सिद्धार्थ साहित्य परिषदको अधिवेशनको तयारी पुरा

भैरहवा । सिद्धार्थ साहित्य परिषदको २१ औ साधरणसभा तथा १४ औं अधिवेसनको तयारी पुरा भएको छ ।

परिषदका अध्यक्ष डिल्लीराज भट्टराईको अध्यक्षतामा शुक्रबार बसेको ३३ औं पुर्ण बैठकले शनिबार भैरहवाको होटल पीसनाइटमा विहान ८ बजेदेखी हुने साधरणसभा तथा अधिवेशनमा पेश गरिने विभिन्न प्रस्तावहरु समेत पारित गरेको छ ।

बैठकले आगमी बर्षकोलागी विभिन्न कार्यक्रमहरु समेत तय गरेको छ । यसैगरी बैठकमा साधरणसभामा पेश गर्नेगरी तयार पारेको कोषाध्यक्ष सीता काफ्ले ढुंगानाको आर्थिक प्रतिवेदन, सचिब नरेश के.सीको संगाठानात्मक प्रतिवेदन पनि अनुमोदन गरेको छ ।

यसैगरी विधान संशोधन समितीकाले पेश गरेको सिद्धार्थ साहित्य परिषद विधान २०५४ पहिलो संशोधन २०७५ लाई समेत पारीत गर्दै साधरणसभा समक्ष लैजाने निर्णय गरेको छ । प्रा.डा गितु गिरी संयोजक तथा बालकृष्ण भट्टराई र विजय सागर सदस्य रहेको विधान संशोधन समितीले उक्त विधान संशोधनको प्रस्ताव तयार पारेको हो ।

यसैगरी बैठकले परिषदको नया सदस्यकोलागी आवेदन प्राप्त भएका भाषा, साहित्य, कला, सस्कृति, संगीतका क्षेत्रमा क्रियासील विभिन्न व्यक्तित्वलाइ सदस्यता दिने गरी पेश गरेको प्रस्ताव अनुमोदन गरेको छ । यसैगरी भैरहवा क्याम्पसले महाकवि लक्ष्मी प्रसाद देवकोटाको नामबाट देवकोटा उद्यान निर्माण गरेको र कलाकार नुरमर्दन थापाले ऐतिहासीक लुम्बिनीको चित्र सिद्धार्थ साहित्य परिषदलाई अर्पण गरेको प्रति हार्दिक धन्यावाद प्रस्ताव पारित गरेको छ ।

यसैगरी बैठकले विधान संशोधन समितीलाई उल्लेख्य सहयोग गर्ने रामबहादुर श्रेष्ठ, बैठक बस्न स्थान उपलब्ध गराउने अंकुर बचत तथा क्रृण सहकारी बैंकरोड भैरहवा, नियमित संगम र विभिन्न कार्यक्रम गर्न स्थान उपलब्ध गराउने रुपन्देही क्याम्पसलाई पनि हार्दिक धन्यावाद तथा कृतज्ञता ज्ञापन गनेै निर्णय गरेको छ ।

परिषदका सल्लाहकारहरु प्राज्ञ बुद राना, प्राज्ञ प्राध्यापक डा. कपिलदेव लामिछाने, बालकृष्ण भट्टराई, मणिराम भट्टराई र विजय सागर, आजिबन सदस्य विजय पाण्डे, पुर्व उपाध्यक्षहरु रामबहादुर श्रेष्ठ र देवी न्यौपाने धीर लगायतको आतिथ्यता रहेको बैठकले साधरणसभामा सबै सदस्यहरुलाई उपस्थित हुन अनुरोध समेत गरेको अधिवेसनको संयोजक तथा परिषदको कार्यसमिती सदस्य लक्ष्मी प्रसाद अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार