यसरी गर्नुपर्छ मेकअप

पभि गुरुङ/ ब्युटिसियन

पभि गुरुङ/ ब्युटिसियन

  • मेकअप गर्दा सबैभन्दा पहिला क्लिन्जिङ क्रिमले अनुहार सफा गर्ने ।
  • त्यसपछि कटनमा टोनर राखेर अनुहारमा लगाउने ।
  • छाला चिल्लो छ भने कटनको कपडामा आइसको टुक्रा राखेर तीनदेखि पाँच मिनेटसम्म अनुहारमा दल्ने । यसले मेकअपलाई धेरै समयसम्म टिकाइराख्न मद्दत गर्छ ।
  • टोनरपछि म्वइस्चराइजर क्रिम लगाउने ।
  • त्यसपछि छालालाई सुहाउँदो फाउन्डेसन लगाउने ।
  • फाउन्डेसनपछि पफ वा ब्रसको सहायताले लुज पाउडर लगाउने ।
  • आँखालाई हाइलाइट गर्ने ।
  • हाइलाइटसँग सुहाउँदो आइस्याडो लगाउने ।
  • आइब्रो डिफाइनिङ पाउडर लगाउने ।
  • वाटरपु्रफ आइलाइनर लगाउने ।
  • गाजलपछि मस्कारा लगाउने ।
  • ब्लसर लगाउँदा छालाको रङसँग मिल्ने गरी लगाउने ।
  • समारोहअनुसार लाइट वा डार्क लिपस्टिक प्रयोग गर्ने ।
  • आँखाको मेकअप
  • पहिले आई मेकअप बेस लगाउने ।
  • गर्मीमा पाउडर बेस आइस्याडोको प्रयोग गर्नुपर्छ भने जाडोमा क्रिमबेस आइस्याडो लगाउँदा राम्रो हुन्छ ।
  • आई मेकअप गर्नुअघि आँखामुनि लुज पाउडर लगाउने । मेकअप गर्दा आइस्याडो झ¥यो भने यसले मेकअप बेस खराब हुन दिँदैन ।
  • आई मेकअप गर्दा दुईदेखि तीन रङको प्रयोग गर्ने ।
  • ओठको मेकअप
  • लिपस्टिक लगाउँदा छाला र कपालको रङमा ध्यान दिनुपर्छ ।
  • लिपस्टिक लगाउनुअघि ओठमा हल्का फाउन्डेसन लगाउने । यसरी फाउन्डेसन लगाउँदा ओठलाई भनेजस्तो आकार दिन सजिलो हुन्छ ।
  • लिपलाइनरले आउटलाइन बनाउने । अनुहारलाई सुहाउने किसिमले मोटो वा पातलो आउटलाइन कोर्ने ।
  • लिप ब्रसको सहायताले आउटलाइनभित्र लिपस्टिक लगाउने ।
  • अठारदेखि २५ वर्षका युवतीका लागि पिंक रङको सेड राम्रो हुन्छ ।
  • पच्चीसदेखि ४० वर्षका महिलालाई लाइट सेडको लिपस्टिक सुहाउँछ ।
  • डार्क स्किन टोन भएकाले डार्क कलरको लिपस्टिक लगाउनु हुँदैन ।
  • लिपस्टिकमाथि लिप ग्लस लगाउनाले ओठ सुक्खा देखिँदैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार