बुद्धिजीवीको निश्कर्ष :‘सरकारको निर्णय हतार र अपरिपक्व’

बुटवल । सरकारले चालेका पछिल्ला कदमको बिषयमा सर्बत्र चासो ,बहस र बिश्लेषण शुरु भएका छन् ।
स्वतन्त्र मधेश गठबन्धनका नेता सिके राउतसंग गरेको ११ बुंदे संझौता राष्ट्रघाती र विप्लव नेतृत्वको नेकपालाई लगाइएको प्रतिवन्ध हतारको निर्णय भएको विज्ञहरुले टिप्पणी गरेका छन् ।
रिपोर्टर्स क्लव प्रदेश ५ को कार्यालय बुटवलमा आयोजित साक्षात्कारमा बोल्ने बक्ताहरुले सरकारले बिप्लव नेतृत्वको नेकपालाइ चिढ्याएर मुलुकमा त्रास र द्वन्द्व फैलाउने काम गरेको भन्दै सरकारलाइ सम्यम र परिपक्व बन्न समेत सुझाए ।
नागरिकको दुइतिहाइबाट बनेको बाम सरकारले गरेका हालैका दुबै निर्णय नेपालको राजनीतिमा राज्यको गंभिर त्रुटीका परिदृष्यमा दर्ज भएको बताए ।
पूर्वसभासद विनोद पहाडीले अन्तराष्ट्रिय जगतले नेपाललाई राजनीतिक खेल मैदानका लागि प्रयोग गर्ने गरी काम भैरहेको बताए ।
भारतमा निर्वाचनको घोषणा हुदा सिके राउतसंग नेपालमा सम्झौता भयो र नेकपालाई प्रतिवन्ध लगाइयो यो संयोग मात्र नभएको पहाडीको भनाइ छ ।
‘यो नेकपा माथिको प्रतिवन्ध मात्रै होइन,सिंगो राष्ट्रियता माथि कै प्रतिवन्ध हो ,यस्ले भारतलाई सघाउ पुग्छ ।’
उनले नेपालमा बहुराष्ट्रिय सेनालाई नेपालमा प्रवेश गराउने र अस्थिर राष्ट्रका रुपमा कायम राख्ने मनोविज्ञानका साथ काम भैरहेको समेत दावी गरे ।
‘११ बुदे यो सहमतिले मधेशमा निरन्तर सिके राउतहरु जन्मनेवाला छन् ,यो गैर राजनीतिक सहमति भंग गर्नुपर्छ,विप्लव नेकपालाई लगाएको प्रतिवन्ध तुरुन्त फिर्ता नलिए देश द्वन्द्वमा जाने खतरा छ’ उनले भने ।
द्वन्द्व विष्लेषक तथा प्राध्यापक संघका केन्द्रिय महासचिव प्रा.डा.बुद्धबहादुर थापाले सरकारले गरेका दुवै निर्णय अपरिपक्क र अदुरदर्शी भएको जिकिर गरे ।
उनले नयँ अन्तराष्ट्रिय इस्युका रुपमा सिके राउत उदाएकाले देशभरका जनता सजग हुजुपर्ने बताए ।
‘सरकारले हचुवाका भरमा निणय गर्नु हुदैनथ्यो ,संझौताले देश भित्रका कैयन समस्याहरु स्वतः ओझेलमा पारको छ । ’
भारतको व्लुस्टारको उदाहरण दिदै उनले सरकारले दुर्घटना निम्ताउने गरी आक्रामक निर्णयमा गर्न नहुने उनको धारणा छ ।
गम्भिर विषयहरुमा सहमती गर्दा राजनीतिक दल, द्धन्द्ध विषेशज्ञ संग छलफल गरेर जानुपर्ने उनको तर्क छ ।
थापाले बिप्लवका सन्दर्भमा सरकारले शान्तिपूर्ण बार्ताको वाताबरण बनाउनुपर्ने बताए ।
‘विप्लवको निर्णयमा सरकारले हतार गर्यो, उसले राजनीतिक प्रणाली कै विरोध गरेको हो,अराजनीतिक, अपरिपक्क, अदुरदर्शी निर्णय सरकारले सच्चाउनुपर्छ । ’
राजनीतिक विष्लेषक दिल शाहनीले बिप्लवको नेकपालाइ सरकारले पहिले नै प्रतिवन्ध लगाएको भन्दै घोषणा मात्र अहिले भएको दाबि गरे ,
‘प्रतिवन्ध लगाउनै आवश्यक थिएन ,सिके राउत संगको सम्झौतालाई डाइभट गर्न विप्लप समूहलाई प्रतिवन्ध लगाएको हो ।’
सरकारले आत्मघाती निर्णय गरेको भन्दै उनले शान्तिपूर्ण गतिविधी गर्न समेत रोक लगाउन नहुने बताए ।
‘अमेरिकामा जमेको सिके राउतलाई कुनै शक्तिले यहां पढाएर आएको हो,यहा छुट्टै मधेश देश घोषणा गर्ने र पश्चिमा देशले राजनीति गर्ने मनसाय देखिन्छ ’ उनले बिश्लेषण सुनाए ।
उनले भने —‘फ्रि मधेशको कुरा मधेशीको पक्षमा पनि छैन र समग्र नेपाली जनताको पक्षमा हुने त कुरै भएन् , सरकारले लिखित रुपमा नै स्पष्टीकरण दिनुपर्छ ।’
नेपाली काग्रेसका क्षेत्र न २ का क्षेत्रीय सभापति हरि लम्सालले दुइ तिहाइको सरकारले सर्वसत्तावादको रियल्सल गरेको दाबि गरे ।
व्यक्तिको संगतका भरमा राज्यलाई दुरगामी असर पार्ने गरी निर्णय हुनु गंभिर विषय भएको भन्दै लम्सालले सिके राउत अमेरिकाले नेपालमा अस्थिरता निम्ताउन पढाएको एउटा विरुवा भएको टीप्पणी गरे ।
‘विप्लवलाई होइन सिके राउतलाई प्रतिवन्ध लगाउनुपर्नेमा सरकारले उल्टो काम गर्यो,राजनीतिक विषय नै उठान गरी संघर्षमा उत्रिएकाले प्रतिवन्ध लगाउनु गलत हो ।’उनले भने ।
प्राध्यापक बसन्तराज खनालले सरकारले हतारमा गरेको निर्णय भएकाले फिर्ता गर्नुपर्ने बताए ।
सरकारले गर्ने कुनैपनि निर्णयहरु संस्थागत नहुने समस्या भैरहेको भन्दै सरकारलाइ जनताको पक्षमा काम गर्न आग्रह गरे ।
सरकारको पक्षमा निरासा छाइरहेको बेला सरकारको गरेका निर्णयहरु समय सापेक्ष नभएको उनको भनाइ छ । सिके राउतको विषयमा अन्तराष्ट्रिय स्तरको बहसको विषय भएको भन्दै खनालले नेपालका नेता बिदेशीको गोटी बन्ने कोशीष गरेको समेत आरोप लगाए ।
‘सरकारले एउटा पक्षलाई सहमतीमा ल्याउनु सही हो तर स्वतन्त्र मधेश संगठनसंग सहमती गरेकाले सरकार चुकेको छ ।’उनले भने ।
रुपन्देही व्यापार संघका अध्यक्ष पदमप्रसाद श्रेष्ठले नेकपामाथिको प्रतिबन्ध लगाउने कार्य आवेग तथा हतारमा भएको भन्दै उनले प्रतिबन्ध पुर्नबिचार गर्नुपर्ने बताए ।
विखन्डनकारीसंग भएको संझौताका विषयमा सरकारको स्पष्ट धारणा बाहिर आउनुपर्ने उनको भनाइ छ । सरकारले उद्योग व्यवसाय निर्वादरुपमा संचालन हुने वातावरण बनाउनुपर्ने भन्दै बन्द हड्ताल नगर्न समेत नेकपालाइ उनको आग्रह छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार