यस्तो छ हुण्डाई नया वर्ष २०७६ योजना

काठमाडौ । हुण्डाई मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाली नया वर्ष २०७६ लक्षित आकर्षक योजना सार्वजनिक गरेको छ ।

यो योजना अन्र्तगत ग्राहकहरुले आकर्षक नगद छुट प्राप्त गर्नुको साथैै एक वर्षको
निःशुल्क वीमा, रु ५० हजार सम्मको एक्सचेन्ज बोनस तथा रु १५ हजारको लोयल्टी बोनस पनि प्राप्त गर्न सक्नेछन् ।

सबै हुण्डाई गाडीहरु ४ वर्षको नि ःशुल्क सर्भिसीङ्ग तथा ३ वर्षको वारेन्टी सहित उपलब्ध छन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल भरी १५ डिलरहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्यमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करौंडांै ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

“हुण्डाई न्यू इयर डिलाइट” नेपालको सम्पुर्ण डिलर नेटवर्कमा उपलव्ध छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार