समाचारको स्रोत खुलाईदिन रासस अध्यक्षको आग्रह

बुटवल । राससका अध्यक्ष हरिहर अधिकारी श्यामलले बिभिन्न संचार माध्यमले प्रयोग गर्ने समाचारहरुको स्रोत खुलाईदिन आग्रह गरेका छन् ।
बुटवल मिडिया प्रकाशन प्रालिद्वारा प्रकाशित दैनिक पत्रले प्रधान कार्यालय बुटवलमा आयोजना गरेको रासस समाचारको प्रयोग र मोफसलको पत्रकारिता बिषयक अन्तरक्रियामा उनले यस्तो कुरा बताएका हुन ।
उनले राससको ग्राहक बनेका मिडिया हाउसले पनि राससको समाचारको स्रोत नखुलाई प्रयोग गर्ने गरेको बताउदै स्रोत उल्लेख गरी समाचारको प्रकाशन तथा प्रशारण गर्न आवश्यक रहेको औल्याए । उनले सम्पादकीय नीति अनुसार समाचार सम्पादन गरेपनि समाचारमा स्रोत सबै मिडियाले खुलाईदिन आग्रह गरे ।
सूचना प्रविधिको विकास सँगै आफुहरुमा क्षमता विकास र रुपान्तरणको आवश्यक रहेको बताए । उनले अब बुटवल मोफसल नभई केन्द्र भएकोले बुटवललाई मोफसल नभन्न र नलेख्न आग्रह गरे । साथै उनले सरल र मिठासपूर्ण भासाको प्रयोग गनुपर्ने बताए ।
यस्तै राससका संचालक सदस्य एकराज पाठकले छापा मिडियामा चुनौतीको अवस्था आए पनि यसको आवश्यकता र महत्व सँधैभरि रहिरहने बताए ।
यस्तै राससका आलेख संयोजक राजु शाक्यले मिडियाम बिज्ञापन धेरै आउनु राम्रो पक्ष भएको चर्चा गर्दे त्यस अनुपातमा समाचार र लेखहरुले स्थान पाउनुपर्ने बताए ।
उनले राससका समाचारको प्रस्तुतीमा विविधता ल्याउन खोजिएको चर्चा गर्देै परिवर्तित सन्दर्भ अनुसार सबै मिडियाले समाचारको प्रस्तुतीमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता रहेको औंल्याए ।
राससका कार्यकारी ब्यवस्थापक उत्तम शिलवालले बोल्दै राससका समाचार र स्रोत दैनिक पत्र दैनिकले खुलाई दिएकोमा आभार ब्यक्त गरे।
श्रमिक साप्ताहिकका प्रबन्द सम्पादक हरि सुन्दर बासीले बोल्दै पत्रकारितामा जनताको आवाजलाई प्रमुख स्थान दिनुपर्ने बताए ।
यस्तै दैनिकपत्र दैनिकका कार्यकारी प्रमुख तथा प्रधान सम्पादक बालकृष्ण चापागाईंले दैनिक पत्रले नेपाली पत्रकारितामा संस्थागत, व्यवसायिक र मर्यादित पत्रकारिता गरिरहेको चर्चा गर्देै पाठक र विज्ञापनदाताहरुको सकारात्मक प्रतिक्रियाले उर्र्जा प्राप्त भएको बताए ।
दैनिक पत्रका कार्यालय सचिव मन्जु पौडेलको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन दैनिक पत्रका प्रबन्ध सम्पादक ऋषि आजादले गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार