पाल्पा बंशगोपाल व्यापार मेला चल्दै

पाल्पा । पाल्पा वंशगोपाल कृषि, पर्यटन तथा सांस्कृतिक व्यापार मेला २०७५ मा दैनिक १० हजारले मेला अवलोकन गरिरहेका छन् । दैनिक १० लाख बराबरको स्टलमा कारोबार भएको छ ।

मेलामा दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुतिले दर्शकलाई मेलामा आकर्षण गराएको छ ।

सालको पातको टपरी हुने… गीतका गायक कुलेन्द्र वि.कलाई प्रत्यक्ष हेर्न पाएका थिए भने अन्य लोकप्रिय कलाकारहरुलाई प्रत्यक्ष हेर्न पाएका छन् ।

हाँस्यकलाकार माइला बा, जादुगर बलराम सरकार, मिस पाल्पा अडिसन राउण्ड लगायतको प्रस्तुतिले दर्शक तानेको छ ।

स्थानीय कलाकार साथै नृत्य प्रतियोगिता आयोजना गरिएको छ । खुल्ला भलिबल प्रतियोगिताले पनि दर्शकलाई तानेको छ ।

राष्ट्रिय कलाकार रमेशराज भट्टराई, हास्य टेलीशृङ्खलाका चर्चित कलाकार बले अनि कक्रोजको साथै स्थानीय कलाकारको प्रस्तुतिले पनि दर्शक तानेको छ ।

आयोजकले मेलामा प्रवेशको लागि काटिएको टिकटमा दैनिकी पुरस्कारको व्यवस्था समेत गरेका ेछ । जेष्ठ नागरिक र अपाङगको लागी निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

तानसेन नगरपालिकाको बाँसटारीमा बंशगोपाल कृषि, पर्यटन तथा साँस्कृतिक मेलाले आर्थिक कारोबारमा वृद्धि भएको छ ।

नयाँ वर्षको अवसरमा तानसेनदेखि ८ किलोमिटर टाढाको बाँसटारीमातानसेन नगरपालिका वडा नं ७ को वंशगोपाल युवा क्लबले आयोजना मेला आयोजना गरेको हो ।

युवाहरुको सक्रियतामा गरेको पाल्पा वंशगोपाल कृषि, पर्यटन तथा साँस्कृतिक मेलाको औद्योगिक शान्ती नेपाल संस्था र वडा नम्बर ७ को सह–आयोजनामा मेला चलेको छ ।

वैसाख २ गतेसम्म संचालन हुने मेलामा २ सय बढी स्टलहरु रहेका छन् । महोत्सव अवधिमा नृत्य प्रतियोगिता तथा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्धारा सास्कृतिक कार्यक्रमले दर्शक तानेको मूल आयोजक समितिले जनाएको छ ।

उपभोक्तालाई एउटै थलोबाट सम्पूर्ण सामानहरु उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको मेलामा दैनिक प्रयोगमा आउने उपभोग्य सामाग्रीहरु, खाद्यान्नहरु, लत्ताकपडा, भाँडाकुडा तथा हस्तकलाका सामाग्रीहरु, अटोमोवाईल, इलेक्ट्रिक सामाग्रीहरु, वाल उद्यान, रोटे पिङ, मारुती सर्कस, कोलम्बस, जादु, चिडियाघर तथा वालवालिकाका लागि खेल्न उपयोगी सामाग्रीहरु राखिएको आयोजकले जनाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार