कल्पोस्कोपी के हो र किन गरिन्छ?

पाठेघरको मुख, योनी तथा योनी मार्गमा कुनै असामान्य रोग वा रोगका लक्षण भएरनभएको पत्ता लगाउन गरिने परीक्षणलाई कल्पोस्कोपी भनिन्छ। कल्पोस्कोपी गर्दा गर्दा स्त्री रोग विशेषज्ञ चिकित्सकबाट कल्पोस्कोप भन्ने एक विशेष उपकरणको प्रयोग गरिन्छ।
महिलाको रोग परीक्षण गर्ने सिलसिलामा गर्भासय श्राव (प्याप स्मेयर) को जाँच गर्दा कुनै खराबी देखिएमा वा खराबीको शंका लागेमा चिकित्सकले कल्पोस्कोपी गर्ने सुझाव दिन्छन्।
कल्पोस्कोपी गर्दा यदि चिकित्सकले महिला जनेन्द्रीय (पाठेघरको मुख, योनीद्वार) आदिमा असामान्य कोषिकाहरु पाइएमा, कोषिकाहरुको असामान्य वृृद्धि पाइएमा ती कोषिकाको बायोप्सी परीक्षण गर्न केही नमुनाहरु संकलन गर्ने गर्छन्।
धेरै महिला गुप्ताङ्गको परीक्षण गर्नुपूर्व एक किसिमको तनावमा रहने र परीक्षण गर्न हिच्किचाउने गरेको पाइन्छ। कल्पोस्कोपी गर्नुपूर्व र प्रक्रिया गर्दा अपनाउनुपर्ने कुराहरु बुझेमा कुनै असहज महसुस गर्नुपर्दैन।
कल्पोस्कोपी किन गरिन्छ?
महिलाको प्रजनन् स्वास्थ्य ठीक भए÷नभएको थाहा पाउनु आवश्यक हुन्छ। कुनै पनि महिलाले स्त्री रोग विशेषज्ञकोमा कुनै समस्या लिएर गएको अवस्थामा ती महिलाको गर्भासय श्राव परीक्षण गर्दा वा पेटको जाँच गर्दा कुनै असामान्य परिस्थिति देखापरेमा कल्पोस्कोपी गराउन सक्छन्।
सामान्यतया निम्न रोगहरु पत्ता लगाउन कल्पोस्कोपी गरिन्छः
पाठेघरको मुखको क्यान्सर– गुप्ताङ्गमा हुने घाउखटिरा, पाठेघरको मुखको सुजन, पाठेघरको मुख र योनी क्षेत्रका कोषिकाहरुमा क्यान्सर हुने लक्षण पाइएमा वा त्यसखाले रोग हुनुपूर्व देखिने परिवर्तनहरुको शंका लागेमा, योनी क्षेत्रको बाहिरी भागमा क्यान्सर भएमा वा योनी क्षेत्र, योनीद्वार वा बाहिरी भागमा क्यान्सर हुनुपूर्वदेखि परिवर्तनको शंका लागेमा।
कल्पोस्कोपी परीक्षणले के गर्छ ?
पाठेघर, पाठेघरको मुख वा योनीद्वारमा हुने घाउ, खटिरा पत्ता लगाउँछ। रोगका ती शंकास्पद क्षेत्रहरुसँग सम्बन्धित असामान्य अवस्था वा क्षेत्रको पहिचान गर्छ।
रोगका शंकास्पद क्षेत्रका असामान्य कोषिकाहरुको जाँच गर्न मद्दत पुग्छ। शल्यक्रिया गर्नुपर्ने खालका क्यान्सर रोग भएरनभएको पत्ता लगाउँछ।
योनीद्वारमा क्यान्सरका घातक कोषिकाहरु उत्पादन हुनुपूर्व र ती कोषिकाहरु उत्पादित भएपश्चात् त्यहाँ देखिने परिवर्तनहरुबारे पत्ता लगाउन मद्दत र्पुयाउँछ।
लक्षण
– योनी, योनीद्वार, गर्भासय वा पाठेघरको मुखमा शंकास्पद गिर्खा, घाउ, खटिरा देखिएमा, गर्भासय श्राव परीक्षण गर्दा असामान्य घाउ, खटिराको लक्षण पाइएमा वा क्यान्सरको शंका लागेमा,
– कडा जोखिमका रोगहरु पत्ता लगाउन गर्भासय श्राव परीक्षण गर्दा असामान्य नतिजा पाइएमा,
– गर्भासयभित्र कडा खाले वा जटिल रोगको इतिहास भएमा, गर्भासयमा जोखिमका रोगको उपचार गरी तिनको पुनः परीक्षण गर्नुपर्ने अवस्था आएमा,
– बालिकामा हुने यौनहिंसा वा बलात्कारजस्ता अपराधको निक्र्योल गर्नुपरेमा।
एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार