गण्डकी बैंकद्वारा वित्तीय साक्षरता लागी सहयोग हस्तान्तरण

पोखरा । गण्डकी विकास बैंक लि. र सामुदायिक सुचना समाज पोखराको संयुक्त व्यानरमा संचालित पोखरा महानगरपालिकाका ३३ वटै वडामा सुचनाको हकको महत्व तथा वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमका लागि गण्डकी विकास बैंकले सहयोग प्रदान गरेको छ ।

गण्डकी विकास वैंक लि. का प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले सामुदायिक सुचना समाज पोखराका अध्यक्ष दीपक आचार्यलाई रु एक लाखको चेक हस्तान्तरण गरे ।

विभिन्न मिति र समयमा गरी पोखराका ३३ वटै वडामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

जनताले बैंक तथा वित्तीय संस्थाबाट लिने वित्तीय सेवा र सरकारी तथा गैर सरकारी संस्थाबाट जनताले पाउने हक अधिकार, दायित्व तथा सेवा सुबिधाको बारेमा जनतालाई जानकारी गराईएको प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार