राष्ट्रिय स्तरको कुस्ती प्रतियोगीता सुरु

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिको बुङचीमा बुधवार आठौं राष्ट्रिय खेलकुद अन्तर्र्रगत कुस्ति प्रतियोगीता सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद र कुस्ती संद्धारा गरिएको कुस्ती चौधो राष्ट्रिय कुस्ती प्रतियोगीता पनि हो ।

जिल्लाको वाणगंगा नगरपालिकाको बुङ्चीमा स्थित सिद्धार्थ क्याम्पसको सभाहलमा कुस्ति खेल सुरु भएको हो । कुस्तिमा सातै मध्ये ६ वटा प्रदेश र दुई विभागीय टिमको सहभागीतो छ । प्रतियोगीतामा प्रदेश ४ ले सहभगी भएको छैन । प्रतियोगीता लिगको आधारमा खेलाईने छ ।

सहभागीता नभएको आयोजकले जनाएको छ । चैत्र २९ गते सम्म चल्ने खेलमा महिला र पुरुष सहभागी छन् । कुस्ति खेलका मुख्य प्रशिक्षक मुमताव अलि इद्रीसका अनुसार कुस्ति खेलमा ५१ जना महिला र ८० जना पुरुष खेलाडीले सहभागीता जनाएका छन । महिला र पुरुषको बिभिन्न १० ओजन अनुसार खेल खेलाईन छ ।

पुरुष तर्फ ५७, ६१, ६५, ७०, ७४, ७९, ८६, ९२, ९७ र १ सय २५तौल समुहको खेल हुनेछ । यस्तै महिलाको ५०, ५६, ५५, ५७, ५९, ६२, ६५, ६८, ७२, र ७६ किलो तौल समुह बिच प्रतिस्पर्धा हुनेछ । बुधवार कुल ४४ खेल संपन्न भएका छन । गर्मीले गर्दा प्रतियोगीता साझ खेलाईएको छ ।

कुस्ति खेल वर्ड युनाइटेड रेस्लिङ फेडेरेशनको नियम अनुसार खेलाइने मुख्य प्रशिक्षक इद्रीसले बताए । कुस्ति खेलका लागि फिला प्रमाणित म्याट कभर प्रयोग गरिएको उनले जनाए । यस्तो म्याट नेपालमा पहिलो पटक प्रयोग गर्न थालिएको उनको भनाई छ । कुस्ति खेलमा ५० केजी देखि ९० केजी तौल समुहका खेलाडी सहभागी छन् ।खेल खेल्नका लागि जिल्लामा खेलाडी मंगलबार नै आएका थिए ।

उनीहरुलाई चारनम्बर जितपुरका विभिन्न होटलमा खान र बस्नको व्यवस्था मिलाइएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष छविलाल रेश्मी मगरले जानकारी दिए । बुधबार उद्घाटसस्त्रको खेल भएको छ । बुधबार ५४ जोडीले कुस्ति खेल खेलेका छन् ।

कुस्ती खेलको युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले उद्घाटन गरे । उद्घाटनसस्त्रमा जिल्लाका जनप्रतिनिधि, सरोकारवाला र संघसंस्थाको प्रतिनिधि सहभागी थिए । कुल २ सय ५० खेलाडी सहभागी छन । आफनो तौल समुहमा बिजयी हुने खलाडीलाई नगद १५ हजारका दरले समेत पुरस्कार दिने कार्यक्रम छ ।

उता आठौ राष्ट्रिय खेलकुद प्रतियोगीता अन्र्गत महिला फुटबल समेत कपिलवस्तुको बाणगंगा नगरपालिकाको बुद्ध रंगशालामा हुने भएको छ । यही बैशाख ४ देखि ११ गते सम्म खेल हुने जिल्ला खेलकुद विकास समितिका अध्यष छबी रेस्मी मगरले बताए ।

खेलमा ७ वटा प्रदेश र ३ बिभागीय टोली सहभागी हुनेछन । बिभागीय टोलीमा नेपाल प्रहरी सशसत्र प्रहरी र नेपाली सेना छन । प्रतियोगीता तयारीमा जुटेको अध्यक्ष रेस्मी मगरले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार