दोस्रो मेयर कप सुरु

माधव बेल्वासे /कपिलवस्तु चन्द्रौटा । शिवराज नगरपालिकाको दोस्रो मेयर कपको सुरु भएको छ ।

यस पटक नगर खेलकुद विकास समितिको आयोजनामा खेल संचालन गरिएको हो ।खेलको उद्घाटन गर्दै प्रदेश न ५ का आन्तरिक मामलिा तथा कानुन मन्त्री मन्त्री कुल प्रसाद के.सीले खेल वाट समृद्ध बन्ने आधारहरु रहेको वताए ।

खेलको माध्यमबाट देशलाई अन्तराष्ट्रिय स्तर सम्म पहिचान गराउन सफल भएको अवस्थामा स्थानिय तहमा आयोजना हुने यस्ता प्रतियोगिताले नयाँ खेलाडी जन्माउने उनले बताए ।

खेलबाट आपसी भाइचारको सम्बन्ध पनि मजबुत बन्ने र युवाहरुलाई खेलकुद प्रति आर्कषित गर्दा युवा कुलतबाट बच्ने मन्त्री के.सी.ले जनाए ।

कार्यक्रममा नगरको सानको रुपमा आयोजना हुने यस्ता प्रतियोगितमा धेरैलाई सहभागि गराउनु पर्ने प्रदेश सभा सदस्य अर्जुन कमार के.सी.ले बताए ।

खेललाई सभ्य रुपमा सम्पन्न गर्न नगरले गरेको लगानीलाई उचित प्रयोग गर्नु पर्नेमा जोड दिएका थिए । प्रतियोगितामा महिला खेलाडी विच पनि प्रतिष्पर्धा रहेकोले यस क्षेत्रका खेलाडी युवतीहरुलाई पनि खेलको माध्यमको जोड्न सफल भएकोमा आयोजकलाई धन्यवाद दिए ।

गत बर्षबाट सुरु भएको मेयर कप प्रतियोगिताका दोस्रो चरण आइपुग्दा केहि परिमार्जित भएको पाइएको नगर प्रमुख नेत्रराज अधिकारीले बताए ।

मेयर कप प्रतियोगितामा आगामी बर्ष देखि अन्य खेलहरु पनि समेट्नु पर्ने प्रमुख अधिकारीले बताए । खेलमा पुरुष तर्फ १० टिम र महिला तर्फ ८ टिम रहेको आयोजकले जनाएको छ ।
जनप्रतिनिधी भर्सेज पत्रकार
मेयर कपको उद्घाटनमा जनप्रतिनिधी र स्थानिय पत्रकार विच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

नगर प्रमुख नेत्रराज अधिकारीको कप्तानीमा जनप्रतिनिधीको टिम मैदानमा उत्रिएको थियो भने अकोराव प्रदेश नं.५ का उपाध्यक्ष राजु खरालको कप्तानीमा पत्रकारको टिम भिडेको थियो ।
मैत्री पूर्ण भएको खेलमा २÷२ को बराबरीमा खेल सम्पन्न भएको छ । खेलको पहिलो हापमा पत्रकार चिन्ता परियारको पासमा पत्रकार दिपक के.सी.ले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा भने जनप्रतिनिधीको आक्रामक प्रर्दशनी रहेको थियो खेलको दोस्रो हाफमा लगातार २ गोल गर्दै जनप्रतिनिधीले अग्रता लिएका थिए ।

खेलमा प्रदेश नं. ५ का प्रदेश सदस्य अर्जुन कुमार के.सी.को प्रवेश संगै पत्रकारलाई जनप्रतिनिधीले दवाव राखेका थिए । खेलको अन्तिम ५ मिनेटमा दोस्रो गोल गर्दै पत्रकारको टिम बराबरीमा आएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार