छैठो प्राचिन कपिलवस्तु महोत्सव एक करोडको कारोवार गर्दै सकियो

कपिलवस्तु । एक करोड कारोवार गर्दै कपिलवस्तुको तौलिहवामा संपन्न छैठो प्राचिन कपिलस्तु महोसत्सव संपन्न भएको छ । कपिलवस्तु जिल्लाको समग्र विकासको आधार, धार्मिक स्थलको प्रवद्र्धन, पर्यटन कृषि उद्योग र व्यापार भन्ने मुल नारा सहित चैत १८ देखि ३० गते सम्म भएको थियो ।

महोत्सव रात्रीकालीन सयममा भएको थियो । राती १२ बजे ७५ साललाई विदाई गरी नयां वर्ष २०७६ को सूरुवातको शुभकामना मनाउदै सम्पन्न भएको हो महोत्सवमा एक लाख दर्शकले अवलोकन गरी एक करोढड बढीको कारोवार भएको आयोजित संघका अध्यक्ष गयादीन कुर्मीले बताए ।

सो अवसरमा सांसद बृजेश गुप्ताले खुला संग्रहालयकारुपमा रहेको कपिलवस्तुको प्रचारप्रसामार महोत्सवले भुमिका खेलेको बताए । उनले पछि परेको जिल्लाको कृषि, ब्यापार, उद्योग लगायको विकासमा सबैले हातेमालो गर्नु पर्ने बताए । कार्यक्रममा पुर्व मन्त्री दानबहादुर चौधरीले महोत्सवले बुद्ध सम्वन्धी स्थलहरुको प्रचारमा योगदान मिलेको र जिल्लाको अवस्जथालाई चित्रण गर्न योगदान मिलेको बताए ।

समापन अवसरमा प्रदेश सभा सदस्य धर्मबहादुर श्रीवास्तव,सहसराम यादव, रिना नेपाल, कपिलवस्तु नगरपालिकाका उप मेयर लक्ष्मी गुप्ता , यशोधरा गाउंपालिका अध्यक्ष गिरिजेश कुमार पाण्डेय लगायतले महोत्सवको बारेमा सल्लाहा र सुझाव दिएका थिए ।

सोही अवसरमा नेकपाका जिल्ला सदस्य भानक्रकाश श्रेष्ठ, राजपाका अध्यक्ष डा.केपी शर्मा जनसन , कपिलवस्तु नगरपालिका वडा नं १ का अध्यक्ष सुदिप श्रेष्ठ माहुरी होमका अध्यक्ष रवी ठाकुर लगायतले महोत्सव राम्रोसंग संचालन भई सम्पन्न भएकोमा आयोजक उद्योग वाणिज्य संघ तौलिहवालाई वधाई ज्ञापन दिएका थिए । कार्यक्रममा विविध सांस्कृति कार्यक्रम तथा सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रथम डान्स आईडल बनिन आकांक्षा
४० प्रतियोगीहरुलाई पछि पार्दै कपिलवस्तुको तौलिवाकी आकांक्षा शर्मा प्रथम प्राचिन कपिलस्तु डान्स आईडलको हात पारेकी छिन । तौलिहवा उद्योग बाणिज्य संघद्धारा तौलिहवा आयोजित छैठो प्राचिन कपिलवस्तु महोत्सवमा गरिएको आईडलको उपाधीको ताज शनिवार मध्यरातमा पहिरिएकी हुन ।

तौलिहवा स्थित शान्ति निकेतन बोर्डिगंमा कक्षा ४ मा अध्ययनरत ९ बर्षिया शर्माले सो जितसंगै ताज र नगद ३० हजार सहीत बिभिन्न आकर्षक उपहार समेत जितिन । उनले मेलामा शुरु भएको आईडलको ११ दिनमा गरिएको भोटिगंमा सबै भन्दा बढि ५ हजार ७५ भोट पाएकी थिईन ।

उनलाई प्रतिनिधीसभा सदस्य बृजेश कुमार गुप्ता र संघका अध्यक्ष गयादिन कुर्मीले नगद ३० हजार, शिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए । त्यसै गरि आईडलमा जानबी चौरसिया दोस्रो भएकी छन । उनले ४ हजार ५६ भोट पाएकी थिईन । त्यसै गरि ३ हजार १ सय ६७ भोट प्राप्त गरेकी प्रिन्सा श्रीवास्तव तेस्रो र ६ सय ६० भोट पाएकी हिमानी सिग्देलले सान्त्वना स्थान प्राप्त गरिन ।

दाश्रो भएकी चौरसियालाई २० हजार, तेश्रो भएकी श्रीवास्तवलाई १० हजार तथा सान्त्वना भएकी सिग्देलाई ५ हजार नगद प्रमाण पत्र प्रदान गरिएको थियो ।

सानै देखि नृत्युमा रुची राख्ने शर्माले यो जितमा आफनो अभिभावक र गुरुहरुको आर्शिवादले प्राप्त गरेको बताईन । उनले भबिक्ष्यामा आफु नेपाल आईडलm बन्न चाहने बताईन ।

उपाधी सगै प्राप्त गरेको नगद रकम भने पुशपति प्रताप पुस्तकालय र बाल गृह लगायतका स्थानमा सामाजिक सेवामा सहयोग गरिने आकाँक्षा पिता अजय शर्माले बताए । २० हजार पुस्तकालय र १० हजार बालगृहलाई प्रदान गरिने उनले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार