यशोधरामा गाउपालिमा गरिएको कर बृद्धिकाे बिरोध

कपिलवस्तु । कपिलबस्तुको यशोधरा गाउँपालिकाबाट भएको कर वृद्धिको बिरोधमा स्वतन्त्र नागरिक समुहले गाउपालिकाको कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन–पत्र बुझाएको छ ।

नगरपालिकाले कर, शुल्क र राजस्व अत्याधिक वृद्धि गरेर नगरवासी सबैको ढाड सेक्नमा लागेको आरोप लगाउँदै समुहले बिभिन्न ११ बुँदे माग राख्दै गाउपालिकाका अध्यक्ष गिरिजेश कुमार पाण्डेलाई ज्ञापन–पत्र बुझाएका हुन् ।

गाउँपालिकाले लगाएको विभिन्न प्रकृतिका करहरुमा यसै जिल्ला भित्र रहेका अन्य स्थानीय तहको अनुपात भन्दा अत्याधिक कर लगाएकोले सो कर अभिलम्ब घटाउनुपर्ने, स्थानीय जनताको आर्थिक स्थिति अनुसार विभिन्न सिफारिस दस्तुरहरु निःशुल्क तथा जिल्ला भित्रका स्थानीय तहको अनुपातमा हुनुपर्ने माग गरेका छन् ।

समुहले हाल गाउँपालिका लिईरहेको नयाँ कर, शुल्क र राजस्व पूर्ण रुपमा स्थगित हुनुपर्ने, पुरानो कर पनि संशोधन पश्चात मात्र लागु गर्नुपर्ने, आ.व. २०७५÷०७६ को वडा र नगर स्तरीय योजनाहरुको लागत ईष्टिमेट सहित मुल्यांकन विवरण उपलब्ध गराउनु पर्ने, विभिन्न निकायबाट गाउपालिकामा दाखिला भएको आम्दानीको विवरण उपलब्ध गराउनु पर्ने, कोटेशन र सडक बोर्डको कार्यको विवरण उपलब्ध गराउनु पर्ने, आन्तरिक कोषबाट नियुक्ति गरिएका कर्मचारीको विवरण उपलब्ध गराउनु पर्ने, घटना दर्ता, मृत्यू दर्ता, विबाह दर्ता, बसाईसराइ निःशुल्क हुनुपर्ने र विभिन्न शिर्षकमा वडा र गाउपालिकामा खरिद भएका समाग्रीहरुको भुक्तानीको विवरण उपलब्ध गराउनु पर्ने माग राख्दै अध्यक्ष पाण्डेलाई ज्ञापन–पत्र बुझाएका हुन् ।
ज्ञापन–पत्र बुझ्दै गाउपालिका अध्यक्ष पाण्डेले माग गरिएको विवरण केहि दिनपछि उपलब्ध गराउने बताए । माग गरिएको सुचना दिन कुनै समस्या नरहेको भन्दै अध्यक्ष पाण्डेले नेपाल सरकारको निति अनुसार कर लगाईएको बताए ।

उनले आन्तरिक छलफल गरेर करको बिषयमा निर्णय लिन सक्ने बताऐ । बिशेषगरि कृषि, शिक्षा तथा स्वास्थ्य लगायत जनतासँग प्रत्यक्ष सरोकार भएका योजनाहरुमा बढी रकम विनियोजन गर्नुपर्ने माग समुहले गरेको स्वतन्त्र नागरिक समुहका संयोजक राकेश कुमार पाठकले बताए ।

गाउँपालिका भित्र नेपाल भारतको सीमानामा रहेको मर्जादपुरमा सार्वजानिक शौचालय निर्माण गर्नुपर्ने बिभिन्न ११ बुंदे माग सहित आजै जिल्ला प्रशासन कार्यालय कपिलबस्तुमा समेत ज्ञापनपत्र बुझाइएको छ ।

ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले ज्ञापनपत्रका बिषयमा गम्भिर रुपमा संबोधनका लागी गाउपालिकासंग सल्लाह गरिने बताए ।

ज्ञापन–पत्र बुझाउन पुगेका स्थानीय अनारुल्लाह मुसलमानले अहिलेसम्म मालपोत राजस्व बाहेक कुनै कर नबुझाएको अबस्थामा एकै पटक बिभिन्न किसिमको कर लगाई समस्यामा पारेको बताए ।

आमगाउबासीको भाबनालाई ख्याल गरी गाउपालिका र स्थानीय प्रशासनमा ज्ञापनपत्र बुझाउनु परेको स्थानिय धिरेन्द्र कुमार चौधरीले बताए ।

ज्ञापन–पत्र बुझाउने क्रममा राकेश कुमार पाठक, निजामुद्दीन मुसलमान, अनारुल्लाह मुसलमान, अब्दुल सज्जाक मुसलमान, मोल्हू प्रसाद गुप्त, अब्दुल क्युम खान, नन्दलाल कलवार, विजय नन्द चौबे, मोहम्मद मुर्तजा मुसलमान, श्रीनाथ चौधरी, बालजी चौधरी, राधेश्याम पाठक, कन्हैया जयसवाल, घनश्याम तिवारी, धर्मेन्द चौधरी, ओमप्रकाश जयसवाल, विष्णु प्रसाद मिश्रा, धिरेन्द्र कुमार चौधरी, रामरक्षा पाठक,र अजय कुमार चौधरी लगायतका सहभागि रहेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार