दैनिक पत्र र प्राइम टि.भी बीच सहकार्य–सहमति

  • ऋषि धमलालाई दैनिक पत्रमा स्वागत तथा सम्मान
  • बुटवल,माघ । रिपोर्टर्स क्वल अफ नेपालका अध्यक्ष ऋषि धमलालाई दैनिक पत्र दैनिकले स्वागत तथा सम्मान गरेको छ । दैनिक पत्र दैनिकका प्रधान सम्पादक बालकृष्ण चापागाईंले धमलालाई सम्मान गरेका हुन् ।
    कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै ऋषि धमलाले पत्रकारिता क्षेत्रले सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै सूचना, समाचार र विचारको सम्प्रेषणमा जोडदिनुपर्ने बताए ।

    उनले मिडिया–मिडिया बिचमा सहकार्य गर्न आवश्यक रहेको भन्दै अस्वच्छ प्रतिस्पर्धाले पत्रकारिताको संस्थागत विकास हुन नसक्ने हुँदा मिडियाहरु एकआपसमा सहकार्य गर्दै अगाडि बढ्नु पर्ने बताए । साथै उनले दैनिक पत्र सँग प्राईम टेलीभिजन सहकार्य गर्न तयार रहेको बताउँदै पत्रकारितामा दैनिक पत्रले संस्थागत र व्यवसायिक यात्रामा सफलता हासिल गर्दै गएकोमा बधाई दिँदै उत्तरोत्तर प्रगतिको कामना गरे ।

    सम्मान कार्यक्रममा बोल्दै दैनिक पत्र दैनिकका कार्यकारी प्रमुख तथा प्रधान सम्पादक बालकृष्ण चापागाईंले नेपाली पत्रकारितामा ऋषि धमलाको विशिष्ट पहिचान र योगदान रहेको चर्चा गर्दै छापा, रेडियो र टेलिभिजनका लागि समाचार समितिले गर्ने कार्य रिपोटर्स कल्बले स्थापनाकाल देखि गर्दै आएको बताए । साथै चापागाईंले प्राईम टेलिभिजन सँग सहकार्य गर्नका लागि दैनिकपत्र तयार रहेको बताए ।

    यस्तैै पूर्व सांसद विनोद पहाडीले ऋषि धमलाले नेपाली पत्रकारितामा दिएको योगदान उल्लेखनीय रहेकोे बताउँदै नयाँ पुस्ताका पत्रकारहरुले पनि उनीबाट पाठ सिक्नुपर्ने बताए ।

    यस्तै दैनिक पत्रका प्रबन्ध सम्पादक ऋषि आजादले धमलाले गर्दै गरेको सञ्चारकर्मले समाजमा सकारात्मक सञ्चार गरेको भन्दै निरन्तरताको लागि आव्हन समेत गरेका थिए ।

    कार्यक्रममा रिपोर्टर्स क्वल प्रदेश ५ अध्यक्ष रामकुमार क्षेत्रीले दैनिकपत्रले मोफसलको पत्रकारितामा सफलतापूर्वक नेतृत्व गरिरहेको बताउँदै पछिल्लो समयमा आफ्नो बजारक्षेत्रलाई अझ फराकिलो बनाई मोफसलको नम्बर एक पत्रिकाको रुपमा पहिचान बनाएकोमा बधाई दिए । साथै दैनिक पत्रले रिपोटर्स कल्बका गतिबिधिलाई निरन्तर स्थान दिएको प्रति धन्यवाद समेत व्यक्त गरे ।
    दैनिक पत्रका कार्यकारी सम्पादक सीपी खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार