नयाँ बर्षमा सस्कृती रक्षा दौड

भैरहवा । नव बर्ष २०७६को पहिलो दिन भैरहवामा सस्कृती रक्षा दौड आयोजना हुने भएको छ ।

हिन्दु सेवा संघ जिल्ला समिति रुपन्देहीले बिगतका बर्षहरुमा जस्तै यो बर्ष पनि सस्कृती रक्षा दौडलाई निरन्तरता दिदै कार्यक्रम गर्न गैरहेको संघका जिल्ला सेवा प्रमुख अरुण अग्रवालले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिए ।

संघले पहिलो पटक २०६८ सालमा संस्कृती रक्षा दौड आयोजना सुरु गरेकोमा यो नवौ सस्करणका रुपमा आयोजना हुन गैरहेको अग्रवालले उल्लेख गरे ।

धर्म सस्कृतीको रक्षा गर्न सचेतना फैलाउने उद्धेश्यले आयोजना गर्न गैरहेको यो दौडले हिन्दु सभ्यता सस्कृती, सनातन धर्मलाई अझ बढी मजबुत बनाउने उद्धेश्य रहेको सस्कृती रक्षा दौडका संयोजक राजु शर्मा ढकालले बताए ।

सस्कृती रक्षा दौड भैरहवा बर्मेलीटोलबाट सुरु हुनेछ । त्यहा बाट नारायणस्थान मन्दिर मैत्री पथ, निर्भाना होटल अगाडी बाट बसपार्क हुदै देबकोटा चोक र बर्मेलीटोल सम्म ५ किमि दुरी निर्धारण भएको संयोजक ढकालले बताए ।

दौडमा सहभागीहरुका लागी प्रोत्साहन स्वरुप प्रथम हुनेलाई ११ हजार, दोश्रो हुनेलाई ५हजार १ सय तेश्रो हुनेलाई ३ हजार १ सय र सान्त्वना स्वरुप २ जनालाई जनही १ हजार रुपैया प्रदान गरीने सस्थाका बिभाग कार्यवा रबिकान्त उपाध्यायले बताए ।

गत बर्षको दौडमा करीब ८ सयको सहभागिता रहेकोमा यो पटक १ हजार जनाले सस्कृती रक्षा दौडमा भागलिने आयोजकले जनाएका छन् । कार्यक्रममा सहभागी हुन मुख्य अतिथीका रुपमा प्रख्यात हाश्यकलाकार जितु नेपाल आउने भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार