बुटवलमा लन टेनिसबाट प्रतियोगिता सुरु

बुटवल । राष्ट्रिय खेलकुद अन्तर्गत बुटवलमा लन टेनिस शुरु भएको छ । प्रतियोगिताको एक कार्यक्रमकाबीच प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरे । बुटवलको देविनगरस्थित लन टेनिस कोर्टमा भएको प्रतियोगितामा पहिलो दिन टिमबीच प्रतिष्पर्धा भएको छ ।

टिम इभेन्ट अन्तर्गत एनआरएनले जित हासिल गरेको छ । प्रदेश नम्बर ५ संग प्रतिष्पर्धा गरेको एनआरएनले तीन वटै विद्यामा जित निकालेको हो । एनआरएनका दावा शमाले प्रदेश ५ का सन्जय श्रेष्ठलाई हराएका छन् । त्यस्तै संयकभुषण बज्राचार्यले भिक्ष्णा काउचालाई हराए । त्यस्तै डवल तर्फ अमृत पौडेल र दावा शेर्पाको जोडीले प्रदेश ५ का अनिल सेञ्चुरी र रामबहादुर विकको जोडीलाई ६–४ र ६–३ को सेटमा हरायो ।

त्यस्तै एपिएफले टिम इभेन्टमा जीत निकालेको छ । प्रदेश नम्बर ३ विरुद्ध एपिएफले तीन वटै खेलमा जीत निकालेको हो । प्रतियोगितामा जेवेन्द्र परियारले शिवराम मगरलाई हराए । सन्तोष खत्रीले कृष्ण गोविन्दलाई पराजित गरे । त्यस्तै आत्माराम काकी र छेवान लामाको जोडीले निशान श्रेष्ठ र इभेट जोशीको जोडीलाई ६–३ र ६–३ सेटमा हरायो ।

त्यस्तै नेपाली सेना र प्रदेश ३ का महिलाबीचको खेलमा सेनाकी इरा रावत बिजयी भइन । उनले प्रदेश नम्बर ३ की राइना शाहालाई ६–२, ७–५ मा हराइन । त्यस्तै अभिलासा विष्टले प्रकृति श्रेष्ठलाई ६–२, ६–० ले हराइन । त्यस्तै महिला डबल्समा इरा रावत र अभिलासा विष्टको टिमले राइना शाहा र एलिना रेग्मीको जोडीलाई ६–१ र ६–० सेटमा पराजित गरे ।

त्यस्तै टिम इभेन्टका सिंगल र डवलतर्फ नै नेपाली सेनाका इरा रावत, अभिसा विष्टले जीत हासिल गरे । उनीहरुले प्रदेश ३ का रश्ना शाह, प्रकृति श्रेष्ठलाई पराजित गरे । डवलतर्फ रायना शाह, अलिसा रेग्मीको टिम पराजित भए । त्यस्तै गण्डकी प्रदेशका सलोनी तामाङ र अलेस्या निसोनोथिय बिजयी भए ।

प्रतियोगितामा प्रदेश ३, गण्डकी प्रदेश, प्रदेश ५, एपिएफ, नेपाल आर्मी र एनआरएनका खेलाडी प्रतिष्पर्धा गर्दै छन् । प्रतियोगितामा भोली व्यक्तिगत प्रतिष्पर्धा हुने स्थानीय संयोजक गोपाल ज्ञवालीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार