राजनीतिक दलको भातृ संगठन होइनौं ।’ उनले भने ।

पाठकले आफू कुनै शिक्षक संगठनमा आवद्ध भएकोले मात्र नभई विद्यालय र शिक्षा क्षेत्रको विकासमा पु¥याएको योगदानको मूल्यांकनको आधारमा प्रवल जनसेवा श्री पदकबाट सम्मानित भएको बताए ।

पाठक नेपालकै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा रहेको रुपन्देहीको कालिका मानवज्ञान माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् । उक्त विद्यालयमा ५ हजार ५ सय २९ जना विद्यार्थी अध्ययनरत रहेका छन् । जसमध्ये ३ सय ७१ विद्यार्थीले गत चैत्र महिनामा एसईई परीक्षा दिएका छन् । आगामी शैक्षिक सत्रका लागि केही विद्यार्थी भर्ना गरी विद्यालयले कुल ५ हजार ७ सय विद्यार्थी संख्या पु¥याउने जनाएको छ ।

उक्त विद्यालयबाट एसईईलगायत कक्षा ११÷१२ को परीक्षामा सहभागी विद्यार्थीहरुको हरेक वर्षको नतिजा उत्कृष्ट रहँदै आएको छ ।

कालिका माध्यमिक विद्यालयलाई उत्कृष्ट विद्यालयको रुपमा देशभर चिनाएको जस कडा स्वभावका पाठकलाई नै जाने गरेको छ ।

पाठक बिहानदेखि राती अबेरसम्म विद्यालयकै व्यवस्थापनमा ब्यस्त रहने गरेको पाइन्छ ।

पाठकलाई दोश्रो संविधान सभाको निर्वाचनको समयमा २०७० सालमा समेत पक्राउ गरेर केही दिन हिरासतमा राखेपनि सर्वसाधारणले समेत सरकारको आलोचना गरेपछि रिहा गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार