बाँसटारीमा बंशगोपाल कृषि, पर्यटन तथा साँस्कृतिक मेला सुरु

पाल्पा । तानसेन नगरपालिकाको बाँसटारीमा बंशगोपाल कृषि, पर्यटन तथा साँस्कृतिक मेला सुरु भएको छ ।

नयाँ वर्षको अवसरमा तानसेनदेखि ८ किलोमिटर टाढाको बाँसटारीमा राखेको मेलाको पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभा सांसद सोमप्रसाद पाण्डेयले उद्घाटन गरेका छन् ।

तानसेन नगरपालिका वडा नं ७ को वंशगोपाल युवा क्लबले आयोजना मेला आयोजना गरेको हो । युवाहरुको सक्रियतामा गरेको पाल्पा वंशगोपाल कृषि, पर्यटन तथा साँस्कृतिक मेलाको औद्योगिक शान्ती नेपाल संस्था र वडा नम्बर ७ को सह–आयोजनामा मेला सुरु भएको हो ।

युवाहरुको अथक मेहनत, आर्थिक कारोबारको वृछि, युवामा देखिएको सकारात्मक सोंचको प्रतिफल भएको कार्यक्रमका प्रमुख अतिथि साँसद पाण्डेयले बताए ।

उनले प्रभास, बाँसटारी क्षेत्रका युवाहरुको उर्जावान् सोंच र क्रियाशिलता सबैले उदाहरणका रुपमा सिक्नुपर्नेमा जोड दिए । तानसेनमा मात्र होइन, तानसेन बजार बाहिर पनि मेला सफल बनाउन सकिन्छ भन्ने उदाहरण पेश गर्नुपर्नेमा जोड दिँदै सबै क्षेत्रबाट सहयोग हुनुपर्ने उनले बताए ।

महोत्सव उद्घाटनका अवसरमा नेपाली कांग्रेसका जिल्ला सचिव अजयमान कमाचार्य, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, राप्रपाका केन्द्रीय सदस्य डुलबहादुर कुँवर, नगरप्रमुख अशोककुमार शाही, प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल, वडाध्यक्ष मुक्तिराम जीसी, लुम्बिनी मेडिकल कलेजका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेल, पाल्पा उद्योग वाणिज्य संघका सदस्य प्रेम श्रेष्ठ, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष भरत शर्मा, त्रिलोचन पौडेल लगायतले मेला तथा महोत्सवले आर्थिक कारोबार बढाउनका साथै यस क्षेत्रको प्रचारप्रसार हुने बताए । उनीहरुले तानसेनदेखि केही टाढा भएपनि महोत्सव सम्पन्न हुने कुरामा कुनै दुईमत नरहेको बताए ।

मेला उद्घान अघि टोलविकास संस्था, विभिन्न क्लब, संघसस्थाहरुले झाँकी, ¥याली सहित वाँसटारी, वंशगोपाल, प्रभास क्षेत्र परिक्रमा गरेका छन् ।

वैसाख २ गतेसम्म संचालन हुने मेलामा २ सय बढी स्टलहरु रहेका छन् । खुल्ला भलिवल प्रतियोगिता मुख्य आकर्षण रहने आयोजकले जनाएका छन् । महोत्सव अवधिमा नृत्य प्रतियोगिता तथा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्धारा सास्कृतिक कार्यक्रमको आयोजना हुने मूल आयोजक समितिले जनाएको छ ।

उपभोक्तालाई एउटै थलोबाट सम्पूर्ण सामानहरु उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको मेलामा दैनिक प्रयोगमा आउने उपभोग्य सामाग्रीहरु, खाद्यान्नहरु, लत्ताकपडा, भाँडाकुडा तथा हस्तकलाका सामाग्रीहरु, अटोमोवाईल, इलेक्ट्रिक सामाग्रीहरु, वाल उद्यान, रोटे पिङ, मारुती सर्कस, कोलम्बस, जादु, चिडियाघर तथा वालवालिकाका लागि खेल्न उपयोगी सामाग्रीहरु राखिएको आयोजकले जनाएका छन् ।

पत्रकार सम्मेलनमा बंशगोपाल युवा क्लबका अध्यक्ष प्रदीप खनालले मेलामा १ सय ५० बढी स्टल रहने बताए । उपभोक्तालाई एकै थलोबाट सम्पुर्ण सामान उपलब्ध गराउने उद्देश्य रहेको उनले बताए । ‘आर्थिक गतिविधिलाई चलायमान गराउनुपर्छ भनेर नै मेला गर्न लागेका हौं,’ अध्यक्ष खनालले भने, ‘नया“ वर्षको अवसरमा वृहत पर्यटन तथा सा“स्कृतिक मेला गर्दा आर्थिक गतिविधि बढ्ने छ ।’

मेलामा मानवीय दैनिक जिवनमा प्रयोग आउने सम्पुर्ण दैनिक उपभोग्य सामाग्रीहरु उपलब्ध हुनेछन् । खाद्याान्न सामाग्रीहरु व्भििन्न प्रकारका लत्ताकपडा, फेन्सी सामान, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु प्रदर्शनी, बिक्री बितरण हुने आयोजकले जनाए । मेलामा भा“डाका सामाग्रीहरु, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहनेछ । स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ भने स्थानीय कला संस्कृति सहितको झा“की ¥याली आयोजना हुने क्लबका अध्यक्ष खनालले बताए ।

खुल्ला भलिबल प्रतियोगिताको आयोजना हुनेछ । नृत्य प्रतियोगिता मेलाको विशेष आकर्षण हुनेछ । मेलामा अटोमोबाइल, विभिन्न ब्राण्डका मोबाइल, इलेक्ट्रोनिक्स सामानहरुको स्टल राख्न आव्हान गरिएको उनले बताए । बिक्री गरिने सामानहरुमा २५ देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ । मेलामा आउनेहरुका लागि स्वास्थ शिविर समेत सञ्चालन हुने उनले बताए ।

मेला एक लाख उपभोत्ताले प्रत्यक्ष मेला अवलोकन गर्ने र सेवा प्राप्त गर्ने विश्वास आयोजकको छ । करिब १ करोड ५० लाख रुपैया“को कारोबार हुने अपेक्षा रहेको उनले बताए । प्रत्येक दिनमा विभिन्न ब्याण्ड प्रतियोगिता, डान्स प्रतियोगिता र अन्य मनोरञ्जनात्मक कार्यक्रमले दर्शक आकर्षित हुनेछन् । मेलामा बाल उद्यान, रोटे पिङ, मारुती सर्कस, कोलम्बस जादु, सर्कस, अब्रेक, भुत, चिडिया घर, बालबालिकाको खेल सामाग्रीका साथै विभिन्न विद्या रहेनछ । राष्ट्रिय स्तरका कलाकारहरुको हा“स्य व्यङग्य सहितका मनोरञ्जनात्मक प्रस्तुति रहने क्लवका सचिव श्रीकृष्ण पोखरेलले बताए ।

मेलाले गुुल्मी, स्याङजा, अर्घाखा“ची, रुपन्देही लगायत विभिन्न जिल्लाका बासिन्दाले फाइदा लिनेछन् । पाल्पाको बा“सटारीमा हुन लागेको मेला पहिलो हो ।

यसबाट संकलित रकम तानसेन–७, प्रभास नजिकको बाघखोर फुटबल मैदान बनाउन सहयोग गर्ने आयोजकले जनाए । तानसेन–७, का वडाध्यक्ष मुक्तिराम जिसीले मेला संचालनका लागि स्थानीय सरकारको पूर्ण सहयोग रहेको बताए । क्लबका सल्लाहकार भीम बहादुर श्रेष्ठले मेलाले बा“सटारी लगायत आसपासको क्षेत्रको पर्यटकीय तथा अन्य प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।

नयाँ वर्षको अवसरमा एउटै छानामुनी सवैखाले सामाग्रीहरु उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरेको बंशगोपाल क्लबका अध्यक्ष खनालले जानकारी दिए । मेलाबाट संकलित रकमले वाँसटारी नजिक रहेको बाघखोर फुटबल मैदान बनाउन प्रयोग गरिने तानसेन वडा नं. ७ का वडाध्यक्ष मुक्तिराम जीसीले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार