व्यवस्थाको बेवास्ता

विष्णु घर्ती ‘भनभनेली’
“कस्तो सिस्टम होला ? यस्तो सिस्टमले पनि कसरी चल्ला र खै ! कहिले आउला सिस्टम ?” धेरैका मुखमा मुखरित यी र यस्ता वाक्यहरू मेरा कानमा पटक पटक गुञ्जिरहेका थिए र आजभोलि अझ घन्किरहेको महसुस भइरहेछ । व्यवस्था भन्नाले शासन व्यवस्था अन्तरगत बनेका विभिन्न क्षेत्रका क्षेत्रगत ऐन, कानुन, नियम, निर्देशिका, कार्यविधिजस्ता विधिलाई जनाउँदछ । यसका अतिरिक्त समाजमा चलेका रीति, प्रथा, परम्परा, संस्कार पनि व्यवस्थाका आधारहरू मानिन्छन् । अंग्रेजीमा सिस्टम भनिएकोलाई नेपालीकरणमा व्यवस्था भनिएको छ । व्यवस्था मिलाउनु भनेको नमिलेकालाई मिलाउनु हो । बिग्रेकालाई सही मार्गमा ल्याउनु हो । बिग्रन लागेकोलाई बिग्रनबाट बचाउनु हो । व्यवस्था परिवर्तनका लागि धेरै मान्छेहरूले ज्यान पनि अर्पण गरिसकेका छन् त कोही त्यही मार्गमा सबार समेत गरेका छन् । व्यवस्था परिवर्तनको मुद्दा अहिले हरेक देश जसोमा मात्रात्मक रुपमा थोरै धेरै भए पनि चलिरहेको छ । हाम्रो देशको स्थितिलाई नियाल्दा पनि यस्तै विषयको छनक प्रशस्त मात्रामा पाइन्छ ।
अहिले सञ्चालनमा रहेका जुनसुकै सेवा, सुविधा तथा क्षेत्रमा हेर्ने हो भने बेथिति मात्र देखिन्छ । कसैले पनि अनुशासनमा रहेर केही पनि काम गरेको देखिदैन, चाहे त्यो व्यक्ति, परिवार र समाजमा होस्, चाहे त्यो राष्ट्रिय जीवनमा होस् । कसैको पनि वास्ता गरिएको देखिदैन । गैरकानुनी फाइदा आउने काममा मरिहत्ते गरेको देखिन्छ । बेरोजगारिता व्याप्त छ । हटाउनु पर्छ भनिन्छ । तर खासमा प्रगति केही हुँदैन । बेरोजगारले गर्दा विकृति, विसंगति आएका छन् भनिन्छ । थुप्रै समय र साधन, स्रोत लगाएर गरिएका काम कारवाही, नीति, नियमहरू सञ्चालक वा व्यवस्थापक फेरिनासाथ बेकार सावित छन् भन्ने बुझिन्छ र प्रमाणित गर्नपट्टि लागिन्छ । छद्म नाम र कामको प्रयोग गर्दै बेकामी जस्तै भएको देखाउन खोज्दछन् । सधैभरि नकारात्मक कामले उनीहरूलाई बेचैनी पारेता पनि अरुका सामुन्नेमा सिस्टम बसाल्नका लागि भन्दै बेफुर्सदिलो जस्तो देखाउने गरेको देखिन्छ ।
रहर र वाध्यताले बेतलबी र बेखर्ची बन्नेहरूको जमात पनि ठूलै देखिन्छ । यिनीहरूका क्रियाकलापले सबैमा बेमेल उत्पन्न गर्नेभन्दा अरु थोक केही पनि गर्न सकेको देखिंदैन । बेनामी कामहरूको चर्चा परिचर्चा आज उर्लंदो छ । देखाउने काम र नाम एउटा भए तापनि उसले गर्ने अनेक खालका कर्महरूले उसको इज्जत माथि नै प्रश्न चिन्ह उठाइरहेको पाइन्छ । यसको शृङ्खला बढ्दै गएपछि बेइज्जत सिवाय केही हु‘दैन । इमान र इज्जत गुमाएकाहरूको संसार बेइमानी काममा वाहेक अरुमा लाग्न हम्मे हम्मे पर्दछ । यिनीहरूले बेघरबार भएका सम्मलाई पनि छोडदैनन् । मनमा अलिकति पनि दया, माया, करुणा, धर्म, मानवीयता केही पनि राख्न सकेका हुँदैनन् । पिंधमा प्वाल परेको चुहने भाडा जस्तै यिनीहरूको हैसियत हुन्छ । बेतुकका कुराकानीमा यिनीहरूको दिनचर्या बित्दछ । जसरी बेसारले सबैलाई आपूmजस्तै बनाउ‘छ त्यसै गरी यस खालका पात्रहरूले अरुलाई पनि बेइज्जती र बेइमान बाहेक केही पनि बनाउन मद्धत गर्न सक्दैनन् । बेप्रवाहका साथमा क्रियाकलापहरू अगाडि बढाउँछन् । लाभान्वित वर्ग र क्षेत्र को हो, के हो र के कस्तो प्रतिफल आउँला भन्ने कुनै पनि वास्ता नगरि वा बेवास्ता गरीकन अरुलाई बेवकूफजस्तो बनाउदै कार्यक्रमहरू अघि सार्दछन् । प्रचार–प्रसार वा पारित गराउने क्रममा यो त अत्यन्तै बेजोडको छ, नभई हुँदैन भन्दै, बेलुनभैm फुलाउने काम गर्दछन् । बेलुन फुक्न पाएपछि बेलुनको क्षमता आँकलन नगरी एकोहोरो फुकिरहन्छन् र परिणाम यत्र तत्र छरिएको टुक्रा टुक्रा भएको बेहाल अवस्थाको पाउ‘छन् ।

अन्याय, अत्याचार र व्यभिचारका कामहरू अगाडि बढाउ“दै जान्छन् । बेमतलबी बन्छन् । बेमतलबले धेरै कुराको हानि नोक्सानी पु¥याउँछ । नोक्सानी पश्चात सबै विषय बेरसिलो बन्दछन् । खान पाए“ र गर्न पाए“ भन्दैमा कुनै पनि सुर नराखी बेसुरका साथमा अगाडि बढ्दछन् । बेसुरको कामले बेअर्थको परिणाम निकाल्दछ । यस्ता परिणामले कुनै पनि स्वाद ननिकाली बेस्वादिलो मात्र बनाउँछ । बेस्वाद भनेको कुनै पनि स्वाद नभएको वा कसैलाई पनि मन पर्ने कुरा हुँदैन । मन नपर्ने कुराले विकृति उमार्ने तत्वको रुपमा काम गर्दछ । यसले सही उत्पादन गर्न सक्तैन । यस खालका क्रियाकलापले गर्दा कसैले कसैको वास्ता गर्नपट्टि नलागी आ–आप्mनै सूर र तालमा अगाडि बढ्छन् । यसरी अगाडि बढ्दा मूल धारको व्यवस्थालाई बेवास्ता गरिएको हुन्छ ।
हरेक वस्तुको उचित समयमा ख्याल गरियो भने त्यसको प्रतिफल सोंचेभन्दा पनि राम्रो बन्दछ तर ठिकै त होला, चलिहाल्छ नि भन्ने सोंच राखेर काम गरियो भने सधै सफल भइँदैन । अन्तत्वगत्वा नकारात्मक परिणाममा पु¥याउँछ । वास्ता गरेको खण्डमा व्यवस्था आपैm मिल्दै आउँछ भने आजको बेवास्ताले धेरै प्रभाव नपरे पनि दिन प्रतिदिनको बेवास्ताले आखिरीमा बेथिति निम्तिदै बेकम्मा बन्न पुग्दछ । यसरी व्यवस्थाको बेवास्ता गर्नु भनेको क्रमशः हरेक विषय वस्तुबाट बञ्चित हुँदै जानु हो र कुनै पनि क्षेत्रमा रहन÷बस्न नसक्ने अवस्थासम्म पुग्न सकिन्छ । आज भोलिका सरकारी, गैरसरकारी, संघ, संस्था, व्यक्तिगत फर्म, कम्पनी, समाज, परिवार, व्यक्तिसम्मका आ–आप्mनै व्यवस्था हुन्छन् । सम्बन्धित व्यवस्थाको परिधिमा रहेर नगरिएका कार्यहरू सदा सर्वदा बेवास्ताका किताबमा दर्ज हुन पुग्दछन् ।
कुनै पनि व्यवस्था तयार गरेर मात्र पुग्दैन । त्यसलाई कार्यान्वयनमा ल्याउनु महत्वपूर्ण विषय हो । शुभारम्भ गरेर मात्र सबै दायित्व पूरा हुँदैन । बरु शुभारम्भबाट आप्mनो दायित्व, जिम्मेवारी र कर्तव्य अझ बढेर जान्छ, यदि त्यसको निरन्तरता सबै क्षेत्र, वर्गले चाहने हो भने । विडम्बनाको कुरा के छ भने सस्तो लोकप्रियताका लागि आरम्भ वा उद्घाटन गरिहाल्ने तर सो को संरक्षण, सम्वद्र्धन र प्रबद्र्धन गर्दै दीगो रुपमा निरन्तरताको लागि आवश्यक संरचना, स्रोत र साधनको ख्यालै नगरिकन अगाडि बढ्ने अघोषित परम्परा रही आएको छ । यस्ता कार्यहरूको शुभारम्भ गर्नुभन्दा नगर्नु नै वेश हुने देखिन्छ । तर वर्तमानमा कसले नयाँ र फरक व्यवस्थाको शुभारम्भ गर्ने भन्ने अस्वस्थ प्रतिष्पर्धा चलेको छ । बत्ती बाल्ने, रिबन काट्ने, व्यानर सार्ने वा झार्नेजस्ता काम गर्नमा मख्ख पर्ने र परेको प्रचार प्रसार दुनियाँतिर पैmलाउने उद्योगहरू फस्टाइरहेको स्थितिलाई कम गर्नु नै श्रेयष्कर मानिन्छ ।
एकमत भई सुधारका बाटाहरू पहिल्याउँदै सोही व्यवस्था बमोजिम अगाडि बढ्ने र बाँकी क्षेत्रमा पनि यसै अनुसार चल्ने प्रतिबद्धताहरू आउनु वा सकारात्मक संकेतहरू देखा पर्नु नै सुधारमुखी अवस्था हो । बढी मात्रामा सुधार गर्नेतर्पm लम्कनु र लम्कन खोज्ने प्रयास नै सधारमुखी कदम हो । सुधारमुखी कार्यसम्पादनले सकारात्मक परिणामको खोजी गर्दछ । सकारात्मक परिणामले सुखद व्यवस्थालाई आत्मसात गरेको हुन्छ । कुनै पनि विषयलाई उपयुक्त तरिका वा प्रक्रियाले अगाडि बढाउनका लागि अपनाइएका साधन स्रोतको समुचित प्रयोग विधि नै सुव्यवस्था हो । कुनै पनि किसिमको बाधा अड्चन नआउने खालको वा सबैलाई सर्वस्वीकार्य हुने खालको व्यवस्थाले सबै पक्षलाई शुद्धता प्रदान गरी सुशासन कायम गर्ने हुनाले आजको दिनमा सुव्यवस्थाको माग अझ बढ्दो मात्रामा आइरहेको पाइन्छ । यसलाई बेवास्ता कदापि गर्नु हु“दैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार