ओलम्पिक टर्च लाईट लुम्बिनीमा

भैरहवा । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटनका क्रममा प्रज्वलन गरिने ओलम्पिक टर्च लाईट बुद्धजन्मस्थल लुम्बिनी आई पुगेको छ ।

प्रदेश नम्बर १को बिराटनगर बाट चैत्र २९ गते ओलम्पिक टर्च यात्रा सुरु भएको थियो । बिराटनगरमा यस अघि राष्ट्रिय खेलकुदको सातौ सस्करण आयोजना भएको थियो ।

बिराटनगरबाट टर्च लाईट लिएर हिडेका चार जना ओलम्पियनहरु जीत बहादुर केसी, डम्बर कुबर,, विकास राना मगर र मेनुका राउत सोमबार लुम्बिनी आईपुगेका हुन् ।

चारै जना ओलम्पियनहरुले बुद्धजन्मस्थल लुम्बिनीमा रहेको बिश्वशान्ति द्धिपको ज्योति ओलम्पिक टर्चलाईटमा प्रज्वलीत गर्दै लुम्बिनी क्षेत्र परिक्रमा गरी गन्तब्य तर्फ प्रस्थान गरेका थिए ।

यस अघि राष्ट्रिय खेलकुद प्रतियोगिताको धनगढीमा सम्पन्न छैठौ सस्करणमा पनि बैकुन्ठ मानन्धर सहितका ५ ओलम्पियनहरुले शान्ति द्धिपको ज्योति धनगढी सम्म पुरयाएका थिए ।

लुम्बिनीबाट शान्ति द्धिप ज्योति सहितको ओलम्पिक टर्च लाईट बोकेर ओलम्पीयनहरु ५ गते प्रदेश नम्ब पाँचको नेपालगन्जमा हुने आठौ राष्ट्रिय खेलकुदको उदघाटन स्थलमा पुग्नेछन् ।

उक्त टर्चलाईट लाई राष्ट्रपति बिद्यादेबी भण्डारीलाई हस्तान्तरण गर्दै त्यहा रहेको ज्योति मा प्रज्वलित गरेपछि आठौ राष्ट्रिय खेलकुदको बिधिबत सुरुवात हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार प्रसार उप समितीका संयोजक रोहित दाहालले बताए । यस अघि ओलम्पिक टर्च लाईट प्रदेश १ को बिराटनगर, २ को जनकपुर, ३को हेटौडा, चितवन, प्रदेश ४ को पोखरा, ५को लुम्बिनी पुगेको थियो ।

अब टर्च लाईट प्रदेश ६ को सर्खेत , प्रदेश ७को धनगढी हुदै ५ गते नेपालगन्ज पुग्ने छ । ओलम्पिक टर्च लाईट सातै प्रदेशका राजधानी तथामुखय शहरमा परीक्रमा गराईरहीएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार