अध्यक्षकपको उपाधी दोहलीलाई

शिवलाल सुवेदी / गुल्मी । इस्मा गाउँपालिकाद्धारा आयोजित अध्यक्षकप भलिवलको उपाधी गाउँपालिका ४ दोहलीले जितेको छ ।

२५ चैत्रबाट तीनसम्म संचालन भएको प्रतियोगीतामा वडा नं २ लाई पराजित गर्दै दोहलीले उपाधी हात पारेको हो ।

इस्मा गाउँपालिका ३ दर्लामचौरको ठाढुङ्गा माध्यमिक विद्यालयको खेलमैदानमा संचालन भएको प्रतियोगीतामा दोहलीले लगातार तीन सेटनै जितेर अध्यक्षकप आफ्नो पोल्टामा पारेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए । गाउँपालिका वडा नं २ हस्तिचौर उपबिजेता बनेको छ ।

वस्नेतका अनुसार वडा नं ५ रजस्थलले तृतिय स्थान प्राप्त गरेको छ भने प्रतियोगीतामा बिजेता वडा नं ४ दोहलीले ३३ हजार पाँच सय, उपबिजेता वडा नं २ हस्तिचौरले २६ हजार सात सय र तृतिय हुने वडा नं ५ रजस्थलले २० हजार प्राप्त गरेका छन ।

बिजेता समुह दोहलीका पदम अछामी उत्कृष्ट खेलाडीको रुपमा सम्मानित भएका छन् । प्रतियोगीतामा उपबिजेता वडा नं २ हस्तिचौरका कमल रेश्मी मगर अनुशासित खेलाडीको रुपमा पुरस्कृत भएको स्रोत व्यक्ति लाल बहादुर कुवंरले बताए ।

अनुशासिकत र उत्कृष्ट खेलाडीले १५÷१५ सय प्राप्त गरेका छन् । गत बर्षको अध्यक्ष कप इस्मा गाउँपालिका वडा नं ५ रजस्थलले प्राप्त गरेको थियो । बिजेता सवै खेलाडीलाई गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत लगायतले सम्मान गरेका थिए ।

कार्यक्रमलाई संबोधन गर्दै गाउँपालिका प्रमुख बिष्टले खेल र खेलाडीहरुको बृति र विकासको लागि आफुहरु गम्भिर भएकाले प्रतियोगीताको आयोजना गरिएको बताए । उनले आगामी दिनमा समेत नयाँ योजना र कार्यक्रमहरु संचालन गरिने बताए ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले स्वास्थ्य र अनुशासनको लागि खेल धेरै महत्वपूर्ण भएकाले अझै सक्रिय र उत्साहित भएर खेल क्षेत्रमा लाग्न खेलाडीहरुलाई आग्रह गरे ।

कार्यक्रम इस्मा गाउँपालिका अध्यक्ष कप भलिवलको प्रतियोगीता संचालन समितिका संयोजक तोयनाथ शर्मा सापकोटाको अध्यक्षता र स्रोत व्यक्ती लाल बहादुर कुवंरको संचालनमा सम्पन्न भएको थियो ।

साथै गाउँपालिका उपप्रमुख बिमला खत्री, वडाध्यक्षहरु चुरा बहादुर खत्री, टीका रेश्मी, गनु प्रसाद अधिकारी, कार्यपालिका तथा गाउँसभा सदस्य लगायतको प्रतियोगीतामा सहभागीता रहेको थियो ।

प्रतियोगीताको उद्घाटन प्रदेश नं ५ का सांसद खडग बहादुर केसीले चैत्र २५ गते गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार