तिनाउ गाउँपािलकाले बाड्यो जस्तापाता

पाल्पा । तिनाउ गाउँपालिकाले विपन्न परिवारलाई जस्तापाता निःशुल्क बाँडेको छ ।

खरको छानो विस्थापन गर्ने कार्यक्रम अन्तर्गत गाउँका विपन्न परिवारलाई जस्तापाता सहयोग गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका विपन्न परिवारको आर्थिक अवस्था हेरेर बितरण गरिएको गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताए ।

खरको छानोमा आगलागी तथा हावाहुरीको समस्या हुने भएकाले उनीहरुलाई जस्ता पाताको घर छाउनको लागि गाउँपालिकाको दिएको हो ।

विपन्न र आयआर्जनमा कमजोर परिवारलाई छनोट गरेर जस्तापाता वितरण गरिएको गाउँपलिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताए ।

गाउँपालिका भित्रका ५६ घर परिवारलाई ३ वण्डलका दरले जस्तापाता वितरण गरिएको छ । यसवर्ष २० लाख बजेट विनियोजन गरेर त्यसैबाट बितराण गरेको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले बताए ।

गाउँपालिकामा करिब ४ सय घर फुसका छाना थिए । अघिल्लो वर्ष पनि केही घरलाई बितरण गरेको हो । अर्को वर्षको बजेटबाट फुसको छानो विस्थापनको लागि सहयोग गरेर फुसको छानो रहित गाउँपालिका बनाउने अभियानमा लागेको उनले बताए ।

गाउँपालिकामा रहेका विपन्न परिवारलाई आर्थिक स्तर उकास्ने कार्यक्रम रहेको छ । प्रदेशबाट समेत विभिन्न खालका कामको सुरुवात गरिएको प्रदेश सांसद तुलाराम घर्तीले बताए ।

आफ्नो निर्वाचन क्षेत्रभित्रका गाउँहरुमा आयस्तर वृद्धि, सडक, खानेपानी लगायतका क्षेत्रमा आफूले प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर कार्यक्रम अगाडि बढाएको सांसद घर्तीले बताए । यसवर्ष गाउँपालिकाले दलित तथा विपन्न परिवारलाई छनोट गरेर वितरण गरेको छ ।

आगामी वर्षमा समेत यस्तो कार्यक्रमलाई निरन्तरता दिइने वडाध्यक्ष प्रेम पाण्डेले बताए । जिल्लाका आठ तहले जस्तापाता बितरणलाई महत्व दिएका छन् । उनीहरुले आगामी वर्षमा खरको छाना मुक्त गराउने अभियान थालेको बताएका हुन् ।

रैनादेवी छहरा गाउ“पालिकाले अघिल्लो वर्ष ५ सय र यसवर्ष ७ सय विपन्न परिवारलाई जस्तापाता बितरण गरेको अध्यक्ष रामबहादुर कार्कीले बताए ।

गएको वर्ष ६० लाख र यसवर्ष एक करोड विनियोजन गरेको थियो । गाउ“पालिकाले आउने वर्षमा बा“की सबै परिवारलाई खरको छानोमुक्त गराउने योजना बनाएको उनले बताए ।

बगनासकाली, तिनाउ, रम्भा, माथागढी, रिब्दीकोट गाउ“पालिकाका साथै तानसेन र रामपुर नगरपालिकाले पनि खरको छाना आउने वर्षमा हटाउने अभियानमा छन् ।

रामपुर नगरपालिकाभित्र अझै पनि ५ सय परिवार खरको छानामुनी बसोबास गर्छन् । आउने वर्षमा सबै खरको छाना हटाउने र त्यसका लागि प्रदेश सरकारसंगसमेत समपुरक कोषका लागि योजना बनाएको नगरप्रमुख रमण बहादुर थापाले बताए ।

स्थानीय तहले वडावडाबाट विपन्न परिवार छनोट गर्ने र सोही अनुसारको आवश्यक टिनको पाता दिने गरेको उनले बताए ।

माथागढी गाउ“पालिकाले भने घर निर्माण सक्ने बेलामा २० हजार नगद दिने गरेको छ । विपन्न परिवारलाई पनि यसले ठूलो राहत पुगेको गाउ“पालिका अध्यक्ष सन्तोष थापा मगरले बताए । अझै पनि जिल्लामा २ हजार बढी परिवार खरको छानामुनि बसोवास गर्छन् ।

ठूलो हावाहुरी आउ“दा खरको छाना उडाउने, आगलागीमा सबै भन्दा बढी जोखिम हुने भएकाले पनि स्थानीय तहले खरको छाना हटाउने अभियान थालेको बगनासकाली गाउ“पालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए ।

आर्थिक रुपमा सम्पन्न र विपन्नको विभेद हटाउन पनि स्थानीय तहले यसरी खरको छाना हटाउन थालेको उनले बताए । ‘विपन्न परिवारको नाममा खर्च हुने बजेटको सही सदुपयोग गर्दै आगामी दिनमा उनीहरुलाई आयआर्जनका लागि उत्प्रेरणा जगाउने योजना छ,’ उनले भने ।

गाउ“पालिका भित्रका सबै वडाको तथ्यांक लिएर जस्तापाता बितरण थालेका हुन् । जसले गर्दा वडा, गाउँपालिका, प्रदेशको बजेटलाई राखिएको छ । अहिले सबै गाउँपािलकामा यो अभियानले सार्थकता पाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार